Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

गैँडा तस्करीमा संलग्न तीन जना पक्राउ

खबरडबली संवाददाता

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।

निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेतीलाई पक्राउ गरिएको हो । चितवनकै भतरपुर महानगरपालिका–२८ स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमालसमेत दुई जनालाई कारागारबाट झिकाई अनुसन्धान अघि बढाइएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।

अनुसन्धानकै क्रममा फरार प्रतिवादी रामकुमार प्रजा र बमबहादुर प्रजालाई पक्राउ गरिएको उहाँले जानकारी दिए। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ ९१० ९क० तथा २६९१० बमोजिमको कसुर अपराधमा सोही ऐनको दफा २६९१० बमोजिम सजायको माग दाबी गरिएको छ । यसै मुद्दामा १० जना फरार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका कर्मचारी, नेपाली सेनाको खड्गदल गण, जिल्ला प्रहरी कार्यालय चितवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशानलय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायतको टोलीलले उनीहरूलाई पक्राउ गरेको हो ।

गैँडा मृत अबस्थामा भेटियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको कोलकोता टापुको कधीसोहरा भन्ने क्षेत्रमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो क्षेत्रको नारायणी नदी बाहिरी भङ्गालाको दक्षिण किनारमा रहेको भास क्षेत्रमा करिब १० वर्षको भाले गैँडा मृतावस्थामा भेटिएको हो ।

खाग खुरलगायतका सामान सुरक्षित रहेको सो गैँडा दलदलमा परेर मरेको अनुमान गरिएको छ । यस आवमा योसँगै सातवटा गैँडा मृतावस्थामा भेटिएका छन् तीमध्ये एउटा चोरी शिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिए 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending