Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सगोलको सम्पत्ति झुक्क्याएर १३ वर्षअघि धितो राखेर १ करोड रुपैयाँ ऋण लिएपछि‍‍‍...

खबरडबली संवाददाता

राजविराज । आफू र कान्छो छोरा दुबैलाई झुक्क्याएर जेठो छोराले १३ वर्षअघि एक सहकारी संस्थाबाट एक करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आमाले ‘न्याय’ का लागि सञ्चारकर्मीको साथ सहयोग खोजेकी छन् । 

राजविराजको विष्णुपुर गाउँपालिका–६ क्याम्पस रोड निवासी ६० वर्षीया शम्भुदेवी यादव र उनका २५ वर्षीय कान्छो छोरा सचिनले आफूहरूमाथि घात भएको भन्दै सहयोग गरिदिन आग्रह गरेका छन् । 

आमा शम्भुदेवीले जेठो छोरा शिवकुमार यादवले आईडियल सहकारी संस्था लिमिटेडसँग मिलेमतो गरी १ करोड रुपैयाँ ऋण निकालेको आरोप लगाएकी छन् ।

विष्णुपुर गाउँपालिका–६ क्याम्पस रोड जाने सडक किनारामा १ कट्ठा जग्गामा बनेको दुईतले घर सो सहकारी संस्थामा धितो राखी २०६९ सालमा १ करोड रुपैयाँ जेठो छोरा शिवले ऋणबापत निकालेको शम्भुदेवीले बताइन् । 

‘कान्छो छोरालाई कुनै जानकारी नै नदिई मलाई समेत झुक्क्याएर सादा कागज र चेकमा हस्ताक्षर गराएर जेठो छोरा शिवले सो सहकारी संस्थाबाट १ करोड रुपैयाँ निकालेको कुरा सहकारी संस्थाबाट लिलामी प्रक्रियाको चिठी आएपछि मात्र थाहा पाएँ,’ शम्भुदेवीले भनिन्, ‘जेठो छोरा र सहकारी संस्थाको मिलेमतोमा हामीसँग जालसाजी  र बेघर बनाउने काम भएको हो ।’

उनले सो सहकारी संस्थाले आफूहरू बसोबास गर्दै आएको एक मात्र घर र जग्गा लिलामी प्रक्रियामा लान थालेको भनी पत्र पठाएपछि शोकमा परेका श्रीमान् कुसुम लालको शोकमै केही दिनअघि निधन भएको गहभरि आँसु पोख्दै सुनाइन् । उनले यस प्रकरणमा जेठो छोरा शिव र ऋण दिने सहकारी संस्था दुवै दोषी भएको दाबी गरिन् । 

उनका कान्छा छोरा सचिनले आफूलाई कुनै जानकारी नै नदिई दाजु शिवले आमा बुबालाई समेत झुक्क्याएर विभिन्न कागजात र चेकमा हस्ताक्षर गराई सहकारीबाट ऋण निकालेको दाबी गर्दै न्यायका लागि अदालतसम्म पुगेको बताए । 

आफ्नो समेत अंश लाग्ने जग्गा सहकारीमा धितो राख्दाका बखत आफू अध्ययनको सिलसिलामा विराटनगरमा रहेको भन्दै सचिनले सोबारे दाजु शिवले फोनसम्म नगरेको बताए । 

‘मेरोसमेत अंश लाग्ने जग्गामा मेरो कुनै सहमति र हस्ताक्षरसम्म नलिएर सहकारीले कसरी यत्रो ठूलो रकम ऋण दियो रु’ सचिनले आक्रोश पोखे । 

उनले सो सहकारीबाट आमा शम्भुदेवीका नाममा १ करोड रुपैयाँ ऋण निकासा भएको र सोही दिन ९० लाख रुपैयाँ दाजु शिवको खातामा ट्रान्सफर भएको देखिएको जानकारीसमेत गराए । 

यता, सो सहकारी संस्थाका अध्यक्ष गणेशकुमार आसले भने समस्या पर्दा ऋण लिन आएका व्यक्तिले अहिले बोली फेर्दै संस्थालाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् । उनले ऋणीहरूलाई कतै पनि नझुक्क्याएको र लिखित कागजातमा हस्ताक्षर गराइएको दाबी गर्दै तोकिएको समयमा सावाँ र ब्याज नबुझाउँदा संस्थाको निर्णयअनुसार लिलामी प्रक्रियाको प्रारम्भिक कार्य अघि बढाइएको बताए । 

‘सावाँ र ब्याजका लागि पटक पटक लिखित र मौखिक जानकारी गराउँदा पनि ऋणीबाट बेवास्ता गरिएकाले पछिल्लोपटक लिलामी प्रक्रियाका लागि पत्राचार गरिएको हो,’ सहकारी संस्थाका अध्यक्ष आसले भने, ‘तर, मान्छे र हुलाकमार्फत चिठी पठाउँदा पनि बुझ्न नमानेपछि बाध्य भई लिलामी प्रक्रियाका गतिविधि अगाडि बढाइएको हो ।’ 

उनले सहकारीको ऋण समयमै नतिरे ऋणीका कान्छो छोरा सचिनको अंश छुट्याई बाँकी बचेको जग्गा लिलामीबाट संस्थाले आफ्नो लगानी असुल गर्ने व्यवस्था रहेको स्पष्ट पारे । 

‘१५ दिनको सार्वजनिक सूचनामार्फत ताकेता गरेका छौँ,’ अध्यक्ष आसले भने, ‘त्यसपछि पनि बेवास्ता गरिए लिलामी प्रक्रियामा जान्छौँ, प्रक्रिया पुर्‍याएर ऋण दिएका थियौँ, प्रक्रिया पुर्‍याएरै असुली हुन्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending