Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमित बढे

खबरडबली संवाददाता

चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले आज यहाँ पत्रकारसँग भर्चुअल माध्मबाट आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सो सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिएको हो ।

कार्यालयका अनुसार गत फागुनमा ९६ जना सङ्क्रमित रहेकोमा क्रमश: बढेर वैशाखमा सो सङ्ख्या चार हजार १७७ पुगेको थियो । वैशाखमा निषेधाज्ञा गरिएसँगै सङ्क्रमितको सङ्ख्या क्रमश:घट्दै गएको थियो । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार वैशाख १५ गतेदेखि लागू गरिएको निषेधाज्ञाका कारण जेठमा सो सङ्ख्या घटेर तीन हजार ८८१ मा झरेको थियो । सो सङ्ख्या असारमा तीन हजार ४२ मा झरेको उहाँले जानकारी दिनुभयो । साउन महिनाको २४ गतेसम्म आइपुग्दा पुन: सङ्क्रमित बढेका छन् । साउनमा मात्रै तीन हजार ९५१ जना सङ्क्रमित भएको उहाँले बताउनुभयो ।  

उहाँका अनुसार वैशाख महिनादेखि साउन २४ गतेसम्म ६६ हजार ३८४ जनाको पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा पाँच हजार ६०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 यस्तै एन्टिजेन विधिबाट सात हजार ७५९ को परीक्षण  गरिएकोमा दुई हजार ७०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचारका लागि आएका र लक्षण देखिएर परीक्षणका लागि आएकामध्येबाट सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यहाँ सङ्क्रमित हुनेमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका रहेका छन् । यस समूहका दुुई हजार ४१० जना पुरुष र दुई हजार ६४२ जना महिला रहेका छन् । अन्य उमेर समूहमा भने पुरुष धेरै सङ्क्रमित हुने गरेको तिवारीले जानकारी दिनुभयो ।

 यस्तै ३० देखि ३९ वर्ष उमेर समूहको दोस्रो, ४० देखि ४९ उमेर समूहको तेस्रो र ५० देखि ५९ वर्ष उमेर समूहका चौंथो क्रममा रहेको सो अवसरमा जानकारी दिइयो । जिल्लामा बालबालिका र ८० वर्ष भन्दामाथिको उमेरका कम सङ्ख्यामा सङ्क्रमित हुने गरेका छन् ।

जिल्लामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका समयमा भन्दा  खुकुलो भएको समयमा सङ्क्रमित स्थानीय तहमा बढेको छ । पूर्ण निषेधाज्ञाको समय अवधि वैशाख १५ गतेदेखि असार १४ गतेसम्म भरतपुर महानगरपालिकामा ६ हजार ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

यस्तै खैरहनी नगरपालिकामा ४२७, माडी नगरपालिकामा ३६०, रत्ननगरमा ७२०, राप्तीमा ३१२, कालिका नरपालिकामा ३४६ र ईच्छाकामना गाउँपालिकामा १४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै असार १५ गतेदेखि साउन २४ गतेसम्म भरतपुर महानगरपालिकामा तीन हजार ६६४, खैरहनी नगरपालिकामा ४१३, माडीमा ४१६, रत्ननगरमा ५७२, राप्तीमा २७९ र कालिकामा २८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ईच्छाकामना गाउँपालिकामा निषेधाज्ञा खुकुलो भएसँगै ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । तिवारीका अनुसार जिल्लाको अस्पतालमा उपचारका क्रममा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७८९ पुगेको छ । जसमध्ये ४३९  जना जिल्ला बाहिरका र ३५० जना जिल्लाभित्रका रहेका छन् ।

 जिल्लामा मृत्यु हुनेमध्ये २८ जनाको होम आइसोलेशनमा मृत्यु भएको हो । अस्पतालमा ३२२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । विसं २०७८ सालमा मात्रै जिल्लाका अस्पतालमा ५९९ जनाको मृत्यु भएको छ । ३६१ जना जिल्ला बाहिरका र २३८ जना जिल्लाका रहेका छन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोरोना सङ्क्रमण बढेसँगै निषेधाज्ञामा कडाइ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण बढ्दै जाँदा निषेधाज्ञामा कडाइ गर्दै लगिएको छ । सबैले निषेधाज्ञाको नियम कडाइका साथ मान्ने हो भने  नियन्त्रणमा सहज हुन्छ ।” जिल्लामा सङ्क्रमणको उच्च जोखिम रहेकाले अहिलेकै अवस्था भए भयावह हुनसक्ने उहाँको भनाइ थियो । स्थानीय प्रशासनले हरेक उपाय अपनाउँदा पनि अपेक्षाकृत सुधार हुन नसकेको उहाँले बताउनुभयो । बिरमीको चाप र सङ्क्रमितको अवस्था हेरेर अघि बढ्ने उहाँले जानकारी दिनुभयो । –––

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठक, सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा निगरानी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...

रसुवा भन्सारबाट दुई सातामा १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई गर्याे डिपोर्ट

काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...

६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending