काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससंग सहकार्य गरी पदमा जान खोज्नेहरूले १० बुँदेको आधारमा एमाले एक हुनुपर्छ भन्नेहरुलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा भएको टिप्पणी गरेका छन् ।
लामो समय माधव नेपाल निकट रहि काम गरेका पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले नेपालले गठन गरेका नयाँ पार्टीमा नगइ ओलीसंग बिमिलन भएका थिए ।
माधव विचार समूहलाई मझधारमा छोडि अध्यक्ष ओलीसंग आत्म समर्पण गरेपछि पूर्वप्रधानमन्त्री द्वय झलनाथ खनाल र माधव नेपालले आफ्नै समूहका ९ जना स्थायी कमिटी सदस्यहरुलाई मध्यपन्थी र दक्षिणपन्थी भएको आरोप लगाएका थिए ।
सोही आरोपलाई इंकित गर्दै उपाध्यक्ष रावालले खनाल र नेपालले लगाएका आरोपको सामाजिक सञ्जालबाट खण्डन गरेका हुन् । ‘यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो,’ आरोपको खण्डन गर्दै रावलले भने ।
गत वर्ष पुस पाँच गते पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टी भित्रको विवाद देखाएर राष्ट्रपतिसंग मिलि हठात संसद विघटन गरेपछि रावल लगायत माधव समूहले ओली विरुद्ध देशव्यापी सडक संघर्ष गरेका थिए । ओलीलाई सत्तच्युत गर्नका लागि मुद्दा दायर गर्न सर्वोच्च अदालतसम्म पुगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: