Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सांसद्को प्रश्न- ‘सबै नागरिकलाई खोप कहिले ?’

खबरडबली संवाददाता

काठमाडौँ । सांसदहरुले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसमक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक महत्वमाथि दिएको वक्तव्यमाथि प्रश्न गर्दै सांसदहरुले खोप केन्द्रमा हुने भीडभाड व्यवस्थापन गरी सहजरूपमा सेवा लिने वातावरण बनाउन आग्रह गरे ।

सांसद दिव्यमणि राजभण्डारीले परीक्षणको दायरा बढाउनुपर्ने बताउँदै कोरोनाविरुद्ध लड्न नेपाली कांग्रेसले प्रतिपक्षमा रहँदा उठाएको सर्वदलीय संयन्त्र बनाउने कुराको प्रगतिका बारेमा प्रश्न उठाए । सांसद शेरबहादुर तामाङले एक महिना पहिले र अहिले तथ्याङ्क केही फरक नभएको बताए । सरकारले मेलम्ची क्षेत्रमा बाढी, पहिरो प्रभावित क्षेत्रमा नागरिकले शतप्रतिशत खोप दिने भने पनि नागरिकले नपाएको उल्लेख गरे ।

सांसद विमला विकले श्रमिक वर्गलाई खोप दिइनुपर्ने बताउँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने– निजी क्षेत्रसँग सहकार्यमा कुन–कुन विषय समावेश हुन्छ भनी जिज्ञासा राखे । सांसद् डिला सङ्ग्रौलाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक करोड मात्रा खोप ल्याएको भन्नुभएको भन्दै त्यसको भण्डारणको अवस्था के छ भन्दै प्रश्न गरे । सांसद सरीता न्यौपानेले कोभिड परीक्षणको गलत रिपोर्ट दिनेलाई कारबाही हुनुपर्ने बताए ।

सांसद गगनकुमार थापाले कोभिडका कारण परीक्षा रोकिएको तर परीक्षार्थीले कहिले खोप पाउने भन्ने निश्चित नभएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले साँझ ८ बजेपछि आवागमन रोकेको भन्दै उहाँले त्यससम्बन्धी अध्ययनको आधारका बारेमा प्रश्न गरेका छन् ।

सांसद रामकुमारी झाँक्रीले ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप पाउनुपर्ने र विदेश जानका लागि खोप लगाउन नागरिकले लाममा बस्नुपर्ने बाध्यता हटाएर त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । सांसद बिन्दा पाण्डेले कोभिड सङ्क्रमणका कारण मानसिक समस्या र हिंसा बढेको उल्लेख गरे ।

सांसद कृष्णकुमार राईले आफ्नो क्षेत्रमा मःम पसलमा खोप पाइएको बताए । सांसद निरुदेवी पालले तेस्रो लहरमा बालबालिकालाई जोखिम बढी भएको तर त्यस क्षेत्रमा विशेषज्ञ कम रहेकाले त्यसको तयारीका बारेमा जिज्ञासा राखे ।

सांसद मीनबहादुर विश्वकर्माले दीर्घरोगीलाई दिइने मासिक भत्ताका बारेमा प्रश्न राखे । सांसद राजेन्द्रकुमार केसीले पूर्वप्रधानमन्त्रीले आइसकेको भनेको खोपको सङ्ख्या र अहिले सरकारले प्रस्तुत तथ्याङ्कमा फरक पाइएको उल्लेख गरे ।

सांसद महेश्वरजङ्ग गहतराजले हिमाली र पहाडी क्षेत्रमा भण्डारणको समस्या देखिएकाले त्यसमा मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो । सांसद धर्मशिला चापागाईँले मन्त्रालयले विज्ञ राखेर प्राविधक टोली बनाएर सङ्क्रमणविरुद्ध लड्न तयारी गर्नुपर्ने उल्लेख गरे । सांसद प्रकाश रसाइलीले कर्णाली र सुदूरपश्चिमका अस्पताल जीर्ण भएकाले पूर्वाधारको तयारी आवश्यक रहेको औँल्याए । सांसद् रामबहादुर विष्टले सरकारले चाँडै सबै नागरिकले खोप लगाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

सांसद पुष्पा भुसालले अहिले तेस्रो लहरको चुनौतीसँगै गर्मीयाममा अरु रोग बढिरहेकाले त्यसको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको औँल्याए । सांसद गङ्गा चौधरी, उमा रेग्मी र प्रेम सुवालले खोप लगाउने स्थानमा रहेको भीडभाडको व्यवस्थापन हुनुपर्नेमा जोड दिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending