Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

के गर्लान् माधव निकट दोस्रो पुस्ताका एमाले नेताहरु ?

खबरडबली संवाददाता

काठमाडौं। एमालेभित्र लामो समय माधव नेपालको टिममा रहेर काम गरेका तर पार्टी विभाजनमा साथ नदिएका  एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टी एकताको प्रयास जारी राख्ने निष्कर्ष निकालेका छन् । वरिष्ठ नेता माधव नेपालले तेस्रो पुस्ताका नेताहरुलाई साथ लिएर ओलीसंग विद्रोह गरी अलग पार्टी खोलेपछि आफ्नो कित्ता क्लीयर गर्न शुक्रबार बसुन्धराको एक होटलमा उनीहरु भेला भएका थिए । करिब ५७ जना केन्द्रीय सदस्य उपस्थिति रहेको दावी गरिएको उक्त भेलाले एमालेको एकता नै अहिलेको अपरिहार्य आवश्यकता रहेको भन्दै एकताका लागि अध्यक्ष ओलीमाथि थप दवाव दिने रणनीति अपनाएका छन् ।  

कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अक्षरसः कार्यान्वयन गर्नुपर्ने भेलाले निष्कर्ष निकालेको एमाले सचिव भीम प्रसाद आचार्यले जानकारी दिए । ‘हामी शुरुदेखि नै पार्टी एकताका पक्षमा लागेका हौं । शुक्रबारको भेलाबाट दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्ने, १० बुँदे सहमति कार्यान्वयनका लागि आग्रह गर्ने, माधव नेपालसहितका नेताहरूलाई दल दर्ताको प्रक्रियाबाट फर्किन आग्रह गर्ने निष्कर्ष निकालेका छौं,’ आचार्यले भने । 

भेलामा सहभागी एक नेताका अनुसार अध्यक्ष ओलीले १० बुँदे कार्यन्वयन गर्न अध्यक्ष ओलीलाई दुई दिनको अल्टिमेटम दिएको छ । ‘पार्टी एकतालाई बचाउन अझ केही दिन पर्खिने छौं ।  यसबीचमा कुनै सुनुवाइ नभए विद्रोहमा उत्रिने छौं । त्यो विद्रोह माधव नेपालको भन्दा ठुलो हुनेछ । यदी बेलैमा ओली नसच्चिए अकल्पनीय क्षति बेहोर्नु पर्नेछ’, भेलाको निष्कर्ष सुनाउँदै एक नेताले भने । 

तर अध्यक्ष ओलीले दोस्रो तहका नेताहरुले उठाएको मागप्रति कुनै रुची देखाएका छैनन् । उनले आफ्ना पक्षका नेताहरुमार्फत १४ लाई सांसद पदबाट तत्काल मुक्त गर्न सभामुखमाथि दबाव बढाएका छन् । त्यसैले माधव निकट रहेर काम गरेका दोस्रो पुस्ताले ओली विरुद्ध विद्रोह गर्छन वा आत्मसमपर्ण त्यसका लागि केही दिन प्रतिक्षा गर्नुपर्ने हुन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE