Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

अमेरिकी गुप्तचरको चेतावनी : एक हप्ताभित्र काबुल तालिबानको कब्जामा, ९० दिनभित्र अफगान सरकार पतन हुनेछ

खबरडबली संवाददाता

एजेन्सी । तालिबान लडाकुहरू अफगानस्थानको राजधानी काबुलतर्फ रफ्तारले अघि बढिरहँदा काबुलबासीहरु भय र त्रासले बाँचिरहेका छन् ।

बीस वर्षदेखि अफगानको सुरक्षमा खटिएका अमेरिकी र उसको नेतृत्वको नेटो गठबन्धनका फौजले दैनिक हजारौँ मानिसहरूलाई काबुलबाट उद्धार गर्न सक्ने बताए पनि राजधानीवासीहरु विश्वस्थ हुन सकेका छैनन्।

तालिबानले अफगानिस्तानमा नयाँ क्षेत्रहरुमाथि  तिव्र गतिको रफ्तारमा कब्जा  जमाइरहेका दृष्य धेरैले अचम्मको साथ हेरिरहेका छन्। तालिबान लडाकुहरुका अगाडि प्रान्तहरुका राजधानीहरु कार्डको प्याक जस्तै टुक्रिएका छन्। 

काबुलबाट ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलम सहित १८ वटा प्रान्तीय राजधानी तालिबानहरूले कब्जा गरिसकेका छन्।

त्यहाँ कुनै संदेह छैन सबै चिज तालिबान को पक्ष मा छ, जबकि अर्को तिर अफगान सरकार सत्ता मा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेको देखिन्छ।

यसै हप्ता लीक भएको अमेरिकी गुप्तचर रिपोर्टले भविष्यवाणी गरेको छ कि राजधानी काबुल आउँदो हप्ताहरुमा तालिबानको आक्रमणको शिकार बन्नेछ र अमेरिकी समर्थन प्राप्त वर्तमान सरकार ९० दिन भित्र पतन हुन सक्छ।

अफगानस्थानको लडाईंमा असफलता हात पारेको अमेरिकी नेतृत्वको गठबन्धनका सेनाहरु धमाधम आफ्ना देश फर्किरहेका छन् । कुटनीतिक नियोगका कर्मचारी भारीमात्रामा कटौति गरी फिर्ता लगिसकेका छन् । 

अफगानस्थानको सुरक्षा स्थिति भयाभय  देखिदा प्रश्न उठ्छ कि अफगान सुरक्षा बलको यो वास्तविकता यति छिटो कसरी उजागर भयो ? अमेरिका, ब्रिटेन र नाटोका उसका सहयोगीहरुले पछिल्ला २० बर्षहरुमा अफगान सुरक्षा बलहरुलाई प्रशिक्षण दिन धेरै समय बिताएका छन्।

अमेरिका र ब्रिटेनका थुप्रै सेनाका जनरलहरूले दाबी गरे कि उनीहरुले एउटा बलियो र शक्तिशाली अफगान सेना तयार पारेका छन्। यी प्रतिज्ञाहरु र दावीहरु अब खोक्रो देखिन्छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिवले गैर सैनिकहरूका लागि विस्मयकारी परिस्थिति निर्माण गर्ने गरी अवस्था नियन्त्रण बाहिर गइरहेको चेतावनी दिइसकेका छन् । हजारौं नागरिकहरु डर र त्रासले सीमापर तर्फ भागीरहेका छन् । 

 

 

 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending