Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार थप

खबरडबली संवाददाता

झापा । जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । 

भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै पालिकाका बासिन्दा पीडित हुँदै आएका छन् । क्षति न्यूनीकरणका लागि विगत एक दशकदेखि विद्युतीय तारबार गर्न थालिएको छ । मानव र हात्तीबीच वर्षौंदेखि चल्दै आएको द्वन्द्व न्यूनीकरणमा करिडरले सघाउने अपेक्षा गरिएको छ ।

यस वर्ष मेचीनगरको चारआली वनदेखि उत्तर मागुरमाडी वनसम्म ५८ किलोमिटर लामो विद्युतीय तारबारको योजना सुरु गरिने वन डिभिजन कार्यालयका प्रमुख युवराज मास्केले बताउनुभयो । विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०को काम सुरु भइसकेको र सरकारले विद्युतीय तारबारका लागि चालु बजेटमा रु तीन करोड विनियोजन गरेको उनले जानकारी दिए । सो बजेट डीपीआर निर्माण र तारबारमा खर्चिने कार्यक्रम छ ।

उक्त बजेटबाट जिल्लाको उत्तरी क्षेत्र बाहुनडाँगीदेखि दक्षिणको जलथल जङ्गलसम्म विद्युतीय तारबार गर्ने र जङ्गलभित्र हात्तीको आहारका लागि केरा, बाँसलगायतका बोटविरुवा रोप्ने योजना छ । कचनकबलको जलथलदेखि मेचीनगरको बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो विद्युतीय तारबार परियोजना एक दशकअघि नै सुरु भएको हो । अहिलेसम्म जलथलदेखि रङ्गेडाँडासम्म ३७ किलोमिटर, देउनियाँबाट पुहाँतुबारीसम्म छ किलोमिटर र बाहुनडाँगीदेखि नकलबन्दासम्म १८ किलोमिटर विद्युतीय तारबार योजना सम्पन्न भइसकेको छ ।

यस वर्ष चारआली वन खण्डदेखि मागुरमाडीसम्मको छ किलोमिटर र मागुरमाडी वनखण्डको ५२ किलोमिटरमा तारबार निर्माण सुरु गरिने भएको हो । क्रमागत बजेटअनुसार वन मन्त्रालयले नयाँ तारबारका लागि रु तीन करोड विनियोजन गरेको र राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने बताइएको छ । बुधबार मेचीनगर नगरपालिकाले परियोजना क्षेत्रका वन समितिका पदाधिकारी, नगर पदाधिकारी, प्रदेशसभा सदस्य र वन संरक्षण क्षेत्रको टोलीबीच यसै विषयलाई लिएर अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका सहभागी सबैले जनताको निरन्तरको माग र जनप्रतिनिधिको लामो प्रयासपछि विद्युतीय तारबार निर्माण सुरु हुन लागेकाले खुशी व्यक्त गरेका थिए ।

मेचीनगरका नगरप्रमुख विमल आचार्यले जङ्गली हात्तीबाट सिर्जित समस्याको दीर्घकालीन समाधानमा सबैपक्ष लाग्नुपर्ने बताए । उपप्रमुख मीना उप्रेतीले हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि विद्युतीय तारबार नै उत्तम उपाय रहेको बताए। जङ्गलमा आहार नपाएपछि भोकाएको हात्तीले गाउँघर चहारेर त्रास सिर्जना गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले करिडर निर्माण गरिरहँदा हात्तीले रुचाउने र अघाउने आहारका लागि उपयुक्त बोटविरुवा हुर्काउनेतर्फ बेलैमा ध्यान दिन आग्रह गरे।

हात्ती करिडरले मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्न सघाउने भए पनि सरकारले क्रमागत योजनामा बजेट दिने गरेकाले यसको निर्माणमा विलम्ब हुँदै आएको छ । एकैपटकमा सबै वन क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिनुपर्नेमा किस्ताबन्दीमा काम हुँदा हात्तीबाट हुने उपद्रो नघटेको स्थानीयवासीको गुनासो छ । अर्कातर्फ निर्माण भइसकेको करिडर क्षेत्रको जङ्गलमा हात्तीको आहारका लागि बोटबिरुवा नरोपिएका कारण हात्ती भोक मेटाउन गाउँ पस्न छाडेका छैनन् । यस क्रममा पछिल्ला दिनमा मानवीय क्षति बढ्दै गएको छ । 

सबैभन्दा पहिले निर्माण गरिएको बाहुनडाँगीको तिरिङदेखि दक्षिण काँकडभिट्टा छेउसम्मको १८ किलोमिटर विद्युतीय तारबारमा भारतबाट आउने हात्तीको बथानले यस वर्ष निकै तोडफोड गरेको पाइएको छ । भारतबाट १०० को हाराहारीमा हात्ती आउने गर्दा तिनलाई धपाउन सकिने सम्भावना हुँदैन । अर्कातिर स्थानीय जङ्गलमा एक दर्जन रैथाने हात्ती छँदैछन् ।  
 
राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले परियोजनाका बारेमा जानकारी गराउँदै अहिले बनाउन लागिएको डीपीआरमा सरोकारवाला सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताए । उनले हात्ती करिडर निर्माण गर्दा भद्रपुर र मेचीनगरका केही क्षेत्रमा आवादी क्षेत्र पर्ने उल्लेख गर्दै त्यहाँ विद्युतीय घेराबार गर्न कठिन भएको जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

रास्वपाले संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनको आश्वासन: कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...

उपदान र पेन्सन योजनाका लागि कोष र माइक्रोफाइनान्सबीच सम्झौता

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending