Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

माधव समूहको केन्द्रीय कमिटी बैठक : सम्मानजनक भए एकता नभए विद्रोह !

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका  नेता माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । 

ओलीसंग वार कि पार गर्ने विषयमा आफ्नो तर्फबाट एजेण्ड प्रस्तुत गर्न बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने काम सकिएको एक नेताले बताएका छन् ।

नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो । सुझाव दिने काम सकिएकोले बैठकमा उठेका धारणहरुलाई निष्कर्षमा लैजान अहिले स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेको केन्द्रीय सदस्य मेटामणि चौधरीले बताएका छन् ।

उनका अनुसार बैठकमा धेरै सदस्यहरुले पार्टी एकताका लागि सम्माजनक समायोजन हुन जरुरी छ । ‘केपी ओलीमा अझै पनि दम्भ, षड्यन्त्र, जालझेल, आफुहरुमाथि दमन गरी पेल्लने मनस्थितिमा रहेकाले पार्टीकतामा विश्वास छैन’, उनले भने, ‘अन्तिम विकल्पसम्म अफुहरुले एकताका लागि पहल गर्दा समेत ओली सच्चिन तयार नभए विद्रोह गर्नुपर्छ। हामी अपमानजनक पार्टी एकता होइन, सम्मानजनक र सुदृढ पार्टी एकताका पक्षमा छौं ।’

दशबुँदे सहमतिले पार्टी एकताको आधार तयार पारे पनि पछिल्लो समय अध्यक्ष ओलीकै कारण एकता विथोल्एिको उनले दावी गरे । ओली ओलीले एकता चाहेका छैनन’, उनले भने, ‘एक्लौटी बैठक राखेर निर्णय गर्ने, वरिष्ठ नेतामाथि गम्भीर आरोप लगाएर सार्वजनिक अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको माहोल भत्किएको छ ।’

उनले १० बुँदे सहमतिका आधारमा संसदको पूर्णकार्यकाल सञ्चालन हुने वातावरण, ओलीबाट गरिएका गम्भिर अपराध भएको प्रति माफि माग्नु पर्ने बताए । यथास्थितिमा पार्टी एकतबद्ध हुन नसक्ने भन्दै उनले शीर निहुर्याएर ओलीसंग झुक्नु भन्दा बृहत वाम एकतामा अगाडि बढ्नुपर्ने जिकिर गरे ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending