Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

भाइलाई मिर्गौला दिएर बचाउने त्यो दाइ

खबरडबली संवाददाता

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र, भक्तपुरको शय्याबाट ६२ वर्षीय डमप्रसाद घर्तीले टेलिफोनमा भने, “भाइको जीवन बाँच्यो, म यसै धन्य छु ।” उनले अघि थपे, “भर्खर डाक्टरले भेटेर भाइ र तपाईंको स्वास्थ्य अवस्था राम्रो छ भन्नुभयो, धेरै खुशी लागेको छ ।”

जिल्लाको ताराखोला गाउँपालिका–४ का डमप्रसाद र उहाँको परिवारमा अहिले हराएको खुशी एकाएक फर्किएझैँ भएको छ । भाइ दुवै मिर्गौलाले काम नगरेर थलिएपछि नदुख्ने मन कुन दाइसँग पो हुन्छ र रु डमप्रसादलाई पनि त्यस्तै भइरहेको थियो । वर्ष दिनसम्मको उपचारले बीसको उन्नाइस नभएपछि उहाँका भाइ ५५ वर्षीय ओमबहादुरको शरीरमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो । आर्थिक अभियानका माध्यमबाट खर्चको जोहो पनि भयो । कसले मिर्गौला दान गर्ने विषयमा परिवारले सरसल्लाह गरे ।

अन्तत: दाइ डमप्रसाद नै अघि सरे, भाइको जीवन रक्षाका लागि । उनी आफ्नो मिर्गौला भाइलाई दान दिन तयार भए । “भाइलाई र हामी सबै परिवारलाई राम्रो होस् भनेर मैले मिर्गौला दिएँ, यो त मेरो धर्म पनि हो”, डमप्रसादले भने । उनले मिर्गौला प्रत्यारोपणपछि चिकित्सकीय निगरानीमा रहेका भाइ ओमबहादुरलाई छिट्टै पूर्णरूपमा निको होस् भनेर कामनासमेत गरे । डमप्रसादलाई शल्यक्रियाकक्षबाट सामान्य शय्यामा सारिएको छ । उनका भाइ ओमबहादुरको भने सघनकक्षमै विशेष निगरानीसहित उपचार चलिरहेको छ । 


डमप्रसादले आफूलाई आराम हुँदै गएको र स्वास्थ्यमा राम्रो सुधारको महसुस भएको बताए । ओमबहादुरका छोरा जीवनका अनुसार मङ्गलबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो । चिकित्सक प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले मिर्गौला प्रत्यारोपण गरेको उनले उल्लेख गरे । जीवनले बुबाको स्वास्थ्य अवस्थामा पनि उल्लेख्य सुधार हुँदै गएको बताए । उनले भने, “अझै एक साता अस्पतालमै राखेर बुबाको उपचार हुन्छ, डाक्टरले त्यसपछिको अवस्था हेरेर निर्णय गर्ने भन्नुभएको छ ।”

मिर्गौला प्रत्यारोपणका लागि नौ दिनअघि ओमबहादुरलाई केन्द्रमा भर्ना गरिएको थियो । उहाँमा गत वर्ष भदौमा पहिलोपटक मिर्गौलाको समस्या देखिएपछि नियमित डायलासिस हुँदै आएको थियो । 

“बुबाको दुवै मिर्गौला फेल भएपछि पोखराको गण्डकी अस्पतालमा लामो समय डायलासिस गर्‍र्यौं”, छोरा जीवनले भने, “अहिले सबैको साथ, सहयोगबाट मिर्गौला प्रत्यारोपण गर्न सफल भयौँ ।”

वडा सदस्यसमेत रहेका ओमबहादुरको उपचारमा अर्थाभाव भएपछि स्थानीय नवसिर्जना युवा क्लब र लोकसम्पदा अध्ययन अनुसन्धान अभियानमार्फत रु १७ लाखभन्दा बढी सहयोग जुटेको थियो । क्लबले मात्र रु १५ लाख बढी सहयोग उठाएको अध्यक्ष पूर्णभद्र न्यूरेले बताए ।

देश विदेशबाट स्वत:स्फूर्तरूपमा आर्थिक सहयोग प्राप्त भएको उनको भनाइ छ । हालसम्म रु नौ लाख जति उपचारमा खर्च भइसकेको छ । मिर्गौला प्रत्यारोपण र थप उपचारमा लाग्ने खर्च बेग्लै छ । नेपालमा कुनै पनि व्यक्तिमा मिर्गौला प्रत्यारोपण गर्न परेमा उसका आफन्तले मात्र मिर्गौला दान गर्न पाउने कानूनी व्यवस्था छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

माघ १२ गते पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित माघ १२ गते जनकपुर जाने भएका छन् । जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहर...

संयुक्त राष्ट्र र ट्रम्पको शान्ति बोर्ड : विश्व राजनीतिमा नयाँ मोड

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सङ्घ ९यूएन० विश्व शान्ति र सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसलाई जा...

हामी रुकुम पूर्वलाई विकासको नयाँ मोडलमा लैजान्छौं: प्रचण्ड

देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन म फेरि जनयुद्धको आधारभूमि रुकुम फर्किए

आन्दोलनको नाममा घर जलाउनेहरुलाई कारबाही गर्ने दिन आउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताएका छन् ।  ...

महोत्तरीको उम्मेदवारी दर्तामा ऐतिहासिक चाप, १४३ जनाको मनोनयन

बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending