Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

नेपालमै अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि विदेश जान नपर्ने

खबरडबली संवाददाता

चितवन । नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत यहीँ हुन थालेका हुन् ।
 
मुख्यरुपमा अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि भारतसहित विभिन्न देश जाने गर्दछन् । सबैभन्दा ठूलो सङ्ख्यामा भारतका दिल्लीलगायतका शहरमा बिरामी जाने गरेकामा पछिल्लो समय स्वदेशमै उपचार गर्ने प्रचलन बढेर गएको छ । कोभिडका कारण बाहिर जान सहज नभएपछि स्वदेशकै सुविधासम्पन्न अस्पताल र दक्ष चिकित्सकको खोजी हुन थालेको छ ।
 
निजी अस्पतालको छाता संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का महासचिव हेमराज दाहाल पछिल्लो समय विदेश उपचार गर्न जानेको सङ्ख्या घट्दै गएको बताउँछन् । सुविधासम्पन्न निजी अस्पताल र दक्ष जनशक्ति स्वदेशमै उपलब्ध हुने भएपछि बाहिर उपचार गर्न जानु नपरेको उनको भनाइ छ ।
 
सबैभन्दा बढी बिरामी जाने भारतमा हुने अधिकांश उपचार यहीँ हुने उनी बताउँछन् । उनले भने, “९५ प्रतिशतले अहिले नेपालमै उपचार गर्दछन् ।” विश्वमा दक्षिण एसिया र दक्षिण एसियामा नेपाल उपचारमा सबैभन्दा सस्तो भएको जनाउँदै उनले अस्पतालजन्य क्षेत्रमा रु तीन खर्बभन्दा बढी निजी क्षेत्रले लगानी गरिसकेको बताए।
 
अङ्ग प्रत्यारोपणमा नेपालमा सफलता मिलेकाले उनले मिर्गौला प्रत्यारोपण भारतमा भन्दा आधा सस्तोमा यही हुने गरेको जानकारी दिए । सरकारले निजी क्षेत्रलाई अत्याधुनिक उपकरण खरिदमा भन्सार र करमा छुट गरिदिएमा अझै गुणस्तरमा सुधार गर्न सकिने उनको भनाइ छ ।
 
उत्पादन भएको मुलुकबाट सोझै उपकरण ल्याउन पाएमा अस्पताललाई सहज हुने जनाउँदै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकेमा विदेशबाट यहाँ उपचारका लागि आउने बताए । उनले भने, “हामी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुँदै गएका छौँ ।” पहिलेदेखि नै बाहिर उपचार गरिरहेका अहिले पनि जाने गरेको भन्दै उनले नयाँ पिँढी कम मात्रै उपचार गर्न जाने गरेको बताए ।
 
ग्राण्डी इन्टरनेशनल अस्पतालका मेडिकल उपनिर्देशक एवं स्पाइनल विभाग निर्देशक डा विनोद बिजुक्छे स्पाइनलसम्बन्धी विश्वमा हुने जुनसुकै शल्यक्रिया र उपचार आफूले गर्न सक्ने दाबी गर्छन् । उनले भने, “हामीसँग आवश्यक आधुनिक उपकरण र दक्ष जनशक्ति छ ।” स्पाइनल सर्जन डा बिजुक्छेले मेरुदण्ड सिधा बनाउनेदेखि जटिल प्रकृतिका शल्यक्रिया आफ्नो नेतृत्वको समूहले गर्दै आएको बताए ।
 
उनले भने, “स्पाइनलसँग सम्बन्धित जुनसुकै शल्यक्रिया र उपचार अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने गरी हामीले गर्न सक्छौँ ।” यहाँ हुने उपचार भारतका कम अस्पतालमा मात्रै हुने उनको दाबी छ । भारत, थाइल्याण्ड, सिङ्गापुरलगायतका देशका अस्पतालमा पाइने स्वास्थ्य सेवा नेपालमै उपलब्ध हुने बिजुक्छेको भनाइ छ ।
 
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने भारतमा हुने सबै खालको उपचार यहीँ हुने बताउँछन् । नेपालबाट ६० प्रतिशत क्यान्सरका बिरामी र ४० प्रतिशत अङ्ग प्रत्यारोपणका बिरामी भारतलगायतका देशमा जाने गरेकामा पछिल्ला दिनमा यहीँका अस्पतालमा उपचार गर्ने गरेको उनले बताए । कतिपय व्यावसायिक संस्थाले कमिसनका नाममा बिरामी विदेश पठाउने गरेको उनको आरोप छ ।
 
उनले भने, “मैले फलानो देशमा यो अस्पतालमा उपचार गरेँ भनेर देखाउनका लागि विदेश जाने केही वर्ग छ ।” क्यान्सर रोगको पहिचान गर्ने पेटस्क्यान भित्र्याउन र सञ्चालनका लागि सरकारले सहजीकरण गरिदिएमा कुनै पनि बिरामी उपचारका लागि विदेश जान नपर्ने उनको भनाइ छ । आफ्नो मेडिकल कलेजमा राजधानी काठमाडौँदेखि विभिन्न जिल्लाबाट बिरामी आउने गरेका जनाउँदै उनले नेपालको शुल्कमा अन्यत्र कहीँ पनि उपचार सम्भव नभएको बताए । अङ्ग प्रत्यारोपणदेखि क्यान्सरको उपचार पनि नेपालमा सम्भव भएको जनाउँदै उनले सरकारले सरकारी र निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।
 
स्वास्थ्य र शिक्षामा निजी क्षेत्रको ठूलो लगानी भएकाले उपचार र स्वास्थ्य शिक्षाका लागि बाहिरिने ठूलो धनराशि रोक्न पनि राज्यले पहल गर्नुपर्ने उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बन्दसत्र सुरु, तीन प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...

ग्यासको हाहाकारपछि काठमाडौंका पाँच ठाउँमा यसरी भइरहेको छ बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...

अपडेट: रोकिएको बस गुड्दा नुवाकोटमा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...

रोकिएको बस आफैं गुड्दा नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...

रोक्का बजेट फुकुवा नहुँदा पूर्वाधार निर्माण प्रभावित

तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म

नारायणगढमा झडप हुँदा चार जना घाइते

नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending