वागमती । नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ ।
सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन कार्यालयको विद्युत् चुहावट ८.०८ प्रतिशत रहेकामा गत आव २०७७/०७८ मा ७.७२ प्रतिशतमा झरेको छ । उक्त कार्यालयको ६.३७ प्रतिशतमा चुहावट कम गर्ने लक्ष्य रहे पनि पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मकवानपुर, चितवन र सिन्धुली गरी तीन जिल्लाका छ विद्युत् वितरण केन्द्र रहेका छन् । हेटौँडाअन्तर्गत हेटौँडा वितरण केन्द्र, पालुङ वितरण केन्द्र र टाँडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र चनौली र सिन्धुली वितरण केन्द्र रहेका छन् ।
चितवनको टाडी विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट १२.७७ प्रतिशतमा झरेको छ । आव ०७६/०७७ मा १६.५३ प्रतिशत रहेकामा गत आवमा चुहावट नियन्त्रणमा आएको बताइएको छ । टाडीको चुहावट १२.५० प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । यसैगरी चितवनको भरतपुर वितरण केन्द्रमा पनि विद्युत् चुहावट दर घटेको छ । गत आव ५.४८ प्रतिशतमा विद्युत् चुहावट झरेको छ ।
त्यसैगरी सिन्धुलीको चनौली विद्युत् वितरण केन्द्रमा पनि विद्युत् चुहावट कम भएको बताइएको छ । अघिल्लो आव २०७६/०७७ मा १६.३६ प्रतिशत चुहावट रहेकामा गत वर्ष १४.५१ प्रतिशतमा पुगेको छ । त्यहांँको विद्युत् चुहावट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । त्यसैगरी सिन्धुली विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट बढेको तथ्याङ्क पाइएको छ । अघिल्लो आव २०७७/०७८ मा चुहावट बढेर १६.५२ प्रतिशतमा पुगेको छ । सिन्धुली वितरण केन्द्रले गत वर्ष छ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिएकामा १६.५२ प्रतिशत पुगेको छ ।
यसैगरी मकवानपुरको हेटौंडा वितरण केन्द्रमा चुहावट केही बढेको पाइएको छ । गत वर्ष विद्युत् चुहावट ५.११ प्रतिशतमा पुगेको बताइएको छ । त्यस्तै मकवानपुरको उत्तरी क्षेत्रमा रहेका पालुङ वितरण केन्द्रको आव २०७७/०७८ मा विद्युत् चुहावट केही बढेको जनाइएको छ । पालुङ वितरण केन्द्रले विद्युत् चुहावटलाई गत वर्षमा ७.५ प्रतिशतमा झार्ने लक्ष्य लिए पनि आव २०७६/०७७ मा ८.३५ प्रतिशत चुहावट रहेको तर गत आवमा विद्युत् चुहावट २६.५५ प्रतिशत पुगेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: