काठमाडौं । टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो ।
नयाँ जनप्रतिनिधि निर्वाचित हुनुपूर्व विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले क्षति पुर्याएका संरचना पुन:निर्माण गर्ने चुनौतीसमेत थियो । नगरपालिकाले चार वर्षमा विभिन्न आठ सामुदायिक विद्यालयका ६० कक्षाकोठा पुन:निर्माण गरिसकेको छ भने एक हजार ५०० भन्दा बढी घर पुन:निर्माणका लागि रकम उपलब्ध गराइसकेको छ ।
मेलम्ची खानेपानी आयोजनालाई नगरपालिकाका जनतासमक्ष पुर्याउनका लागि जनप्रतिनिधिको अथक प्रयासमा १० किलोमिटर खानेपानीको पाइपलाइन विस्तार सम्पन्न गरिएको छ । वडा नं १ र २ बाहेक सबै वडावासीलाई मेलम्चीको खानेपानी पुर्याउने लक्ष्य राखिएको छ ।
नदी नियन्त्रणका लागि सात किलोमिटर रिटेनिङ वाल लगाउने काम सम्पन्न गरिएको र पाँच किलोमिटर ह्युमपाइप विस्तार गर्नाका साथै पाँच डिपबोरिङ खन्ने कामसमेत सम्पन्न गरिएको छ । नगरपालिकामा सानाठूला नौ पार्क बन्दैछन् । त्यसमा सात पार्कको निर्माण कार्य सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक विकास कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र वितरण, कृषकलाई चार हजार ७७३ फलफूलका बिरुवा वितरण, पशुपालक किसानलाई आवश्यक औजार वितरण, सहकारी सञ्चालकलाई आवश्यक तालिम प्रदान गरेको छ ।
नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत अधिकाशं सडकमा सडकबत्ती जडानको कार्यलाई सम्पन्न गरेको छ । नगर प्रमुख प्रकाश अधिकारी मेयर उज्यालो कार्यक्रमअन्तर्गत टोखाभर एक हजार ९२० बत्ती जडान गरेको र बाँकी बत्ती जडानको क्रममा रहेको बताउछन् । “दाहालगौँडादेखि कृष्णमन्दिर र ग्रिनल्याण्ड, सामाखुशीदेखि ग्राण्डी अस्पताल हुँदै झोरसम्म, गोँगबुचोकदेखि बानियाटार हुँदै भुतखेलचौरसम्म, नयाँ बसपार्कदेखि भत्केकोपुल, सामाखुशी खोलादेखि देउराली जनतासम्मको बाटामा सडक बत्ती जडान गरिसकेका छौँ”, नगरप्रमुख अधिकारी भन्छन् ।
नगरवासीको सुरक्षाका लागि नेपाल प्रहरीको सहकार्यमा विभिन्न ५७ मुख्य चोकमा सिसी क्यामरा जडानसमेत गगरिको छ । चार वर्षमा रु तीन करोड ४२ लाखमा मनोहर तीर्थ पुल निर्माण सम्पन्न गरेको सो नगरपालिकाले प्रशासनिक भवन, वडा नं ९ र ११ को भवन निर्माणलाई अगाडि बढाएको छ ।
यस्तै रु तीन करोड ६० लाखमा वौडेश्वर बालमैत्री पार्क तथा शौचालय निर्माण कार्य सम्पन्न गरेको नगरपालिकाले कल्की मन्दिर परिसर तथा पार्क, शहरी स्वास्थ्य केन्द्र भवन र लाम्पाखा पार्क तथा सामुदायिक भवन निर्माण गरिरहेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण दर बढेसँगै नगरपालिकाले चीनको नाग्छु शहरसँग भगिनी सम्बन्ध स्थापना गरि करोडौँ मूल्य बराबरका स्वास्थ्य सामग्री ल्याएर नागरिकको जीवनरक्षामा काम गरेको थियो । उक्त शहरबाट अहिले पनि सहयोग आदानप्रदान हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १८:१५
काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...
बैशाख ७ गते, २०८३ - १८:०५
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...


प्रतिकृया लेख्नुहोस्: