Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कोभिडको सामनाका लागि तयारीमा रहन गृहमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा गृहसचिव, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य तथा जनसङ्ख्या सचिवलगायत गृहमातहतका निकायका अधिकारीसँगको छलफलमा उहाँले चुनौतीपूर्ण अवस्था आउनसक्नेतर्फ सचेत भएर काम अघि बढाउन निर्देशन दिए ।

मन्त्री खाँणले भने, ‘अघिल्लो लहरको कोरोनामा अस्पतालहरुमा बेड थिएन, औषधि थिएन, पूर्वतयारी थिएन यदि अर्को लहर आयो भने अस्पतालको बार्दलीमा पनि स्थान हँुदैन, त्यसैले समय हुँदा नै सबै निकाय पूर्वतयारीमा रहनुपर्छ ।’

गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको उक्त बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, एमसीसी कार्यकारी प्रमुख, अध्यागमन विभाग महानिर्देशकसमेतको सहभागिता थियो । बैठकमा मन्त्री खाँणले मास्कको प्रयोग पर्याप्त नभएकोले त्यसको प्रयोग बढाउनेतर्फ नागरिकलाई सचेत बनाउन पनि आग्रह गरेका छन् । ‘भयावह अवस्था आउँदा स्थिति नाजुक हुन्छ, सबैलाई गम्भीर हुन मेरो आग्रह छ, मास्कमा भरोसा रहेकाले उपयोगमा जोड दिनुपर्छ’, गृहमन्त्री खाँणले भने ।

उनले मातहतकाका निकायले गम्भीरतापूर्वक काम नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले क्वारेन्टिन होटलमा विदेशबाट आएका मानिसको नाममा बुकिङ भए पनि हेर्न जाँदा मान्छे नभएको जानकारीमा आएको बताउँदै वैदशिक रोजगारबाट आएका नागरिकबाट बढी जोखिम हुने पनि बताए । विदेशबाट आउने नागरिकका लागि सबै नाकामा पिसिआर परीक्षण गर्न निर्देशन दिँदै त्यसका लागि  गुणस्तरीय सामग्रीको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending