काठमाडौं। एमालेभित्र लामो समय माधव नेपालको टिममा रहेर काम गरेका तर पार्टी विभाजनमा साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टी एकताको प्रयास जारी राख्ने निष्कर्ष निकालेका छन् । वरिष्ठ नेता माधव नेपालले तेस्रो पुस्ताका नेताहरुलाई साथ लिएर ओलीसंग विद्रोह गरी अलग पार्टी खोलेपछि आफ्नो कित्ता क्लीयर गर्न शुक्रबार बसुन्धराको एक होटलमा उनीहरु भेला भएका थिए । करिब ५७ जना केन्द्रीय सदस्य उपस्थिति रहेको दावी गरिएको उक्त भेलाले एमालेको एकता नै अहिलेको अपरिहार्य आवश्यकता रहेको भन्दै एकताका लागि अध्यक्ष ओलीमाथि थप दवाव दिने रणनीति अपनाएका छन् ।
कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अक्षरसः कार्यान्वयन गर्नुपर्ने भेलाले निष्कर्ष निकालेको एमाले सचिव भीम प्रसाद आचार्यले जानकारी दिए । ‘हामी शुरुदेखि नै पार्टी एकताका पक्षमा लागेका हौं । शुक्रबारको भेलाबाट दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्ने, १० बुँदे सहमति कार्यान्वयनका लागि आग्रह गर्ने, माधव नेपालसहितका नेताहरूलाई दल दर्ताको प्रक्रियाबाट फर्किन आग्रह गर्ने निष्कर्ष निकालेका छौं,’ आचार्यले भने ।
भेलामा सहभागी एक नेताका अनुसार अध्यक्ष ओलीले १० बुँदे कार्यन्वयन गर्न अध्यक्ष ओलीलाई दुई दिनको अल्टिमेटम दिएको छ । ‘पार्टी एकतालाई बचाउन अझ केही दिन पर्खिने छौं । यसबीचमा कुनै सुनुवाइ नभए विद्रोहमा उत्रिने छौं । त्यो विद्रोह माधव नेपालको भन्दा ठुलो हुनेछ । यदी बेलैमा ओली नसच्चिए अकल्पनीय क्षति बेहोर्नु पर्नेछ’, भेलाको निष्कर्ष सुनाउँदै एक नेताले भने ।
तर अध्यक्ष ओलीले दोस्रो तहका नेताहरुले उठाएको मागप्रति कुनै रुची देखाएका छैनन् । उनले आफ्ना पक्षका नेताहरुमार्फत १४ लाई सांसद पदबाट तत्काल मुक्त गर्न सभामुखमाथि दबाव बढाएका छन् । त्यसैले माधव निकट रहेर काम गरेका दोस्रो पुस्ताले ओली विरुद्ध विद्रोह गर्छन वा आत्मसमपर्ण त्यसका लागि केही दिन प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: