काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा विभिन्न राजनीतिक व्यक्तित्व, अभियन्ता तथा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ।
आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा आन्दोलनका क्रममा केही व्यक्तिहरूको अभिव्यक्तिले सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुर्याएको हुन सक्ने उल्लेख गर्दै थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको हो।
आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल तथा गौरीबहादुर कार्कीसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का वर्तमान सांसदहरू सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, मनिष झा, हरि ढकाल लगायतमाथि पनि अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले हिमानी राज्य लक्ष्मी सिंहमाथि समेत अनुसन्धान गर्न सिफारिस गरेको छ।
प्रतिवेदनमा आन्दोलनअघि, आन्दोलनका क्रममा तथा त्यसपछि सामाजिक सञ्जाल, सार्वजनिक अभिव्यक्ति र विभिन्न गतिविधिमार्फत प्रदर्शनलाई प्रभाव पार्ने काम भएको हुन सक्ने उल्लेख गरिएको छ। आयोगका अनुसार राष्ट्रिय अनुसन्धानबाट संकलित विवरण, सामाजिक सञ्जालका सामग्री तथा प्रकाशित समाचारका आधारमा सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे अध्ययन गरिएको हो।
आयोगले सार्वजनिक शान्ति भंग गर्ने, प्रदर्शनलाई दुरुत्साहित वा उत्तेजित बनाउने गतिविधिमा संलग्नता भएरनभएको विषयमा सूक्ष्म अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - १८:२४
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...
आषाढ़ ४ गते, २०८३ - १८:०१
आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ
आषाढ़ ४ गते, २०८३ - १७:४५
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...
आषाढ़ ४ गते, २०८३ - १७:३३
काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...
आषाढ़ ४ गते, २०८३ - १७:२३
काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...
आषाढ़ ४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...
आषाढ़ ४ गते, २०८३ - १६:५९
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...
आषाढ़ ४ गते, २०८३ - १६:५३
काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...
आषाढ़ ४ गते, २०८३ - १६:०३
लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...
आषाढ़ ४ गते, २०८३ - १५:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...



प्रतिकृया लेख्नुहोस्: