मेक्सिको- भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरु भएको छ ।
भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान गर्न वार्ता शुरु भएको हो ।
सरकारका विरुद्धमा जारी रहेको सो विरोधका कारण यहाँको आर्थिक तथा सामाजिक अवस्था नै तहसनहस भएको बताइएको छ ।
त्यसैले यहाँको राजनीतिक तथा आर्थिक सङ्कटको अवस्थाको अन्त्यका लागि सो वार्ता शुरु भएको अधिकारीले जानकारी दिएका छन् । सो वार्तामा पछिल्लो समयमा सरकारका विरुद्धको सङ्घर्षका विषयमा सहमति खोज्ने बारेमा कुराकानी हुने बताइएको छ ।
यसका लागि यहाँ आमनिर्वाचनका विषयमा पनि सहमतिको प्रयास हुने बताइएको छ ।
यसअघि सन् २०१८ मा पनि यहाँको सरकार र विपक्षीबीच डोमिनिक रिपब्लिकमा वार्ता भएको थियो । त्यस वार्ताका क्रममा भने कुनै सहमति हुनसकेको थिएन ।
खासगरी भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र यहाँका विपक्षी दलका नेता जुआन गुएइदोबीच सहमति हुन नसकेको बताइएको थियो ।
सो वार्ताका क्रममा भेनेजुएलाको नाकाबन्दीको विषयमा पनि छलफल हुने पनि बताइएको छ । (सिन्ह्वा)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - २१:२१
काठमाडौं। काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। बा प्र–०२–०५...
मंसिर ११ गते, २०८१ - २१:२१
काठमाडौं। काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। बा प्र–०२–०५...
मंसिर ११ गते, २०८१ - १९:४०
काठमाडौं । फरार प्रतिवादी खोज्दा नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर फेला परेका छन् । स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार स...
मंसिर ११ गते, २०८१ - १९:२६
पोखरा । नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ। विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्स...
मंसिर ११ गते, २०८१ - १५:३८
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक...
मंसिर ११ गते, २०८१ - १५:३३
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले नेपाल सरकारले आजसम्म गरेका सन्धि, सम्झौताको अवस्थाबारे ज...
मंसिर ११ गते, २०८१ - १५:२५
काठमाडौं । नर्भिक अस्पतालमा कात्तिक २४ गते जन्मेको नवजात शिशुको हातमा घाउ र जलन भएको घटनामा अस्पतालको गम्भीर लापरवाही भएको अभिभावकले आरोप लगाएका छन्। ...
मंसिर ११ गते, २०८१ - १५:११
काठमाडौं । काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एकजना व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । घरको फोहोर सडकमा फोहोर फ्याँकेपछि का...
मंसिर ११ गते, २०८१ - १४:५८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर...
मंसिर ११ गते, २०८१ - १४:५५
सर्लाही । सर्लाहीमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा बलरा नगरपालिका वडा नं ९ अचलगढ बस्ने ४० वर्षीय रुस...
प्रतिकृया लेख्नुहोस्: