Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

अधुरै रह्यो कालोपत्रे सडक

खबरडबली संवाददाता

बागलुङ । बागलुङ बजारदेखि सिगाना-चापाखर्क हुँदै गुल्मीको शान्तिपुर जाने सडक झण्डै ५० किलोमिटर छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रममा छनोटमा परेको सडक भए पनि पाँच वर्षको अवधिमा बागलुङ बजारदेखि जम्मा तीन किलोमिटर सडक मात्रै पक्की छ । 

पाँच वर्ष अघि बागलुङ बजारको देउराली चोकबाट अप्ठ्यारोमा ढलान र सजिलोमा कालोपत्रे गरेको सडक तीन किमी नपुग्दै भत्किसकेको छ । वर्षमा पाँच/सात सय मिटर सडक मात्रै पक्की बन्ने अवस्थाले निरन्तरता पाइरहने हो भने सिगाना सडक पुग्न अझै दश वर्ष लाग्नेछ । गत आर्थिक वर्षमा स्थानीय पूर्वाधार साझेदारी योजनाअन्तर्गत सांसद विकास कोषको रु २५ लाख र बागलुङ नगरपालिकाको रु २५ लाखमा जम्मा २७० मिटर सडक कालोपत्रे गर्ने योजना थियो । त्यही सडकमा समेत विवाद उत्पन्न भए पछि अहिले सडक अधुरै बनेको छ । 

दुई सय ७० मिटर सडक कालोपत्रे गर्ने विषयमा स्थानीय जग्गाधनी र बागलुङ नगरपालिकाबीच उत्पन्न विवाद जिल्ला अदालतसम्म पुगे पछि उक्त सडकको यता र उता कालोपत्रे गरिए पनि बीचको ४० मिटर सडक कालोपत्रे गर्न नसकिएको बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिए। 'सडक कालोपत्रे थोरै थियो, विवाद धेरै भयो, अदालतको आदेश अनुसार विवादित जग्गा छोडेर कालोपत्रे गरेका छौँ, अहिले विस्तार गरेको सडक त्यो हैन, पुरानै सडकलाई नाली हालेर ग्राभेल गरेका थियौँ', शर्माले भने, 'अदालतको आदेश आए पछि त्यही स्थान छोडेर दायाँबायाँ कालोपत्रे गरेका छौँ, निर्माण व्यवसायीलाई काम घटेका कारण रकमसमेत घटाएर भुक्तानी दिएका छौँ ।

शर्माका अनुसार उक्त सडकमा ठाडाखोला-बोक्से सडक उपभोक्ता समितिमार्फत रु ३० लाखमा त्यसअघि थप सडक स्तरोन्नति र पक्की नाली बनाइएको छ । रु २७ लाखको आयोजनामा ५० प्रतिशत मात्रै प्रगति भएकाले सोहीअनुसार भुक्तानी दिइएको छ । 

सडकको तलमाथि कटिङ गर्नुपर्नेमा आफ्नो जग्गातर्फ एकतर्फीरुपमा जग्गा प्रयोग गरी सडक विस्तार गरेको भन्दै स्थानीय जग्गाधनी सञ्जय श्रेष्ठले जिल्ला अदालत बागलुङमा मुद्दा हालेपछि जिल्ला अदालत बागलुङले असार २५ गते अन्तरिम आदेश गरेको छ । जग्गाधनी श्रेष्ठको जग्गामा काम नगर्नु भनेर अन्तरिम आदेश भए पछि सडक कालोपत्रे गर्ने काम रोकिएको छ । बागलुङमा विकास निर्माणमा ढिलाइ, गुणस्तरहीन काम र सडक बनेपछि नाली निर्माणजस्ता बेथिति विद्यमान रहेकोमा मुद्दा परे पछि सडक कालोपत्रेमा थप ढिलाइ र अन्यौलता थपिएको छ । 

विसं २०७५ मा दुवैतर्फ मिलाएर सडक विस्तार गर्न नगरपालिकालाई निवेदन दिए पनि नगरपालिकाले मिलेमतोमा तलपट्टिको जग्गामा काम नगरी आफ्नो तीन आना जग्गा मिचेर सडकमा हालेको जग्गाधनी श्रेष्ठको गुनासो छ । 'तीन पटक सडक विस्तार हुँदा तलको जग्गा छोएन, यो त सरासर धाँधली भयो, सडक विस्तार गर्न मैले नदिएको हैन तर दुवैतर्फ बराबर विस्तार हुन पर्‍यो', श्रेष्ठले भने, 'सडक तल ग्याविन वाल लगाउने डिजाइन भए पनि नगरपालिकाले नलगाएर सडकमाथिको जग्गा मात्रै प्रयोग गर्दा समस्या भयो, म त विकास हुन पर्छ भन्ने मानिस हो तर अर्काको जग्गा नछुने मेरो मात्रै काट्ने काम राम्रो भएन ।' एकतर्फी साढे चार मिटर जग्गा कटान भएको भन्दै श्रेष्ठले सडक तलको गणेश पौडेलको जग्गामा दुई मिटर सडक बनाउनुपर्ने जिकिर  गरे । उक्त सडक आरएस निर्माण सेवाले कालोपत्रे गरेको हो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी दर्ता

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...

बालेनले चुनाव नजित्दै प्रधानमन्त्रीको डोमेन लाइभ

काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...

यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट, यस्तो छ तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडाइ: १६३ उजुरी दर्ता, एक सञ्चार माध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...

रुकुमपूर्वमा प्रचण्डको घरदैलो तीव्र, सहिद परिवारसँग भेटघाट गर्दै मतदातासँग मत माग्दै

रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...

प्रतिनिधिसभा निर्वाचनः ४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको भेट

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...

म्याग्दीमा श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी  । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending