काठमाडौँ । सांसद बन्धक बनाएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले यो घटनाको अनुसन्धान गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् । लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली)लाई मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा अपहरण गरी बन्धक बनाइएको घटना बाहिर आएपछि सांसद थापाले कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
थापाले सांसद खत्रीलाई उद्धृत गर्दै प्रदेश सभा सदस्यले आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाइएको, मानसिक यातना दिएको’ लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दामा सीमित राख्न नहुने जिकीर गरेका छन् ।
लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्रीले ''आफूलाई बन्धक बनाएको,जबरजस्ती हस्ताक्षर गर्न लगाएको,मानसिक यातना दिएको'' लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन। @PM_nepal_ ज्यू, यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस्।
— Gagan Thapa (@thapagk) August 5, 2021
प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै थापाले ट्वीटमार्फत् ‘यस्तो अपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दन्डित गर्न’ आग्रह गरेका छन् ।
थापाले ट्वीट गरेलगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि फेसबुमार्फत् जवाफ दिएका छन् । पोखरेलले ‘दुईजना माननीयलाई ‘फकाएर’ राजिनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासन’को डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजनालाई ‘दल’ परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ । ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’ भनेर लेखेका छन् ।
प्रदेशसभा सदस्य विमलाकुमारी खत्री (वली) ले एमाले र माओवादी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट उपनिर्वाचन लडेकी थिइन् । उनका श्रीमान् उत्तरकुमार वली प्रदेशसभामा एमालेबाट निर्वाचित भएका थिए । उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि विमलाकुमारी खत्री (वली)लाई एकीकृत पार्टीले टिकट दिएको थियो । अहिले उनकै कारण लुम्बिनी प्रदेशको सत्तासमीकरण बदलिने भएपछि एमालेले उनलाई अपहरण गरी सत्ता जोगाउन खोजेको भनेर आलोचना भैरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी
माघ ८ गते, २०८२ - २०:०३
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...
माघ ८ गते, २०८२ - १९:२९
काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...
माघ ८ गते, २०८२ - १९:२५
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...
माघ ८ गते, २०८२ - १९:२१
काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...
माघ ८ गते, २०८२ - १९:१०
रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...
माघ ८ गते, २०८२ - १९:०४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...
माघ ८ गते, २०८२ - १८:५९
काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...
माघ ८ गते, २०८२ - १८:५६
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...




प्रतिकृया लेख्नुहोस्: