Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

सडक नहुँदा सिन्धुपाल्चोकको किसान चिन्तित

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । उत्पादन भएको तरकारी  बेच्ने ठाउँ नहुँदा किसान चिन्तित भएका छन् ।  गत असार १ र साउन १६ गते मेलम्ची, हेलम्बु र पाँचपोखरी आसपासमा आएको बाढीले व्यापारिक केन्द्रसम्म पुग्ने सडक सम्बन्ध टुटेपछि किसानले उत्पादन गरेका तरकारीले मुल्य पाएको छैन । सडक नहुँदा कुखुरा तथा पशुपालक किसान पनि मर्कामा परेका छन् । सडक नहुँदा दाना ल्याउन तथा भएका कुखुरा बिक्री गर्न लैजान नसकिएको हेलम्बु गाउँपालिका–२ का राम ज्योतिले बताए ।

गाउँपालिकाबाट तालिम लिएर दैनिक २० देखि २५ किलो गोलभेँडा उत्पादन गर्दै आएका पाँचपोखरी–६ का झोक्की वाइबाले बाटो नभएका कारण उत्पादित तरकारी गाई तथा अन्य वस्तुलाई खुवाउनुपर्ने बाध्यता रहेको गुनासो गरे ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा श्री थाङ्पालधाप साना किसान कृषि सहकारी संस्था र थाङ्पालधाप कृषि तथा पशुपक्षी फार्मको समन्वयमा सुरु गरिएको तरकारी खेतीको अनुगमनमा पुगेका गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग किसानले गुनासो गरेका हुन् ।

दैनिकरूपमा २० देखि २५ किलो गोलभेँडा उत्पादन हुने गरेकाले फार्मका सञ्चालक वाइबाले तालिमपछि राम्रो आम्दानी हुन थालेको बताए । उनका अनुसार १३ वटा प्लाष्टिक घरमध्ये आठमा दुई महिनाअघिदेखि गोलभेँडा उत्पादन हुँदै आएको र बाँकी तीनमा एक महिनापछिसम्म उत्पादन लिन सकिने छ । अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेल, कृषि शाखाका प्रमुख निमराज गिरी, कार्यपालिका सदस्यलगायतको टोली पुगेको थियो । 

किसानको गुनासोलाई सम्बोधन गर्दै अनुगमन टोलीले बजारीकरण आदि कार्यमा सहजीकरण गरिदिने बचन दिएको छ । सङ्कलन केन्द्र स्थापना र साप्ताहिक हाटबजार स्थापनासम्बन्धी छलफल भएको गिरीले जानकारी दिए। मेलम्ची, हेलम्बु र इन्द्रावतीका किसान पनि बजारसम्म जोड्ने सडक नहुँदा समस्यामा परेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

रास्वपाले संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनको आश्वासन: कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...

उपदान र पेन्सन योजनाका लागि कोष र माइक्रोफाइनान्सबीच सम्झौता

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending