Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

किन गरियो नवराज सिलवालविरुद्ध मुद्दा नचलाउने निर्णय ?

खबरडबली संवाददाता

काठमाडौँ । न्यायाधिवक्ता कार्यालयले किर्तेको आरोप लागेका पूर्वडिआइजी नवराज सिलवालले कुनै लाभ नलिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ। केपी शर्मा ओली नेतृत्व सरकारका महान्यायाधिवक्ता रमेश बडालले जाँदाजाँदै मुद्दा नचलाउने निर्णय गरेका हुन्।  

सिलवालविरुद्ध २०७३ सालमा प्रहरी महानिरीक्षकको दाबी गर्दा कार्य सम्पादन मूल्यांकन फाराम सच्याएको विषयमा किर्ते मुद्दा चलाएर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश गरेको थियो। उनी प्रहरीमै रहेको बेला कार्य सम्पादन मूल्यांकन फाराम सच्चाएर नम्बर बढाएको विषयमा प्रहरी नेतृत्वले समेत छानबिन गर्ने निर्णय गरेको थियो।  

आजको नागरिकमा खबर छ- तत्कालीन सरकारले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो। त्यसविरुद्ध सिलवालले आफू योग्य रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहित पाँचजना न्यायाधीशको इजलासले प्रहरी महानिरीक्षक बनाउँदा वस्तुगत निर्णय हुन नसकेको, कार्यसम्पादन र कार्यक्षमता नपुगेको ठहरसहित चन्दलाई महानिरीक्षक बनाउने निर्णय बदर गरेको थियो।

त्यति बेला कार्यसम्पादन मूल्यांकन फाराममा सिलवालको उच्च अंक देखिएको भनिएको थियो। त्यसपछि मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन फाराम झिकाएर हेर्दा सिलवालको अंक कम देखिएपछि प्रकाश आर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरिएको थियो । सिलवाल भने त्यो निर्णयविरुद्ध पनि अदालत पुगेका थिए। मुद्दा सुनुवाइका क्रममा सर्वोच्चले कार्य सम्पादन मूल्यांकन फाराम झिकाएर हेर्दा सिलवालको दाबीभन्दा कम अंक देखिएको थियो। त्यसपछि अदालतले किर्ते भएको देखिएको भन्दै अनुसन्धान गरी कारबाही अघि बढाउन आदेश गरेको थियो।  

सरकारी वकिलको कार्यालयले सर्वोच्चको आदेश प्रतिकूल हुनेगरी सिलवालको विषयमा किर्ते मुद्दा नचलाउने निर्णय गरेको हो। कानुनअनुसार कुनै नयाँ प्रमाण भेटिएमा पुनर्विचार हुनसक्ने व्यवस्था छ । महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय बदनियतपूर्ण ठहरिएमा, किर्ते देखिएमा सर्वोच्च अदालतले यसको समीक्षा गर्न सक्ने कानुनी व्यवस्था छ।  सिलवालले त्यस बेला सर्वोच्च अदालतमा बढी अंक देखाएर कार्यसम्पादन मूल्यांकन प्रतिलिपि फाराम पेस गरेका थिए। लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयमा भएको फारामसँग रुजु गर्दा अदालतमा पेस गरिएको भन्दा कम अंक रहेको भेटिएको थियो। त्यसपछि किर्ते काम गरेको भन्दै प्रहरीले सिलवाललाई पक्राउ गरी अनुसन्धानसमेत गरेको थियो। सर्वोच्चको आदेशपछि सिलवाललाई छोडिएको थियो।  

किर्ते गरेको विषयमा अनुसन्धानका लागि जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय पाटन हुँदै २०७८ जेठ १० मा महान्यायाधिवक्ता बडालले मुद्दा नचल्ने निर्णय गरेका थिए। संवैधानिक व्यवस्थाअनुसार महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको प्रवक्ता सञ्जीवराज रेग्मीले बताए। मुद्दा चलाउने कानुनी आधार नभेटिएकाले नचलाउने निर्णय भएको उनले बताए।  

महान्यायाधिवक्ता कार्यालयले अदालतमा पेस गरेको कागजमा किर्ते कसले ग¥यो भनेर पत्ता लगाउन नसकेको, कार्य सम्पादन मूल्यांकन फोटोकपी कागज भएकाले विधिविज्ञान प्रयोगशालाले परीक्षण गर्न नसकेको, गोप्य हुनुपर्ने कागज बाहिर आएको विषय पत्ता नलागेको भन्दै तीन आधारलाई लिएर मुद्दा नचलाउने निर्णय गरेको थियो। सम्बन्धित व्यक्तिले त्यसबाट कुनै लाभ लिएको पनि नदेखिएको र औचित्य नै सकिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता रेग्मीले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी दर्ता

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...

बालेनले चुनाव नजित्दै प्रधानमन्त्रीको डोमेन लाइभ

काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...

यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट, यस्तो छ तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडाइ: १६३ उजुरी दर्ता, एक सञ्चार माध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...

रुकुमपूर्वमा प्रचण्डको घरदैलो तीव्र, सहिद परिवारसँग भेटघाट गर्दै मतदातासँग मत माग्दै

रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...

प्रतिनिधिसभा निर्वाचनः ४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको भेट

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...

म्याग्दीमा श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी  । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending