काठमाडौं । नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ। पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेता नेपालसहितले बुधबार नयाँ दल दर्ता प्रक्रिया सुरु गरेका छन्। तर, एमालेको नवौं महाधिवेशनदेखि नेपाललाई साथ दिँदै आएका प्रभावशाली नेताहरूले नयाँ दल दर्ता प्रक्रियामा भने उनलाई साथ दिएका छैनन्।
ती नेताहरू पार्टी एकताको पक्षमा भन्दै ओली र नेपाल दुवै पक्षबाट अलग देखिएका छन्। ओली र नेपाल दुवैले आआफ्नो बाटो समाउने तयारी गरेपछि थप दबाबमा परेका उनीहरूले शुक्रबार राजधानीमा भेला गर्दै पार्टी एकताका लागि दबाब बढाएका छन्। उनीहरूले अध्यक्ष ओलीलाई नेपालसहित प्रतिनिधिसभाका १४ सदस्यमाथि कारबाहीका लागि गरिएको सिफारिस फिर्ता लिएर विवाद समाधानका लागि १० बुँदे समझदारी कार्यान्वयन गर्न आग्रह गरेका छन्। नेता नेपाललाई पनि नयाँ पार्टी दर्ताको प्रक्रिया स्थगन गरेर एकताको पक्षमा आउन उनीहरूले आग्रह गरेका छन्।
केन्द्रीय कमिटीका सदस्य र सांसदको भेलाले दुई दिनभित्र १० बुँदे समझदारी अक्षरश: कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको छ। १० बुँदे सँगै सहायक डकुमेन्टका रूपमा माइन्युट गरिएको जनाउँदै बैठकमा सहभागी एक नेताले भने, ‘त्यसअनुसार तत्काल २०७५ जेठ २ गते अघिको स्थायी कमिटीको बैठक बोलाएर १० बुँदे समझदारी अनुमोदनपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्य थप गरेर अर्को बैठक बोलाउनुपर्छ।’ नागरिक दैनिबाट साभार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: