Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

क्यानेडेली नागरिकलाई कानुन बमोजिम कारवाही गरिएको चिनियाँ परराष्ट्र मन्त्रालयको दावी

खबरडबली संवाददाता

चीनमा रहेका एक क्यानेडेली नागरिकले चीनको कानून विपरित गतिविधि गरेको भेटिएकोले उहाँमाथि कारबाही भएको बताएको छ ।

“चीनले आफ्नो देशको कानून बमोजिम नै चीनमा रहेका क्यानडाका व्यापारी माइकल स्पाभरीलाई कारवाही गरेको हो,” चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले बिहीबार पत्रकारद्वारा स्पाभरीविरूद्धको कारबाहीबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने । 

चीनको एक अदालतले स्पाभरीलाई जासुसी गरेको आरोपमा हालै दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।

प्रवक्ता ह्वा छुन यिङले भने, “क्यानाडाले उसका केही सहयोगी मुलुकलाई हातमा लिएर गरी चीनको अदालतले चीनमा भएका क्यानेडेली नागरिकलाई ऐन बमोजिम कारवाही गरेकोमा प्रश्न गर्नु गलत हो । यसले चीनको कानुनी सार्वभौमिक अधिकारको हनन भएको छ । चीन यसको कडा शव्दमा निन्दा गर्छ । सम्बन्धित मुलुकहरुले कानुन बमोजिम प्रशासन गर्ने भावना गरी चीनको कानुनी सार्वभौमिकताको सम्मान गरी गैरजिम्मेवार भनाइ रोक्न हामी आग्रह गर्दछौँ । 

चीन र उत्तर कोरियाबीच यात्रा र सांस्कृतिक आदानप्रदान व्यवसाय चलाउने स्पाभरी जासुसी र अवैध रुपमा राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा दोषी ठहरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका थिए । अदालतले उनको केही निजी सम्पति पनि जफत गर्ने आदेश दिएको बताइएको छ । 

अमेरिकाको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकारी मेन वान्झाउलाई गिरफ्तार गरेको केही समयपछि सन् २०१८ को डिसेम्बरमा चीनमा हिरासतमा लिइएका दुई क्यानाडेलीमध्ये स्पाभरी एक हुन् । यता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने चीनले आफ्ना नागरिकलाई सुनाइएको सजायको फैसला बदलाको भावले उत्प्रेरित रहेको बताएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending