Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

एसिड प्रहार गर्ने पतिलाई १० वर्ष ६ महिना कैद

खबरडबली संवाददाता

धनुषा । धनुषाकी आरती साहमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले कैद सजायसहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ । जिल्ला अदालत धनुषाका सूचना अधिकारी गङ्गाकुमार मिश्रले अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिवलाई १० वर्ष छ महिना कैद, रु छ लाख ५० हजार जरिवाना र रु छ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला सुनाएको जानकारी दिए ।

गत साउन २५ गते जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जीवलाई दोषी ठहर गरेको थियो । सोही घटनामा संलग्न रहेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिएको थियो ।

गत कात्तिक २९ गते दिपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकी काठमाडौँ ल्याएर उपचार गरिएको थियो ।

आरतीको शरीरको २५ प्रतिशत भाग जलेको थियो । आरतीमाथि एसिड प्रहार गरेकै दिन सञ्जीव पक्राउ परेका थिए भने सञ्जीवको बयानका आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्तापछि पक्राउ गरिएको थियो ।

घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष छ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुवै जनाविरुद्ध अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी छ वटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो ।

अङ्गभङ्गमा पाँच वर्ष, कुरुप बनाएकामा आठ वर्ष र एकीकृत कसुरको थप दुई वर्ष छ महिना सजाय माग गरिएको थियो । यस मुद्दामा यसअघि छ वटा पेशी भए पनि विभिन्न कारणले स्थगित गरिएको थियो । चार वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।
 
एसिड आक्रमणबाट आरतीको दाँहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायतका अङ्ग जलेर कुरुप बनेको छ । एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाँहिने हात र टाउकामा खत बसेको छ । घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरतीमाथि सञ्जीवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिता देवीले बताइन् ।

यसैबीच एसिड पीडित आरती साहलाई प्रदेश सरकारले रु पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई आजै सो रकम बराबरको चेक हस्तान्तरण गरे । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापाकाे दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो ।  एमाले अध्यक्ष ओली...

करिब १३ लाख रूपैयाँ र लागूऔषधसहित काठमाडाैंबाट एकजना पक्राउ

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...

झापा–२ मा पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी प्रतिस्पर्धामा

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...

कुनै पार्टीको पुच्छर नबन्ने महावीर पुनको दाबी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले आफू कुनै पनि राजनीतिक पार्टीमा नलाग्ने स्पष्ट पारेका छन् । म्याग्दीब...

बाग्लुङमा नेकपा र राजमोबीच चुनावी तालमेल

बाग्लुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाग्लुङ जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो)बीच चुनाव...

भक्तपुर–२ मा रामप्रसाद सापकोटा ‘दीपशिखा’को उम्मेदवारी दर्ता, समृद्धिको विचार मुख्य एजेन्डा

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सापकोटाले न...

शहीद परिवारबाट आशीर्वाद लिएर उम्मेदवारी दर्तातर्फ प्रस्थान गर्दै प्रचण्ड

रुकुम पूर्व । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वका शहीद परिवारसँग भेट गरी आशीर्वाद ग्रहण गरेका छन् । प्रतिन...

कपिलवस्तु–२ बाट वृजेश कुमार गुप्ताले गरे नेकपाकाे चुनाव चिन्ह तारा लिएर उम्मेदवारी दर्ता

कपिलवस्तु । पूर्वमन्त्री तथा पूर्वसांसद, नेकपा (एमाले)का नेता वृजेश कुमार गुप्ताले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending