Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

रासस

रोल्पा । वर्षायाममा यहाँका अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ । ती स्थानबाट सुलिचौरसम्म आउँदा दुई दिनसम्म पैदल हिँड्नुपरेको स्थानीयवासीको गुनासो छ । बिरामी बोकेर सुलिचौरसम्म आउँदा दुई दिन लाग्ने सुनछहरी गाउँपालिका–४ स्युरीका हर्क घर्तीमगरले बताए । 

‘बाटो अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्ने गरेका छन्’, उनले भने । सुलिचौरमा रहेका बैंक, अस्पताल, खाद्यान्न खरिद तथा स्थानीय उत्पादन बिक्रीका लागि पैदलयात्रा गर्नुपरेको स्थानीयवासीको गुनासो छ । बाटो मर्मत गर्न स्थानीय सरकार र अन्य सरोकारवालाको अझैसम्म ध्यान नगएको उनको गुनासो छ ।

जिल्लाको पश्चिम र उत्तर भेगमा जनताले पनि यस्तै सास्ती भोग्ने गरेका छन् । शहीदमार्ग र रामपुर कपुरकोट सडकखण्डमा वर्षात्सँगै सडक हिलाम्ये हुने समस्या छ । शहीदमार्गको ट्र्याक खुला भएको एक दशक पूरा भए पनि सडक सुधार हुन नसक्दा यात्रुले हिलो र धुलोको समस्या भोग्दै आएका छन् । यस्तो सडकमा आफूहरु सधैँ अत्यधिक जोखिम मोलेर गाडी चलाउन बाध्य रहेको जीप चालक तिलक बुढामगरको भनाइ छ । 

वर्षात्का समयमा हिलो र खाल्डाखुल्डीले सताउँछ भने हिउँदमा धुलो उड्दा स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको अर्का चालक लीला घर्तीमगरले बताए । शहीदमार्ग सडक तथा रामपुर कपुरकोट सडकखण्डमा दिनहुँ सयौँको सङ्ख्यामा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन लामो तथा छोटो दूरीमा चल्ने गरेका छन् । 

शहीदमार्ग दाङबाट सुरु भई जिल्लाको होलेरी हुँदै थवाङसम्म १३८ किलोमिटर लामो छ । दाङको घोराही उपमहानगरपालिका हुँदै रोल्पाको रुन्टीगढी गाउँपालिका, त्रिवेणी गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थवाङ गाउँपालिकाको थवाङ हुँदै रुकुमपूर्वको भूमे गाउँपालिकासम्म फैलिएको छ ।

सो सडकमा वर्षात्का समयमा दाङबाट पश्चिम रोल्पाको व्यापारिक केन्द्र घर्तीगाउँसम्म यातायातका साधन चले पनि त्यस अगाडि भने बाटो अवरुद्ध हुने गर्दछ । शहीदमार्गसँग जोडिएका सहायक मार्ग अवरुद्ध हुँदा स्थानीयवासीले पैदलयात्रा गर्न बाध्य भएका छन् । घर्तीगाउँबाट ४८ किलोमिटर दूरीमा रहेको थवाङ सडक वर्षात्का समयमा बन्द हुँदा स्थानीयवासी घण्टौँ लगाएर पैदलयात्रा गर्ने गर्दछन् । शहीदमार्ग सडक जिल्ला सदरमुकाममा लिवाङमा रहेको शहीदमार्ग सडक आयोजनाले हेर्ने गर्दछ ।

जिल्लाको पूर्व र पश्चिम जोड्ने रामपुर कपुरकोट सडकखण्डमा पनि समस्या आउने गरेको बताइन्छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक डाँगीका अनुसार सडकमाथिबाट झर्ने ढुङ्गा, माटो र सडक मुनिबाट जाने पहिराले सडकलाई प्रभावित गर्ने गर्दछ । रामपुर कपुरकोट सडकखण्ड प्यूठानबाट सुरु भएर रोल्पाका सुनिल स्मृति गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका र गङ्गादेव गाउँपालिका हुँदै सल्यानसम्म पुगेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE