Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

माधव समूहको केन्द्रीय कमिटी बैठक : सम्मानजनक भए एकता नभए विद्रोह !

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका  नेता माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । 

ओलीसंग वार कि पार गर्ने विषयमा आफ्नो तर्फबाट एजेण्ड प्रस्तुत गर्न बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने काम सकिएको एक नेताले बताएका छन् ।

नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो । सुझाव दिने काम सकिएकोले बैठकमा उठेका धारणहरुलाई निष्कर्षमा लैजान अहिले स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेको केन्द्रीय सदस्य मेटामणि चौधरीले बताएका छन् ।

उनका अनुसार बैठकमा धेरै सदस्यहरुले पार्टी एकताका लागि सम्माजनक समायोजन हुन जरुरी छ । ‘केपी ओलीमा अझै पनि दम्भ, षड्यन्त्र, जालझेल, आफुहरुमाथि दमन गरी पेल्लने मनस्थितिमा रहेकाले पार्टीकतामा विश्वास छैन’, उनले भने, ‘अन्तिम विकल्पसम्म अफुहरुले एकताका लागि पहल गर्दा समेत ओली सच्चिन तयार नभए विद्रोह गर्नुपर्छ। हामी अपमानजनक पार्टी एकता होइन, सम्मानजनक र सुदृढ पार्टी एकताका पक्षमा छौं ।’

दशबुँदे सहमतिले पार्टी एकताको आधार तयार पारे पनि पछिल्लो समय अध्यक्ष ओलीकै कारण एकता विथोल्एिको उनले दावी गरे । ओली ओलीले एकता चाहेका छैनन’, उनले भने, ‘एक्लौटी बैठक राखेर निर्णय गर्ने, वरिष्ठ नेतामाथि गम्भीर आरोप लगाएर सार्वजनिक अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको माहोल भत्किएको छ ।’

उनले १० बुँदे सहमतिका आधारमा संसदको पूर्णकार्यकाल सञ्चालन हुने वातावरण, ओलीबाट गरिएका गम्भिर अपराध भएको प्रति माफि माग्नु पर्ने बताए । यथास्थितिमा पार्टी एकतबद्ध हुन नसक्ने भन्दै उनले शीर निहुर्याएर ओलीसंग झुक्नु भन्दा बृहत वाम एकतामा अगाडि बढ्नुपर्ने जिकिर गरे ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थाले, परिचय खुल्ने कागजसहित एक हजार चाहिने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...

रविको भर पर्दा कुलमान न घरको न घाटको भए, अब बालेनको पालो : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...

कांग्रेस महामन्त्रीद्वय भन्छन्- विशेष महाधिवेशनले पार्टी संगठन झन् बलियो हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...

आजको मौसम पूर्वानुमान : तराई/मधेसमा कुहिरो

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

कांग्रेस विशेष महाधिवेशन कति वैधानिक ?

काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...

कुलमानले सहमतिभन्दा अतिरिक्त मागेपछि भाँडियो रास्वपासँगको एकता

काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...

चुनावअघि नै सुशासन मार्गचित्र ल्याउने सरकारको प्रयास, समितिलाई भ्रष्टाचार-लक्षित तीन कार्यादेश

काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर

बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending