Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

रासस

रोल्पा । वर्षायाममा यहाँका अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ । ती स्थानबाट सुलिचौरसम्म आउँदा दुई दिनसम्म पैदल हिँड्नुपरेको स्थानीयवासीको गुनासो छ । बिरामी बोकेर सुलिचौरसम्म आउँदा दुई दिन लाग्ने सुनछहरी गाउँपालिका–४ स्युरीका हर्क घर्तीमगरले बताए । 

‘बाटो अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्ने गरेका छन्’, उनले भने । सुलिचौरमा रहेका बैंक, अस्पताल, खाद्यान्न खरिद तथा स्थानीय उत्पादन बिक्रीका लागि पैदलयात्रा गर्नुपरेको स्थानीयवासीको गुनासो छ । बाटो मर्मत गर्न स्थानीय सरकार र अन्य सरोकारवालाको अझैसम्म ध्यान नगएको उनको गुनासो छ ।

जिल्लाको पश्चिम र उत्तर भेगमा जनताले पनि यस्तै सास्ती भोग्ने गरेका छन् । शहीदमार्ग र रामपुर कपुरकोट सडकखण्डमा वर्षात्सँगै सडक हिलाम्ये हुने समस्या छ । शहीदमार्गको ट्र्याक खुला भएको एक दशक पूरा भए पनि सडक सुधार हुन नसक्दा यात्रुले हिलो र धुलोको समस्या भोग्दै आएका छन् । यस्तो सडकमा आफूहरु सधैँ अत्यधिक जोखिम मोलेर गाडी चलाउन बाध्य रहेको जीप चालक तिलक बुढामगरको भनाइ छ । 

वर्षात्का समयमा हिलो र खाल्डाखुल्डीले सताउँछ भने हिउँदमा धुलो उड्दा स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको अर्का चालक लीला घर्तीमगरले बताए । शहीदमार्ग सडक तथा रामपुर कपुरकोट सडकखण्डमा दिनहुँ सयौँको सङ्ख्यामा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन लामो तथा छोटो दूरीमा चल्ने गरेका छन् । 

शहीदमार्ग दाङबाट सुरु भई जिल्लाको होलेरी हुँदै थवाङसम्म १३८ किलोमिटर लामो छ । दाङको घोराही उपमहानगरपालिका हुँदै रोल्पाको रुन्टीगढी गाउँपालिका, त्रिवेणी गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थवाङ गाउँपालिकाको थवाङ हुँदै रुकुमपूर्वको भूमे गाउँपालिकासम्म फैलिएको छ ।

सो सडकमा वर्षात्का समयमा दाङबाट पश्चिम रोल्पाको व्यापारिक केन्द्र घर्तीगाउँसम्म यातायातका साधन चले पनि त्यस अगाडि भने बाटो अवरुद्ध हुने गर्दछ । शहीदमार्गसँग जोडिएका सहायक मार्ग अवरुद्ध हुँदा स्थानीयवासीले पैदलयात्रा गर्न बाध्य भएका छन् । घर्तीगाउँबाट ४८ किलोमिटर दूरीमा रहेको थवाङ सडक वर्षात्का समयमा बन्द हुँदा स्थानीयवासी घण्टौँ लगाएर पैदलयात्रा गर्ने गर्दछन् । शहीदमार्ग सडक जिल्ला सदरमुकाममा लिवाङमा रहेको शहीदमार्ग सडक आयोजनाले हेर्ने गर्दछ ।

जिल्लाको पूर्व र पश्चिम जोड्ने रामपुर कपुरकोट सडकखण्डमा पनि समस्या आउने गरेको बताइन्छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक डाँगीका अनुसार सडकमाथिबाट झर्ने ढुङ्गा, माटो र सडक मुनिबाट जाने पहिराले सडकलाई प्रभावित गर्ने गर्दछ । रामपुर कपुरकोट सडकखण्ड प्यूठानबाट सुरु भएर रोल्पाका सुनिल स्मृति गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका र गङ्गादेव गाउँपालिका हुँदै सल्यानसम्म पुगेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending