Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार थप

खबरडबली संवाददाता

झापा । जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । 

भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै पालिकाका बासिन्दा पीडित हुँदै आएका छन् । क्षति न्यूनीकरणका लागि विगत एक दशकदेखि विद्युतीय तारबार गर्न थालिएको छ । मानव र हात्तीबीच वर्षौंदेखि चल्दै आएको द्वन्द्व न्यूनीकरणमा करिडरले सघाउने अपेक्षा गरिएको छ ।

यस वर्ष मेचीनगरको चारआली वनदेखि उत्तर मागुरमाडी वनसम्म ५८ किलोमिटर लामो विद्युतीय तारबारको योजना सुरु गरिने वन डिभिजन कार्यालयका प्रमुख युवराज मास्केले बताउनुभयो । विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०को काम सुरु भइसकेको र सरकारले विद्युतीय तारबारका लागि चालु बजेटमा रु तीन करोड विनियोजन गरेको उनले जानकारी दिए । सो बजेट डीपीआर निर्माण र तारबारमा खर्चिने कार्यक्रम छ ।

उक्त बजेटबाट जिल्लाको उत्तरी क्षेत्र बाहुनडाँगीदेखि दक्षिणको जलथल जङ्गलसम्म विद्युतीय तारबार गर्ने र जङ्गलभित्र हात्तीको आहारका लागि केरा, बाँसलगायतका बोटविरुवा रोप्ने योजना छ । कचनकबलको जलथलदेखि मेचीनगरको बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो विद्युतीय तारबार परियोजना एक दशकअघि नै सुरु भएको हो । अहिलेसम्म जलथलदेखि रङ्गेडाँडासम्म ३७ किलोमिटर, देउनियाँबाट पुहाँतुबारीसम्म छ किलोमिटर र बाहुनडाँगीदेखि नकलबन्दासम्म १८ किलोमिटर विद्युतीय तारबार योजना सम्पन्न भइसकेको छ ।

यस वर्ष चारआली वन खण्डदेखि मागुरमाडीसम्मको छ किलोमिटर र मागुरमाडी वनखण्डको ५२ किलोमिटरमा तारबार निर्माण सुरु गरिने भएको हो । क्रमागत बजेटअनुसार वन मन्त्रालयले नयाँ तारबारका लागि रु तीन करोड विनियोजन गरेको र राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने बताइएको छ । बुधबार मेचीनगर नगरपालिकाले परियोजना क्षेत्रका वन समितिका पदाधिकारी, नगर पदाधिकारी, प्रदेशसभा सदस्य र वन संरक्षण क्षेत्रको टोलीबीच यसै विषयलाई लिएर अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका सहभागी सबैले जनताको निरन्तरको माग र जनप्रतिनिधिको लामो प्रयासपछि विद्युतीय तारबार निर्माण सुरु हुन लागेकाले खुशी व्यक्त गरेका थिए ।

मेचीनगरका नगरप्रमुख विमल आचार्यले जङ्गली हात्तीबाट सिर्जित समस्याको दीर्घकालीन समाधानमा सबैपक्ष लाग्नुपर्ने बताए । उपप्रमुख मीना उप्रेतीले हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि विद्युतीय तारबार नै उत्तम उपाय रहेको बताए। जङ्गलमा आहार नपाएपछि भोकाएको हात्तीले गाउँघर चहारेर त्रास सिर्जना गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले करिडर निर्माण गरिरहँदा हात्तीले रुचाउने र अघाउने आहारका लागि उपयुक्त बोटविरुवा हुर्काउनेतर्फ बेलैमा ध्यान दिन आग्रह गरे।

हात्ती करिडरले मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्न सघाउने भए पनि सरकारले क्रमागत योजनामा बजेट दिने गरेकाले यसको निर्माणमा विलम्ब हुँदै आएको छ । एकैपटकमा सबै वन क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिनुपर्नेमा किस्ताबन्दीमा काम हुँदा हात्तीबाट हुने उपद्रो नघटेको स्थानीयवासीको गुनासो छ । अर्कातर्फ निर्माण भइसकेको करिडर क्षेत्रको जङ्गलमा हात्तीको आहारका लागि बोटबिरुवा नरोपिएका कारण हात्ती भोक मेटाउन गाउँ पस्न छाडेका छैनन् । यस क्रममा पछिल्ला दिनमा मानवीय क्षति बढ्दै गएको छ । 

सबैभन्दा पहिले निर्माण गरिएको बाहुनडाँगीको तिरिङदेखि दक्षिण काँकडभिट्टा छेउसम्मको १८ किलोमिटर विद्युतीय तारबारमा भारतबाट आउने हात्तीको बथानले यस वर्ष निकै तोडफोड गरेको पाइएको छ । भारतबाट १०० को हाराहारीमा हात्ती आउने गर्दा तिनलाई धपाउन सकिने सम्भावना हुँदैन । अर्कातिर स्थानीय जङ्गलमा एक दर्जन रैथाने हात्ती छँदैछन् ।  
 
राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले परियोजनाका बारेमा जानकारी गराउँदै अहिले बनाउन लागिएको डीपीआरमा सरोकारवाला सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताए । उनले हात्ती करिडर निर्माण गर्दा भद्रपुर र मेचीनगरका केही क्षेत्रमा आवादी क्षेत्र पर्ने उल्लेख गर्दै त्यहाँ विद्युतीय घेराबार गर्न कठिन भएको जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending