Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

किशोरी हत्या आशङ्कामा तीन पक्राउ

खबरडबली संवाददाता

उदयपुर । त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ । यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । 

कृशलाको हत्या रहस्यमय रहेको र अनुसन्धान निकै जटिल भएका कारण अहिले प्रहरीले विभिन्न कोणबाट कडाइका साथ अनुसन्धान सुरु गरेको छ । कृशला हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

कृशलाका बुबा प्रेम चौधरीका अनुसार छोरी १३ गते जङ्गलमा घाँसदाउरा गर्न गएकी र सोही समयदेखि अचानक हराएकी थिइन् । खोजी गर्ने क्रममा साउन १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा उनको बिभत्स अवस्थामा शव फेला परेको हो । जङ्गलमा घाँसदाउरा गर्न गएका बेला केही समूहले जबर्जस्ती करणी गरेर उनको विभत्स ढङ्गले हत्या गरेको हुनसक्ने मोहनपुरका स्थानीयवासी खगेन्द्र कटुवाल बताउछन् ।

प्रहरीका अनुसार कृशलाको शवको यौनाङ्ग क्षतविक्षत भएर डढेको, शरीरका धेरै भाग डढेर कालो भएको, दाँत भाँच्चिएको चिन्न नसक्ने अवस्थामा भेटिएको थियो । हत्याका विषयमा अहिले प्रहरीले गम्भीर ढङ्गबाट अनुसन्धान सुरु गरेका कारण केही समयभित्रै सत्यतथ्य बाहिर ल्याउन लागेको उदयपुर प्रहरीले बताएको छ ।

अहिलेसम्म अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरिएको र आवश्यकतानुसार अन्य सबैको अनुसन्धान हुँदै जाने पनि प्रहरीले बताएको छ । कृशलाको हत्या विषयमा तथ्य कुरा र हत्यारा पत्ता लगाउन शव र शरीरका अन्य भागको समेत फोरेन्सिक परीक्षणका लागि स्वास्थ्य प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ । 

हत्यामा संलग्न अरु चाँडै पक्राउ पर्ने र केही व्यक्तिलाई अनुसन्धान दायरामा ल्याइएका कारण हत्यारालाई पत्ता लगाएर कारवाही गरिछाड्ने उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले प्रतिबद्धता गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

रास्वपाले संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनको आश्वासन: कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...

उपदान र पेन्सन योजनाका लागि कोष र माइक्रोफाइनान्सबीच सम्झौता

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending