दमौली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्गमा गैरकानुनी लाभ तथा हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन अध्यक्षसहित पाँच व्यक्तिउपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले सहिद लालध्वज मार्ग उपभोक्ता समितिका तत्कालीन अध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष ममिता गुरुङ, भीमबहादुर गुरुङ, तत्कालीन सदस्य गणेशकुमार गुरुङ र तत्कालीन प्रोपराइटर विनोद श्रेष्ठउपर बिहीबार अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले निजहरुबाट रु ११ लाख ३४ हजार ५०० बिगो असुलको माग गरेको छ ।
तत्कालीन अध्यक्षसहित तीन व्यक्तिलाई रु सात लाख ६६ हजार ७००, सदस्य गुरुङलाई रु एक लाख १९ हजार ४०० र प्रोपराइटर श्रेष्ठलाई रु दुई लाख ४८ हजार ४०० बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ तथा ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन गरिएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्राविमाथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लगेर ग्राभेल गरेको तर बिल भर्पाइ फर्जी बनाएको आरोप लागेको छ ।
उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नगरपालिकाबाट आर्थिक वर्ष २०७४/७५ मा नगरस्तरीय आयोजनाअन्तर्गत विनियोजन भएको रकम लागत स्टिमेट स्वीकृत भई उपभोक्ता समितिमार्फत सम्पन्न भएको कोत्रे–थप्रेक जोड्ने सहिद लालध्वज मार्ग सतरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीले मिलेमतोमा गैरकानुनी लाभ पुर्याउने र सरकारी रकम हानी–नोक्सानी पुर्याउने बदनियत देखिएको आयोगको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: