सिन्धुपाल्चोक । उत्पादन भएको तरकारी बेच्ने ठाउँ नहुँदा किसान चिन्तित भएका छन् । गत असार १ र साउन १६ गते मेलम्ची, हेलम्बु र पाँचपोखरी आसपासमा आएको बाढीले व्यापारिक केन्द्रसम्म पुग्ने सडक सम्बन्ध टुटेपछि किसानले उत्पादन गरेका तरकारीले मुल्य पाएको छैन । सडक नहुँदा कुखुरा तथा पशुपालक किसान पनि मर्कामा परेका छन् । सडक नहुँदा दाना ल्याउन तथा भएका कुखुरा बिक्री गर्न लैजान नसकिएको हेलम्बु गाउँपालिका–२ का राम ज्योतिले बताए ।
गाउँपालिकाबाट तालिम लिएर दैनिक २० देखि २५ किलो गोलभेँडा उत्पादन गर्दै आएका पाँचपोखरी–६ का झोक्की वाइबाले बाटो नभएका कारण उत्पादित तरकारी गाई तथा अन्य वस्तुलाई खुवाउनुपर्ने बाध्यता रहेको गुनासो गरे । पाँचपोखरी थाङ्पाल गाउँपालिका कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा श्री थाङ्पालधाप साना किसान कृषि सहकारी संस्था र थाङ्पालधाप कृषि तथा पशुपक्षी फार्मको समन्वयमा सुरु गरिएको तरकारी खेतीको अनुगमनमा पुगेका गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग किसानले गुनासो गरेका हुन् ।
दैनिकरूपमा २० देखि २५ किलो गोलभेँडा उत्पादन हुने गरेकाले फार्मका सञ्चालक वाइबाले तालिमपछि राम्रो आम्दानी हुन थालेको बताए । उनका अनुसार १३ वटा प्लाष्टिक घरमध्ये आठमा दुई महिनाअघिदेखि गोलभेँडा उत्पादन हुँदै आएको र बाँकी तीनमा एक महिनापछिसम्म उत्पादन लिन सकिने छ । अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेल, कृषि शाखाका प्रमुख निमराज गिरी, कार्यपालिका सदस्यलगायतको टोली पुगेको थियो ।
किसानको गुनासोलाई सम्बोधन गर्दै अनुगमन टोलीले बजारीकरण आदि कार्यमा सहजीकरण गरिदिने बचन दिएको छ । सङ्कलन केन्द्र स्थापना र साप्ताहिक हाटबजार स्थापनासम्बन्धी छलफल भएको गिरीले जानकारी दिए। मेलम्ची, हेलम्बु र इन्द्रावतीका किसान पनि बजारसम्म जोड्ने सडक नहुँदा समस्यामा परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: