Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

एमाले एकता संकटमा: दुई दिन भित्र नयाँ दल दर्ता गर्दै नेता नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ। नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन्।  

नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’

ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन्। तर ओलीले पेलेर जाने संकेत गरेपछि उनी नयाँ दल दर्ताको तयारीमा लागेका हुन्। ‘ओलीले अन्याय गर्दैनन्, सबै साथीलाई न्यायपूर्ण भावनाले हेर्छन् भने पार्टी विभाजन हुँदैन तर त्यसको ग्यारेन्टी उनले दिन सक्दैनन्’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।  

नेपाल पक्षका केन्द्रीय सदस्यहरू टंक कार्की, अरूण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रविन कोइराला, भानुभक्त जोशी, ममता गिरी, जीवन घिमिरे, निरज आचार्य, माधव अर्याल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, जयबहादुर राई, चन्द्रबहादुर शाही, नारायण खतिवडालगायत नेताहरूले पार्टीलाई विभाजन हुनबाट रोक्न पहल गरिरहेका छन्। ‘पार्टी विभाजन गर्नहुन्न भन्ने हाम्रो मत रहेको छ तर यो खतरा झन् बढ्दै गएको छ’, छलफलमा सहभागी केन्द्रीय सदस्य सुनुवारले भने। 

उनीहरू राति अबेरसम्म छलफलमा जुटेका थिए। त्यस्तै, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, हरि राई, प्रतापलाल श्रेष्ठ, गरिमा शाह, सोमप्रसाद पाण्डे, झपट रावल पनि पार्टी विभाजन गर्नहुन्न भन्ने पक्षमा छन्। उनीहरू पार्टी विभाजन भए ओलीतिर बस्ने कि नेपालतिर लाग्ने भन्ने दोधारमा छन्। सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश सिफारिस गरेको भन्दै बिष्ट, भट्टराई र भट्टले विरोध गरेका छन्।  

ओलीले पार्टी एकताको ढोका बन्द गरे नयाँ दल बनाउनुपर्छ भन्नेमा झलनाथ खनाल, वामदेव गौतम, मुकुन्द न्यौपाने, वेदुराम भुसाल, रघुजी पन्त, जगन्नाथ खतिवडा, विरोध खतिवडा, श्रीमाया थकाली, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, पर्शुराम मेघी गुरुङ, राजेन्द्र पाण्डे, विजय पौडेल, जयन्ती राई, रामप्रित पासवानलगायतको पंक्ति छ।  

वरिष्ठ नेता नेपालले मंगलबार दिउँसो अध्यक्ष ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताएका थिए। आफ्नो समूहसम्बद्ध जनवर्गीय संगठनहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरूले एकताका लागि अन्तिमसम्म पहल गरेको भए पनि ओली सच्चिने सम्भावना नभएकाले नयाँ दल बनाउनुको विकल्प नभएको बताए। पार्टी उपमहासचिव घनश्याम भुसालले एकताका लागि अन्तिम पहल गर्ने भनेको र त्यसमा आफूले सहमति दिएको नेपालले बताए। नागरिक दैनिकबाट साभार

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेश, २३ सांसदको समर्थन

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...

सुनसरी तनावबारे गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक, सुरक्षा रणनीतिमाथि छलफल

काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...

नेपाली काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...

सुनसरी घटनालाई लिएर राजनीति नगर्न रास्वपाको आग्रह, दोषीमाथि निष्पक्ष छानबिनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...

सुनसरीको पूर्व-पश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...

काङ्ग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनप्रति संयोजक प्रचण्डद्वारा दु:ख व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...

धौलिगङ्गा बाँध खोलिँदै, महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...

स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको आपत्ति, वार्ताबाट समाधान खोज्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...

उद्योगमन्त्री यादवद्वारा काभ्रेका ग्यास उद्योगको निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending