सरकारले चालु अधिवेशन बन्द गरी हठातमा दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनु लोकतन्त्र विरोधी कार्य हो । सरकार गठन भएको एक महिनामा संसदमा कुनै अध्यादेशमाथि छलफल भएन । सरकारले नयाँ विधेयक ल्याउन सकेन । एमाले जुन लोकतन्त्रमा विश्वास गर्छ, त्यसलाई फुटाउन अध्यादेश ल्यायो । यो भन्दा निच अरू के हुन सक्छ ? यीहरूलाई अफगानिस्तानमा भएजस्तै सत्ता छोडेर भाग्ने स्थिति नभएसम्म चेत खुल्दैन । त्यस्तै स्थिति नेपालमा हुन आवश्यक छ ।
यो सरकार जनादेशबाट आएको भए पो जनहितका काम गर्छ । परमादेशबाट आएकाले के काम गर्छ ? अहिलेको सरकार र न्यायालयलाई देशको माटोसँग कुनै प्रेम छैन । विदेशी मालिकको चाकरी गर्न र विदेशीले दिएका सुखसुविधामा नै आनन्दित छन् । उनीहरूका छोराछोरी विदेशमै पढाउँछन् । उतैका नागरिक बनाउँछन् । देशको के माया गर्छन् । अब नेपाली जनताले नै यो देश बचाउन निर्णायक भूमिका खेल्नुपर्छ ।
अहिलेको परिस्थिति निर्माणमा सबैभन्दा ठुलो गद्दारी माधव नेपालले गरेका छन् । उसले काँध नथापिदिएको भए मरिसकेको कांग्रेसको प्रेत आत्मा फर्किने थिएन । एमालेले यो कुनै पनि हालतमा स्वीकार गर्दैन ।
एमालेलाई कमजोर बनाउन भारत, अमेरिकालगायत यहाँका अदालत, नागरिक समाज, मिडिया, बौद्धिक समाज सबै मिलेका छन् । अहिले नेपाल भगवान भरोसामा टिकिरहेको छ । कतिदिन टिकिरहने हो थाहा छैन् । यहाँका अदालत, बौद्धिक भनिएकाहरूलाई विदेशीले किनिसकेका छन् । यी देश बेचुवाहरूबाट केही आश गर्नु छैन ।
अहिले जतिपनि गतिविधि भइरहेको छ, एमालेलाई पत्तासाफ बनाउने उदेश्यले भएको छ । यी सबै विदेशीको इशारामा प्रचण्ड, देउवा, उपेन्द्र यादवले गरिरहेका छन् ।उनीहरूमा कुनै नैतिकता छैन । एउटा राजा फालेर स्वघोषित सयौं नयाँ राजा भएका छन् । त्यही राजा बन्ने दौडमा देशमा अस्थिरता मच्चाइरहेका छन् ।
एमाले दक्षिण एशियामै सबैभन्दा व्यवस्थित, संगठित र संस्कारी पार्टी हो । यो पार्टीमा माधव नेपाल जस्ता गद्दारी जन्मिनु दुर्भाग्य हो । नेपाललाई बेलैमा चिन्न सकेनन् । यस अघि ओलीले ल्याएको अध्यादेश जसपा नामको दक्षिणपन्थी पार्टीका नेताहरूको आग्रह ल्याइएको हो । त्यो गर्नु ठीक थियो वा थिएन जनताले मुल्याङ्न गर्लान् । तर त्यसकै कारणले ओली जी खाडलमा पर्यो भन्ने कुरा सत्य होइन । यहाँ विदेशीको एजेण्डा बोकेर थरीथरीका नेताहरू बसेका छन् । यिनीहरूलाई मातृभूमिको कुनै माया छैन । यी भनेका अपराधीहरू हुन् । यिनीहरू आफ्ना स्वार्थका लागि आफ्नै वंश नै सिध्याउन पछि पर्दैनन् । त्यसकारण यो देशमा विदेशी शक्तिराष्ट्रहरूको इशारामा ठुलै गम्भीर घटना घट्न सक्छ । यसमा सबै नेपालीहरू अत्यन्तै सजग र सर्तक हुन आवश्यक छ ।
(मण्डल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - १६:०२
काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् । मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...
जेष्ठ ३ गते, २०७९ - १५:५०
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...
जेष्ठ ३ गते, २०७९ - १२:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...
जेष्ठ ३ गते, २०७९ - ११:५५
काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...
जेष्ठ ३ गते, २०७९ - ११:३०
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । मंगलबार सार्वजनिक मतपरिणामका अनुसार पालिकाको अध्यक्ष पदमा नेकपा...
जेष्ठ २ गते, २०७९ - १८:२४
काठमाडौं । सर्लाहलीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रबाट २२ वर्षिय राजाबाबु यादव विजयी भएका छन् । राजाबाबुले ४ हजार ८१ मत ल्याएर विजयी भएका हु...
जेष्ठ २ गते, २०७९ - १७:३५
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । शाहीलाई नेकपा माओवादी केन्द्रको समर्थ...
जेष्ठ २ गते, २०७९ - १५:३४
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । स्रोतका अनुसार बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको शिखर चुमेक...
जेष्ठ २ गते, २०७९ - १५:०९
ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गठबन्धनसँग नेकपा एमाले पराजित भएको छ । ...
जेष्ठ २ गते, २०७९ - १३:२१
भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन् । उनले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम ...
प्रतिकृया लेख्नुहोस्: