काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर चार दिनदेखि जारी जिल्ला सभापतिहरुको रिले अनशन आज तोडिने भएको छ ।
सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजदेखि रोकिने कांग्रेस पौडेल समूहका एक नेताले बताएका छन् । सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूहका नेताहरुको शनिबार बिहान छलफल भएको थियो ।
पूर्वमहामन्त्री प्रकासमन सिंह निवास चाक्सीबारीमा शनिबार बसेको पौडेल समूहको बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएकाले अब महाधिवेशनमा केन्द्रीत हुने निर्णय गरेको नेता सिंहले बताए ।
सिंहका अनुसार विधि, नियम अनुसार क्रियाशील सदस्यताको बाँकी काम छानबिन समितिले छिटो टुंग्याउने र महाधिवेशनमा जाने सभापतिज्यूसँग सहमति भएकोले अब रिले अनसन बसिरहनु नपर्ने बताए । अनशन अन्त्य गरेर महाधिवेशनलाई सफल बनाउन अफ्ना पक्षका जिल्ला सभापतिहरुलाई आग्रह गर्ने उनले बताए ।
जिल्ला सभापतिहरुको अनशन टुंग्याउने जिम्मेवारी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा ४ पौडेल पक्षका जिल्ला सभापतिहरू अनशनमा बसेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - ०७:३५
काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार...
फाल्गुन ६ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बिहान ११ः०० बजे बस्नेगरी बैठक आह्वान भएको हो । बैठकमा यही फागुन २१...
फाल्गुन ६ गते, २०८२ - ०७:२४
काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत बुधबार र बिहीबार सार्वजनिक बिदा भएप...
फाल्गुन ६ गते, २०८२ - ०७:२०
काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदाय...
फाल्गुन ५ गते, २०८२ - ०९:२५
काठमाडौं । गत साता भएको आम चुनावपछि मङ्गलवार नयाँ सरकारले काम थाल्नुअघि बाङ्ग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले राजीनामा दिएका छन्। मङ्गलवार ढाक...
फाल्गुन ५ गते, २०८२ - ०९:१९
कास्की । कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गा...
फाल्गुन ५ गते, २०८२ - ०९:१८
अर्घाखाँची । मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी –३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइ...
फाल्गुन ५ गते, २०८२ - ०८:०८
काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ। ...
फाल्गुन ५ गते, २०८२ - ०७:५९
भोजपुर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ । सदरमुक...
फाल्गुन ५ गते, २०८२ - ०७:५३
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने...



प्रतिकृया लेख्नुहोस्: