काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएको छन् ।
राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा बुधबार यहाँ आयोजित Everest Summitters Breakfast with President of Nepal कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेको हो ।
“सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभएर सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो । यी सम्पदाको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ,” उनले भने।
तथापि, विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको उनको भनाइ थियो ।
“यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता हो,” राष्ट्रपति पौडेलले भने।
हिमाल र हिमाली पर्यावरणको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य, संवाद तथा सचेतना अभिवृद्धि गर्न विश्वभरिका सगरमाथा आरोहीलाई एकै ठाउँमा भेला गराएर सगरमाथासहित हिमाली क्षेत्रका बहुआयामिक पक्षबारे सार्थक छलफल हुने यस सम्मेलनको विशेष महत्व रहेको उनले धारणा व्यक्त गरे।
“आरोहणका क्रममा भोगाइ र अनुभवबाट प्राप्त ज्ञान नेपाल र नेपालीको मात्र नभएर विश्वकै गौरव, शान र पहिचानका रूपमा रहेको सगरमाथालाई यसको प्राकृतिक स्वरूपमा जीवन्त राख्न पनि यस सम्मेलनले विशेष ध्यान दिने मैले विश्वास लिएको छु,” राष्ट्रपति पौडेलले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - ११:००
काठमाडौँ। भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच जेठ: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ । स्वीट्जरल्य...
जेष्ठ १३ गते, २०८३ - १०:४२
मस्को। अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दाबी गरेको छ । दक्षिण अफ्...
जेष्ठ १३ गते, २०८३ - १०:३३
हुम्ला। हाल बाजुरा जिल्ला र हुम्ला जिल्लाबिच सीमा विवाद रहेको रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु भएको छ । भेडा चराउन गएका रानी खर्क ला...
जेष्ठ १३ गते, २०८३ - १०:२४
दाङ। बिहान विद्यालय जाँदा ईश्वर वलीको झोलामा किताबकापी मात्रै हुँदैन, पानीको एउटा भाँडो पनि हुन्छ । दाङको घोराही उपमहानगरपालिका–२, चाक्लीघाटस्थित श्री...
जेष्ठ १३ गते, २०८३ - १०:०१
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएको छन् । राष्ट्...
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...



प्रतिकृया लेख्नुहोस्: