Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सांसद वलीलाई बन्धक बनाइएको होइन, स्वइच्छाले बसेकी हुन् : लुम्बिनी सरकार

खबरडबली संवाददाता

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा जर्बजस्ति बन्धक नबनाएको दाबी गरेका छन् ।

सरकारका प्रवक्ता वैजनाथ चौधरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद वलीले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि स्पस्टीकरण पत्र बुझाउन पुगेका नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बुटवल ल्याएको जिकिर गरे।

मुख्यमन्त्रीसंग छलफल पछि उहाँलाई सम्मानपूर्वक सवैसंग सम्पर्क हुने गरी निवासमा राखिएको हो । निवासबाट निस्किएपछि मिडियासामू अपहरण गरी बन्धक बनाइएको भन्ने उहाँको आरोपमा कुनै सत्यता नभएको जिकिर गरे । ‘मुख्यमन्त्रीको निवासमा स्वइच्छाले सम्मानपूर्व बस्ने अनि बाहिर गएर बन्धक बनायो भन्नु आफैमा हास्यस्पद हो,’ उनले भने । सर्वोच्च अदालतले फागुन २३ मा नेकपा खारेज गरेपछि माओवादी केन्द्र रोजिकी वलीले केही समय अघि सम्पर्क विहिन भएकी थिइन ।

पार्टीको सम्पर्कमा नआएको भन्दै माओवादी केन्द्रले सांसद वलीको खोजिकार्य गरिदिन प्रशासनसंग आग्रह गरेको थियो । बिहीबार पत्रकार सम्मेलन गर्दै सांसद वलीले आफुलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको आरोप लगाउँदै सौचालयबाट  भागेको दावी गरेकी थिइन ।

मुख्यमन्त्री अल्पमतमा रहेकाले वलीलाई मुख्यमन्त्री पोखरेलको निर्देशनमा बन्धक बनाइएको विपक्षी गठबन्धनले आरोप लगाएका छन् । मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको विपक्षी दलका सदस्यहरुले दिएको समावेदनको आधारमा प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending