Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नयाँ ट्रयाक बनाएर जोडिँदै चामेदेखि माथिल्लो मनाङ

रासस

मनाङ । अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले तल्लो र माथिल्लो मनाङको सम्बन्ध विच्छेद भएको छ । 

माथिल्लो मनाङसँग जोडिने जोखिमपूर्ण स्थलमार्ग अवरुद्ध भएपछि आवतजावत पूर्ण रुपमा बन्द भएको छ । धेरै स्थानमा सडक सञ्जालबाट छुटिएको मनाङलाई जोड्नका लागि नयाँ ट्रयाक बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘मनाङको लाइफलाइनका रुपमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा नयाँ ट्रयाकसहितको भिरको कटान भइरहेको छ, यो भिरमा ट्रयाक निर्माण भएपछि माथिल्लो मनाङसँग जोडिनेछ’, सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भने । तल्लो र माथिल्लो मनाङ जोड्ने सडकखण्डअन्तर्गत सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भिरमा बाढीपहिराले सडक  पूर्णरुपमा क्षति भएको छ । 

यस भिरमा सडक निर्माण भएपछि माथिल्लो र तल्लो मनाङ आवतजावतमा सहज हुने उनले बताए । माथिल्लो मनाङका मानिस सामान्य बिरामी भएको अवस्थामा समेत चामेस्थित स्वास्थ्य कार्यालय मनाङसम्म ल्याउन मुस्किल रहेकाले यस सडक मर्मतपश्चात् यहाँ सहज यात्रा गर्न सकिने उनले बताए । ‘अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिराले धेरै जोखिम बढाएको छ, बम प्रहार गर्नका लागि ड्रिलिङको काम भइरहेको छ, नेपाली सेनाले उक्त क्षेत्रमा चट्टानलाई कोपेर र बम प्रहार गरी बाटो निर्माणको काम गरिनेछ’, इञ्जिनीयर अधिकारीले भने । 

यहाँ चट्टानलाई कोपेर केही भित्रपट्टिबाट सडक सञ्जाल बनाइएको छ । उनका अनुसार उक्त क्षेत्रमा सडक निर्माणका लागि ड्रिलिङको काम सकिएपछि बम हानेर सडक निर्माण गरिनेछ ।  सडक निर्माणका लागि चट्टानमा प्वाल बनाउने कार्य भइरहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। उनका अनुसार सडक सञ्जाल जोड्नका लागि अन्य स्थानमा जेसिबीको प्रयोगबाट खन्ने कार्य भइरहेको छ । बेंसीशहर–चामे सडकअन्तर्गतको बेंसीशहरबाट माथि २२ किमी सडक खुलाइसकिएको छ । त्यस्तै चामेबाट माथिल्लो क्षेत्रमा पनि सडक खुलाइसकिएको छ भने तलेखु–भ्राताङ भिरको सडक बन्ने प्रक्रियामा छ । 

उक्त सडक मर्मतका लागि गृहमन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट इन्धन ल्याइएको थियो । जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । तर पुनः गत असार १ गते आएको बाढीपहिराले मनाङका धेरै स्थानमा सडक पूर्णरुपमा क्षति भएका छन् । अहिले उक्त क्षेत्रमा नेपाली सेनाले पहाड फोडेर सडकको नयाँ ट्रयाक निर्माण भइरहेको इञ्जिनीयर अधिकारीले जानकारी दिए । 

बाढीपहिराको क्षति पु¥याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भएबमोजिम मर्मत थालिएको हो । बेंसीशहर–चामे सडकखण्ड १०७ किलोमिटर रहेको छ । सडकअन्तर्गत केही स्थानमा नयाँ ट्रयाक पनि खुलाउने प्रयास भइरहेको जनाइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy