अझै पनि पार्टी एक भएको घोषणा नहुनुले हामी आश्चर्यचकित भएका छौँ । १० बुँदेको आधारमा पार्टी एकताबद्ध बनाउनुपर्छ भनेर हामीले माग गर्दै आएको हो । अहिले पनि हामीले भनिरहेका छौँ । पार्टी एकतालाई बचाइराख्न हामीले धेरै लचकता अपनाएका छौँ । केही दिन अगाडि सम्पन्न भएको हाम्रो केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति पारित गरेको छ । बैठकमा सर्वसम्वतरुपमा पार्टी एकताको पक्षमा लचिलो हुने निर्णय गर्यो तर अध्यक्ष ओलीले हाम्रो मागप्रति वेवास्था गर्दै सोमबार एकलौटी ढंगले अगाडि बढ्ने निर्णय गर्यो, त्यसले पार्टी एकतामा ठेस पुर्याएको छ । अध्यक्ष ओलीले एकपक्षीय गतिविधि तत्काल रोकेर वार्ता र संवादबाट समस्याको समाधान खोजिनुपर्छ । नेताहरूले जुन जुन पोजिसन बनाएर बस्नु भएको छ, त्यसमा ब्याक भएर उम्भिनु पर्ने आवश्यकता हो तर किन भइरहेका छैनन् ? पार्टी एकतालाई बिथोल्न किन र कसले रोकेको छ भन्ने कुरा हामीले बुझ्नु आवश्यक छ । एमालेको एकता हुन नदिन पार्टी भित्र र बाहिर विभिन्न देशी, विदेशी शक्तिहरू लागि परेका छन् । यी कुरालाई मध्यनजर गर्दै पार्टी एकता अनिवार्य आवश्यकता हो । सबैले आफ्ना हठ र अडानहरू त्याग्नु पर्छ र एकताको पक्षमा उभिनुपर्छ ।
पार्टीभित्र कसको पोजिसन के हुन्छ त्यो महत्वको विषय भएन । हामीले लामो संघर्ष पछि शान्ति, संविधान र गणतन्त्र प्राप्त गरेका छौँ । यसलाई रक्षा र कार्यान्वय गर्ने उदेश्यका लागि आज पार्टी एकताबद्ध हुनु जरुरी छ । पार्टी अध्यक्षको हिसाबले ओली अझै बढी जिम्मेवार र उदार हुनु आवश्यक छ । दम्भ र रिसको राजनीतिले कतै पुगिँदैन । यस्ता गतिविधिले पार्टीलाई बर्बादिको दिशामा लैजान्छ । तत्काल पार्टीका गतिविधिहरू रोकेर दुवै पक्ष सहभागी हुने वातावरण बनाउनुपर्छ ।
सबैको त्याग र तपश्याबाट एमाले बनेको हो । व्यक्तिगत अहम र इगोको राजनीतिले हामी कतै पुग्दैनौँ । अहिलेका सबै चुनौति सामना गर्न पनि पार्टी एकताको आवश्यक छ । पार्टीभित्र विधि, पद्धति, कम्युनिस्ट सिद्धान्त र सर्वहारा वर्गीय चिन्तनबाट अघि बढ्नुपर्ने हो तर त्यसो हुन नसक्नु बिडम्बना हो । पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्ति प्रधान भयो । त्यसकारले संविधान, लोकतन्त्र र गणतन्त्र फेरि संकटमा पर्दै गएको छ । प्रतिक्रियावादी, अराजकतावादी, दक्षिणपन्थी शक्ति र विदेशी शक्तिहरू हाबी हुँदै गइरहेका छन् । त्यो शक्तिसँग जुद्धनका लागि नेपालमा एउटा बलियो कम्युनिष्ट पार्टी आवश्यक छ । सबै कम्युनिष्टहरूलाई एकताबद्ध बनाउन पनि एमालेको एकता आवश्यक छ । एकता भनेको केवल नेताहरूमात्र मिल्ने होइन, विधि, विधान र पद्धति आत्मसाथ गरी रुपान्तरण र सुदृढिकरणको आवश्यकता छ । पार्टी एकतालाई निष्कर्षमा पुर्याउन पार्टीभित्र हामी थप संघर्ष गर्छौँ ।
(गैरे माधव पक्षीय नेता हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - १६:०२
काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् । मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...
जेष्ठ ३ गते, २०७९ - १५:५०
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...
जेष्ठ ३ गते, २०७९ - १२:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...
जेष्ठ ३ गते, २०७९ - ११:५५
काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...
जेष्ठ ३ गते, २०७९ - ११:३०
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । मंगलबार सार्वजनिक मतपरिणामका अनुसार पालिकाको अध्यक्ष पदमा नेकपा...
जेष्ठ २ गते, २०७९ - १८:२४
काठमाडौं । सर्लाहलीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रबाट २२ वर्षिय राजाबाबु यादव विजयी भएका छन् । राजाबाबुले ४ हजार ८१ मत ल्याएर विजयी भएका हु...
जेष्ठ २ गते, २०७९ - १७:३५
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । शाहीलाई नेकपा माओवादी केन्द्रको समर्थ...
जेष्ठ २ गते, २०७९ - १५:३४
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । स्रोतका अनुसार बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको शिखर चुमेक...
जेष्ठ २ गते, २०७९ - १५:०९
ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गठबन्धनसँग नेकपा एमाले पराजित भएको छ । ...
जेष्ठ २ गते, २०७९ - १३:२१
भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन् । उनले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम ...
प्रतिकृया लेख्नुहोस्: