एजेन्सी । तालिबान लडाकुहरू अफगानस्थानको राजधानी काबुलतर्फ रफ्तारले अघि बढिरहँदा काबुलबासीहरु भय र त्रासले बाँचिरहेका छन् ।
बीस वर्षदेखि अफगानको सुरक्षमा खटिएका अमेरिकी र उसको नेतृत्वको नेटो गठबन्धनका फौजले दैनिक हजारौँ मानिसहरूलाई काबुलबाट उद्धार गर्न सक्ने बताए पनि राजधानीवासीहरु विश्वस्थ हुन सकेका छैनन्।
तालिबानले अफगानिस्तानमा नयाँ क्षेत्रहरुमाथि तिव्र गतिको रफ्तारमा कब्जा जमाइरहेका दृष्य धेरैले अचम्मको साथ हेरिरहेका छन्। तालिबान लडाकुहरुका अगाडि प्रान्तहरुका राजधानीहरु कार्डको प्याक जस्तै टुक्रिएका छन्।
काबुलबाट ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलम सहित १८ वटा प्रान्तीय राजधानी तालिबानहरूले कब्जा गरिसकेका छन्।
त्यहाँ कुनै संदेह छैन सबै चिज तालिबान को पक्ष मा छ, जबकि अर्को तिर अफगान सरकार सत्ता मा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेको देखिन्छ।
यसै हप्ता लीक भएको अमेरिकी गुप्तचर रिपोर्टले भविष्यवाणी गरेको छ कि राजधानी काबुल आउँदो हप्ताहरुमा तालिबानको आक्रमणको शिकार बन्नेछ र अमेरिकी समर्थन प्राप्त वर्तमान सरकार ९० दिन भित्र पतन हुन सक्छ।
अफगानस्थानको लडाईंमा असफलता हात पारेको अमेरिकी नेतृत्वको गठबन्धनका सेनाहरु धमाधम आफ्ना देश फर्किरहेका छन् । कुटनीतिक नियोगका कर्मचारी भारीमात्रामा कटौति गरी फिर्ता लगिसकेका छन् ।
अफगानस्थानको सुरक्षा स्थिति भयाभय देखिदा प्रश्न उठ्छ कि अफगान सुरक्षा बलको यो वास्तविकता यति छिटो कसरी उजागर भयो ? अमेरिका, ब्रिटेन र नाटोका उसका सहयोगीहरुले पछिल्ला २० बर्षहरुमा अफगान सुरक्षा बलहरुलाई प्रशिक्षण दिन धेरै समय बिताएका छन्।
अमेरिका र ब्रिटेनका थुप्रै सेनाका जनरलहरूले दाबी गरे कि उनीहरुले एउटा बलियो र शक्तिशाली अफगान सेना तयार पारेका छन्। यी प्रतिज्ञाहरु र दावीहरु अब खोक्रो देखिन्छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिवले गैर सैनिकहरूका लागि विस्मयकारी परिस्थिति निर्माण गर्ने गरी अवस्था नियन्त्रण बाहिर गइरहेको चेतावनी दिइसकेका छन् । हजारौं नागरिकहरु डर र त्रासले सीमापर तर्फ भागीरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: