काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा बृत कालिमाटीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले छापा मारी जिल्ला मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ स्थायी घर बताउने ३० वर्षीय सुरोज नगरकोटीलाई नियन्त्रणमा लिएको हो ।
नगरकोटी बस्दै आएको डेरा कोठामा रितपूर्वक खानतलासी गर्दा खैरो हेरोइनजस्तो देखिने पदार्थ ०.३७ ग्राम, ट्रामाडोल ९ क्याप्सुल, नगद रु. १२ लाख ८१ हजार, लागूऔषध राख्न प्रयोग गरिएको स्टिलको बट्टा ४ थान र आइफोन मोबाइल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको मोबाइल फोनको प्रारम्भिक जाँचका क्रममा लागूऔषध कारोबारसम्बन्धी विभिन्न व्यक्तिहरूसँग भएका म्यासेज तथा कुराकानीसमेत फेला परेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका नगरकोटीलाई हाल बृत कालिमाटीमा राखी लागूऔषध कारोबारसम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...
माघ ७ गते, २०८२ - १४:०१
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले आफू कुनै पनि राजनीतिक पार्टीमा नलाग्ने स्पष्ट पारेका छन् । म्याग्दीब...
माघ ७ गते, २०८२ - १३:५८
बाग्लुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाग्लुङ जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो)बीच चुनाव...
माघ ७ गते, २०८२ - १३:५८
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सापकोटाले न...
माघ ७ गते, २०८२ - १३:४४
रुकुम पूर्व । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वका शहीद परिवारसँग भेट गरी आशीर्वाद ग्रहण गरेका छन् । प्रतिन...
माघ ७ गते, २०८२ - १३:४२
कपिलवस्तु । पूर्वमन्त्री तथा पूर्वसांसद, नेकपा (एमाले)का नेता वृजेश कुमार गुप्ताले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि...




प्रतिकृया लेख्नुहोस्: