Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

खबरडबली संवाददाता

कञ्चनपुर । साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरेका थिए ।

कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्‍यो । मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ । सीमाको सुरक्षामा सशस्त्र प्रहरी बल तैनाथ गर्ने नीति लिएको १४ वर्षपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति बाक्लो बनाएसँगै कञ्चनपुरमा पनि दु्रत गतिमा बिओपी थपिने क्रम छ ।

दुई वर्ष अघिसम्म कञ्चनपुरमा सशस्त्र प्रहरीको एउटा गण र बेलौरीतथार दोधारा चादँनीमा रहेका दुई वटा बिओपी सीमा सुरक्षामा तैनाथ थिए । बिहीबार मात्रै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कञ्जभोजमा सशस्त्र प्रहरीको २० औँ बिओपी स्थापना भएको छ । कञ्चनपुरमा नेपाल–भारत १३० किलोमिटर क्षेत्र सीमा जोडिएको छ । उक्त क्षेत्रमा भारतका तीन वटा बटालियन छन् भने हरेक पाँच किलोमिटरको दूरीमा एसएसबी पोष्ट रहेका छन् ।

कोरोना कहर सुरु भएसँगै सरकारले पनि यहाँका सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बाक्लो बनाउँदै लगेपछि सीमा क्षेत्रमा नागरिकले सुरक्षाको दरिलो अनुभूति गर्न पाएको सशस्त्र प्रहरी बल ३५ नं गण हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । ‘अझै ब्रह्मदेव, दोधारा चाँदनी र पुनर्वासमा गरी चार वटा पोष्ट स्थापना गर्ने तयारीमा छौँ ।’ उनले भने, ‘हाम्रो उपस्थिति बढेसँगै सीमा क्षेत्रमा शान्ति सुरक्षा, सीमा स्तम्भ र भूमि रक्षा, चोरी शिकारी नियन्त्रण, अवैध बाटोबाट हुने अवैध गतिविधि नियन्त्रण भएका छन् ।’

दोधारा चाँदनी क्षेत्रमा बिहीबार स्थापना भएको कञ्चभोजको पाँचौँ बिओपी हो । उक्त पोष्टको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक र नायब निरीक्षकले गरिरहेका छन् । ‘बीस वटा पोष्टमा नौ स्थानमा स्थायी संरचना बनिसकेका छन्”, सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘अन्यमा अहिले अस्थायीरूपले निर्माण गरेर ड्यिुटी थालिएको छ ।’

उनले गत आर्थिक वर्षमा मात्रै चोरीशिकारी नियन्त्रण कार्यबाट रु चार करोड राजस्व सङ्कलन भएको बताए । सीमा क्षेत्रबाट ५४ जना लागू पदार्थ तस्कर र अवैध बाटोबाट भारत जान लागेका २० बालबालिकालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । 

सीमामा सक्रियता बढाउँदै गएको सशस्त्र प्रहरीलाई भौतिक संरचना र पूर्वाधार विकासमा समेत राज्यको ध्यान जानुपर्ने सीमा क्षेत्रका स्थानीयवासीको भनाइ छ । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले यहाँको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढेप्रति खुसी व्यक्त गरे । ‘सीमा क्षेत्रमा हुने अवैध गतिविधि पनि सुरक्षाकर्मीको उपस्थितिले निरुत्साहित हँुदै जानेछन्, सरकारको सीमामा बिओपी बढाउने कुरा निकै सह्रानीय छ ।’

त्यसैगरी पुनर्वास नरगपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दा सीमा क्षेत्रका नागरिकलाई सहज भएको बताए। ‘अहिले भारतीय पक्षसित समन्वय नै राम्रो छ”, उहाँले भन्नुभयो, “भूमि अतिक्रमणको विषय पनि टुङ्गो लगाउनुपर्छ ।’ उनले प्याराताल क्षेत्रमा भारतीय पक्षले २०६१ सालयता अतिक्रमण गरेको बताए । ‘सो क्षेत्र भारतले नक्सामा आफ्नो भूमि भनी दाबी गरे पनि भोगचलन हामीले गरेका छौँ’, उनले भने, ‘अहिले पनि प्यारातालबाट ५०० मिटरभित्र जङ्गलबाट सीतास्तम्भ नंं १९५ ढलेको अवस्थामा छ ।’ उनले भारतसित समन्वय गरेर सीमा विवादको विषय पनि टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending