Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

टोखामा ५१ किलोमिटर सडक ढलान, ३१ किलोमिटर कालोपत्र

खबरडबली संवाददाता

काठमाडौं । टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो । 

नयाँ जनप्रतिनिधि निर्वाचित हुनुपूर्व विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले क्षति पुर्‍याएका संरचना पुन:निर्माण गर्ने चुनौतीसमेत थियो । नगरपालिकाले चार वर्षमा विभिन्न आठ सामुदायिक विद्यालयका ६० कक्षाकोठा पुन:निर्माण गरिसकेको छ भने एक हजार ५०० भन्दा बढी घर पुन:निर्माणका लागि रकम उपलब्ध गराइसकेको छ । 

मेलम्ची खानेपानी आयोजनालाई नगरपालिकाका जनतासमक्ष पुर्‍याउनका लागि जनप्रतिनिधिको अथक प्रयासमा १० किलोमिटर खानेपानीको पाइपलाइन विस्तार सम्पन्न गरिएको छ । वडा नं १ र २ बाहेक सबै वडावासीलाई मेलम्चीको खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ । 

नदी नियन्त्रणका लागि सात किलोमिटर रिटेनिङ वाल लगाउने काम सम्पन्न गरिएको र पाँच किलोमिटर ह्युमपाइप विस्तार गर्नाका साथै पाँच डिपबोरिङ खन्ने कामसमेत सम्पन्न गरिएको छ । नगरपालिकामा सानाठूला नौ पार्क बन्दैछन् । त्यसमा सात पार्कको निर्माण कार्य सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक विकास कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र वितरण, कृषकलाई चार हजार ७७३ फलफूलका बिरुवा वितरण, पशुपालक किसानलाई आवश्यक औजार वितरण, सहकारी सञ्चालकलाई आवश्यक तालिम प्रदान गरेको छ । 

नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत अधिकाशं सडकमा सडकबत्ती जडानको कार्यलाई सम्पन्न गरेको छ । नगर प्रमुख प्रकाश अधिकारी मेयर उज्यालो कार्यक्रमअन्तर्गत टोखाभर एक हजार ९२० बत्ती जडान गरेको र बाँकी बत्ती जडानको क्रममा रहेको बताउछन् । “दाहालगौँडादेखि कृष्णमन्दिर र ग्रिनल्याण्ड, सामाखुशीदेखि ग्राण्डी अस्पताल हुँदै झोरसम्म, गोँगबुचोकदेखि बानियाटार हुँदै भुतखेलचौरसम्म, नयाँ बसपार्कदेखि भत्केकोपुल, सामाखुशी खोलादेखि देउराली जनतासम्मको बाटामा सडक बत्ती जडान गरिसकेका छौँ”, नगरप्रमुख अधिकारी भन्छन् ।

नगरवासीको सुरक्षाका लागि नेपाल प्रहरीको सहकार्यमा विभिन्न ५७ मुख्य चोकमा सिसी क्यामरा जडानसमेत गगरिको छ । चार वर्षमा रु तीन करोड ४२ लाखमा मनोहर तीर्थ पुल निर्माण सम्पन्न गरेको सो नगरपालिकाले प्रशासनिक भवन, वडा नं ९ र ११ को भवन निर्माणलाई अगाडि बढाएको छ । 

यस्तै रु तीन करोड ६० लाखमा वौडेश्वर बालमैत्री पार्क तथा शौचालय निर्माण कार्य सम्पन्न गरेको नगरपालिकाले कल्की मन्दिर परिसर तथा पार्क, शहरी स्वास्थ्य केन्द्र भवन र लाम्पाखा पार्क तथा सामुदायिक भवन निर्माण गरिरहेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण दर बढेसँगै नगरपालिकाले चीनको नाग्छु शहरसँग भगिनी सम्बन्ध स्थापना गरि करोडौँ मूल्य बराबरका स्वास्थ्य सामग्री ल्याएर नागरिकको जीवनरक्षामा काम गरेको थियो । उक्त शहरबाट अहिले पनि सहयोग आदानप्रदान हुँदै आएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending