Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

पेट सिटीस्क्यान सञ्चालन नहुँदा बिरामीलाई समस्या

खबरडबली संवाददाता
झापा । झापाको विर्तामोडस्थित पूर्वाञ्चल अस्पतालले क्यान्सर बिरामीका लागि ल्याएको पेट सिटीस्क्यान उपकरण सञ्चालनको अनुमति नपाउँदा एक वर्षदेखि थन्किएको छ । 
 
उपकरण सञ्चालन नहुँदा त्यस्ता बिरामीे महँगो खर्च गरेर भारतमा उपचारका जाने बाध्य भएका छन् । सो उपकरणले क्यान्सर कहाँ कहाँसम्म फैलिएको छ, उपचार कस्तो भइरहेको छ भनेर पत्ता लगाउने गरिन्छ । यसले गर्दा चिकित्सकलाई क्यान्सरका बिरामीलाई उपचार गर्नका लागि सहज हुने गर्दछ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद गर्न अनुमति दिए पनि  सञ्चालनका लागि अनुमति नदिँदा त्यतिकै थन्किएको छ  । कानून बन्न ढिलाइ गरेकाले अस्पतालले क्यान्सर बिरामीको उपचारका लागि ल्याएको उक्त उपकरण सञ्चालनमा समस्या परेको अस्पतालका निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए ।  “सरकारले कानून नबनाएकाले अझैसम्म सञ्चालन गर्न पाएका छैनौँ”, उनले भने, “यसले गर्दा हजारौ बिरामीले उपचार गर्न पाएका छैनन् सञ्चालनका लागि धेरै पटक कानून चाँडो बनाउन भन्यो तर सुनवाइभएको छैन ।”
 
वन तथा वातावरण मन्त्रालयबाट अस्पतालका लागि यो उपकरण आउछ भनेर वातावरण्ीाय मूल्याङ्कन प्रभाव ९इआइए० समेत पास गराए पनि कानून बन्न ढिलाइ भएकाले उपकरण सञ्चालनमा समस्या भएको उहाँको भनाइ रहेको छ । “मन्त्रालयले एक वर्ष अघिदेखि नयाँ ऐन बनाउनुपर्दछ भनेर हामीलाई भनिरहेको छ”, अस्पतालका अध्यक्ष दुर्गाप्रसाद प्रसाईले भने, “उपकरण यतिकै राख्न मिल्दैन । हामीले चलाएका चलै छौँ तर चलाएको उपकरणमा बिरामीलाई उपचार गर्न पाएका छैनौँ ।” 
 
उपकरणद्वारा क्यान्सर रोगको पहिचान गर्न, बिरामीको अवस्थाबारे जानकारी लिन मद्दत पुग्छ । यसैगरी यस रोगमा प्रयोग भएको औषधि शरीरमा प्रभावकारी भए नभएको तथा शरीरमा क्यान्सरको कण भए नभएको पत्ता लगाउने, तथा मुटु रोग तथा विभिन्न खाले दिमागको रोगको अवस्था जान्न पनि सघाउ पुर्‍याउने समेत उपकरणले गर्ने गर्दछ । बिरामीमा कुन तहको क्यान्सर भएको छ र त्यो कुन अवस्थामा छ भनेर जाँच गर्न यस पेट सिटीस्क्यानको प्रयोग गरिन्छ । 
 
करिब रु ७० करोडमा खरिद गरिएको उपकरणमा २४ घण्टा वातावरणनुकूलतामा राख्नुपर्ने हुन्छ । उपकरण सञ्चालन नआउँदा मासिक रु २० लाख बैंकसहित अन्यमा खर्च भइरहेको छ । उपकरण सञ्चालनका लागि समेत न्यूक्लियर मेडिसिन चिकित्सकसमेत अस्पतालले एक वर्षदेखि तलब खुवाएर राखिसकेको छ । उपकरण सञ्चालन नभएपछि त्यतिकै ति चिकित्सक बसिरहेका छन् । 
 
पोखरा, चितवन, काठमाडौँलगायत ठाउँबाट बिरामी अस्पतालमा पेट सिटीस्क्यान उपकरण छ भनेर अस्पतालमा आउने गरेता पनि ती बिरामीलाई उपचार गर्न नपाएको अस्पतालका निर्देशक डा यादवले जानकारी दिनुभयो । काठमाडौँमा रहेका दुई प्रयोगशालामा समेत पेट सिटीस्क्यान भए पनि कोभिड–१९ का कारण नियमित हवाई सञ्चालन नहुँदा सञ्चालनमा आएको छैन । नियमित उडान नहुँदा बिरामीको लागि लगाउने रेडियो आइसोटोप ल्याउन नसकेको कारणले काठमाडौँमा रहेका पेट सिटीस्क्यान उपकरण सञ्चालनमा नआएको हो । यसले गर्दा अहिले पेट सिटीस्क्यानका लागि क्यान्सरका बिरामी उपचारका लागि कलाकत्ता, नयाँ दिल्ली जाने गर्दछन । भारत जाँदा करिब रु पाँच लाख खर्च हुने गरेको छ तर नेपालमा अस्पतालले उपकरण सञ्चालनको अनुमति पाए आफूहरुले एक बिरामीको रु ६० देखि ७० हजारमा उपचार गर्ने उहाँको भनाइ रहेको छ ।
 
बिरामीका लागि उपचारका लागि उपकरण सञ्चालनसँगै ‘रेडियो आइसोटोप’ समेत प्रयोग गरिन्छ । रेडियो आइसोटोप ल्याएको चार घण्टाभित्र बिरामीको उपचारका लागि प्रयोग गरिसक्नुपर्ने हुन्छ । भारतको कोलकत्ताबाट खरिद गरेको दुई घण्टामा झापाको वित्तामोडमा उक्त रेडियो आइसोटोप आइपुग्दछ र बिरामीलाई समेत सजिलै उपचार गर्न सकिने भएकाले अस्पतालमा पेट सिटीस्क्यान जडान गरिएको अस्पतालका निर्देशक डा यादवले जानकारी दिनुभयो ।
 
कोलकत्ताबाट सिलगुडीको वागडुग्रा विमानस्थलमा एक घण्टा र त्यहाँबाट आधा घण्टामा विर्तामोडमा उक्त रेडियो आइसोटोप ल्याइसक्ने भएकाले आफूहरुले बिरामीको उपचार गर्नका लागि पेटस्क्यान उपकरण राखिएको उहाँले बताए । अस्पतालका अध्यक्ष प्रसाईले मन्त्रालयले चाँडै कानून बनाएर उपकरण सञ्चालनको अनुमति दिनुपर्ने बताउछन् । उक्त उपकरणबाट दैनिक २० देखि ५० जना बिरामीको उपचार गर्न सकिन्छ । 
 
दक्षिणपूर्वी नेपालमा रहेको क्यान्सर अस्पतालमा स्थापना भएपछि नेपालसहित भारतबाट पनि बिरामी उपचार गर्नका लागि आउने गरेका छन् । अस्पतालमा निर्देशक डा यादव नेतृत्वमा डा प्रियङ्का कटुवालसहितको नौ सदस्यीय विशेषज्ञ टोली कार्यरत छ । अस्पतालका अध्यक्ष प्रसाईले क्यान्सरका बिरामीलाई नेपालमा नै उपचार गराउन उद्देश्यले अस्पताल स्थापना गरिएको बताए । 
उनले यहाँका भएका विशेषज्ञ चिकित्सकले जस्तोसुकै क्यान्सरको पनि उपचार गर्नसक्ने बताए। 
 
अस्पतालमा सङ्क्रमण ९एन्टिब्यक्टरिया० मुक्त शल्यक्रिया कक्षको समेत  निर्माण गरिएको छ । मिर्गौला, कलेजो, फोक्सो प्रत्यारोपण गर्नाका लागि सङ्क्रमणमुक्त शल्यक्रिया निर्माण गरिएको छ । उनले प्रत्यारोपण गर्न सजिलो र बचाउने गार्‍हो पर्ने भएकाले सङ्क्रमणमुक्त शल्यक्रिया कक्ष निर्माण गरिएको अस्पतालका निर्देशक डा यादवले बताए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बन्दसत्र सुरु, तीन प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...

ग्यासको हाहाकारपछि काठमाडौंका पाँच ठाउँमा यसरी भइरहेको छ बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...

अपडेट: रोकिएको बस गुड्दा नुवाकोटमा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...

रोकिएको बस आफैं गुड्दा नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...

रोक्का बजेट फुकुवा नहुँदा पूर्वाधार निर्माण प्रभावित

तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म

नारायणगढमा झडप हुँदा चार जना घाइते

नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending