Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

काँग्रेसले ३८ जिल्लामा खटायो निर्वाचत अधिकृत

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ । महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरी बिहीबार ३८ जिल्लाको क्रिलाशील सदस्यताको नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए ।

क्रियाशील सदस्यताको सूचि प्राप्त गरेसँगै निर्वाचन समितिले पार्टी निकट मानिने डिएलएसम्बद्ध कानून व्यवसायीमध्येबाट आज जिल्ला निर्वाचन अधिकृत खटाएको समिति संयोजक महादेवप्रसाद यादवले बताए । जिल्ला निर्वाचन अधिकृतले यही भदौ १८ गते हुने गाउँ/नगर, वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म निर्वाचन प्रक्रियाका काम गर्नुहुनेछ ।

निर्वाचन अधिकृतले सम्बन्धीत जिल्लाका पार्र्टी सभापति, पार्टीका वर्गिय सङ्गठन र शिक्षक सङ्घसँग समन्वय गरी वडास्तरसम्म निर्वाचन अधिकृत तोक्ने उनले बताए । प्रदेश अधिवेशनका लागि निर्वाचन अधिकृत पछि खटाइनेछ । क्रियाशील सदस्यताको बाँकी सूची समितिलाई शनिबार र आइतबारसम्म प्राप्त हुने बताइएको छ । बाँकी जिल्लामा क्रियाशील सदस्यताको सूचीसँगै निर्वाचन अधिकृत पनि खटाइने समितिले जनाएको छ । प्राप्त भएको क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयको वेभसाइटसमेतमा सार्वजनिक गरिएको संयोजक यादवले जानकारी दिए ।
 
समितिले स्थल र हवाई यातायातमार्फत क्रियाशील सदस्यता नामावली सूची, पार्टीको विधान र नियमावली, निर्वाचन निर्देशिका, अधिवेशनमा निर्वाचित हुने सदस्यलाई प्रदान गर्ने प्रमाणपत्रसहितको बण्डल प्रत्येक जिल्लामा पठाउन सुरु गरिसकेको जनाएको छ ।

निर्वाचन अधिकृत खटाएसँगै भदौ १८ गते तोकिएको वडाअधिवेशनका लागि नेता कार्यकर्ता जिल्ला र गाउँ फर्किन सुरु भएको छ । नविकरण र नयाँ गरी करिब नौ लाखको सङ्ख्यामा रहेका काँग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगरवडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने पार्टीको विधानमा उल्लेख छ ।
 
काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडाअधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

कांग्रेसले विधानमा टोल, वडा, गाउँपालिका/नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको गरी आठ तहगत संरचनाको व्यवस्था गरेको छ । पार्टीभित्र आठ तहगत निर्वाचन हुने यस्तो संरचना बनाउने कांग्रेस मुलुकको पहिलो पार्टी बनेको छ । पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमिति एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, एक कोषाध्यक्ष र बाँकी सदस्य गरी कुल १६८ सदस्यीय हुनेछ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending