Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

नदी कटान रोक्न सामूहिक प्रयास

सांकेतिक
खबरडबली संवाददाता

कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ । तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजनाअन्तर्गतका  समिति, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग लिइने भएको छ । 

नदीमा पानीको बहाव बढेपछि यसअघि रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध भत्काएको छ । गत वर्ष निर्माण भएको तटबन्ध अब डेढ मिटरमात्र बाँकी छ । यो तटबन्ध भत्किएमा नदी बस्तीमा पस्ने जोखिम छ । नदी बस्तीमा पसेमा टीकापुरका वडा नं ६, ७, ८ र ९ प्रभावित हुनेछन् । नगरस्तरीय विपद् व्यवस्थापन समितिका बैठकले तत्कालै तटबन्ध कार्य शुरु गर्नुपर्ने तयारी गरेपछि नेपाली सेनाको टोलीले कटान भइरहेको स्थल अध्ययन गरिसकेको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । 'तत्कात तटबन्धका लागि आवश्यक सामग्री जुटाएर काम थाल्ने निर्णय गरेका छौँ, सम्भवत आजैबाट तटबन्धको काम शुरु हुन्छ, जनशक्ति सिँचाइ कुलाका उपभोक्तालाई काममा लगाउने सहमति भएको छ', नगर प्रमुख रावलले भने, 'समयमै नदी नियन्त्रण गर्न नसके बस्ती सखाप हुन्छ ।'

तटबन्ध भत्कन थालेपछि नियन्त्रणका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत ठूला ढुङ्गा प्रयोग गरी नदी नियन्त्रणको कार्यसमेत भइरहेको छ । चिसापानी र मोहन्याल क्षेत्रबाट ठूला ढुङ्गा ल्याएर तटबन्ध भइरहेको छ तर ढुङ्गा पाउन समस्या भएपछि जैविक तटबन्धसमेत गर्ने तयारी गरिएको रावल बताउनुहुन्छ । 'गत वर्ष रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गरेको तटबन्ध यस वर्ष भत्किसकेको छ । नदी कटानले करिब डेढ मिटर मात्र तटबन्ध भत्कन बाँकी छ । नदीले धार परिवर्तन गर्दा अघिल्लो वर्षको तटबन्ध अर्को वर्षसम्म टिक्नै मुस्किल भएको छ', उहाँले भन्नुभयो, 'यो तटबन्ध यस वर्ष कटान रोक्नका लागि मात्रै हो । अब नियन्त्रणका लागि विकल्प र दीर्घकालीन तटबन्धबारे योजना बनाउन आवश्यक छ ।'

तटबन्ध गर्न बाँसलगायतको व्यवस्थापन नगरपालिकाले गर्ने भएको छ । त्यस्तै आवश्यक नाइलन जाली, खाली बोरालगायत अन्य आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गर्नेछ । आवश्यक रबोट बोट (डुङ्गा), र लाइफ ज्याकेटलगायत सुरक्षा सामग्रीको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा र टीकापुर नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी बल तालिम शिक्षालयले उपलब्ध गराउने र प्राविधिक जनशक्ति व्यवस्थापन जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने निर्णय भएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए ।

कर्णाली नदी कटानको जोखिम बर्सेनि रहन्छ । नदी नियन्त्रणका लागि सिँचाइ आयोजनाले दर्जनौँ ठाउँमा बर्सेनि तटबन्धको काम समेत गर्दै आएको छ तर निर्माणाधीन अवस्थामै रहेको तटबन्ध भत्कँदै जाँदा आयोजनालाई समेत काम लम्बाइरहनुपर्ने समस्या छ । नदी कटानले कैलाली र बर्दिया जोड्ने टीकापुर–८ फाँटागाउस्थित कर्णाली पुलको बर्दिया क्षेत्रको उत्तर र दक्षिणतर्फ बनेको तटबन्ध नदीमा भासिन थालेको छ । तटबन्ध भासिन थालेपछि पुलसमेत जोखिममा परेको छ । त्यहाँसमेत समयमै तटबन्ध पुनःनिर्माण कार्य शुरु नगरे बर्दियातर्फ ठूलो क्षति हुने देखिएको स्थानीय लोकसिंह धामीले बताए ।

बर्सेनि त्रासमा बस्न बाध्य तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्न तटबन्धको स्वरुप परिवर्तन गरी दिगो समस्या समाधानतर्फ ध्यान दिन आवश्यक रहेको तटीय क्षेत्रका नागरिक बताउँछन् । 'भत्कने खालको तटबन्ध किन बनाउनु ? दिगो हुने खालको तटबन्ध निर्माणमा ध्यान दिनुपर्छ', स्थानीय रामकृष्ण चौधरी भन्नुहुन्छ, 'हरेक वर्ष तटीय क्षेत्रका नागरिकको बर्सातमा भागाभाग हुने अवस्था आउँछ ।' रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy