काठमाडौं । नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने भएको छ ।
दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख ९सिइओ० डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी ९चार्ज दी अफेयर्स० मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो ।
मलेसियन राजदूतावासमा शुक्रबार भएको भेटमा दुवै देशले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने सकिने कुरामा जोड दिइएको छ । भेटका क्रममा दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।
बोर्डका सिइओ रेग्मीले कोभिड–१९ महामारीले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा डिजिटल मार्केटिङमा जोड दिँदै बिटुबीका माध्यमबाट दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो । उहाँले नेपालका विभिन्न क्षेत्रमा पूर्णखोप कार्यक्रम सम्पन्न भएकाले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताए ।
उनले मलेसियमामा नेपालको प्रवद्र्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा मलेसियाको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमबीच सहकार्य गर्न सकिने पनि बताए ।
भेटका क्रममा मलेसियन राजदूतावासका फस्ट सेक्रेटरी अबु हसनले नेपाल र मलेसियाबीच विभिन्न कोणले सुमधुर सम्बन्ध रहेको बताउँदै कोभिडकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई सञ्चालन गर्न सकिने विषयमा आफूहरुले पनि छलफल गरिरहेको बताए । उनले मलेसिया नेपालीको श्रम गन्तव्य मात्र नभएर पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहकार्यबाट दुवै देशको पर्यटन विकास गर्ने सन्दर्भमा आफूले प्रसास गर्ने धारणा राखे ।
बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालले मलेसियामा आयोजना हुने विभिन्न मार्टमा सहभागिता जनाउँदै आएको बताउँदै कोभिडकाबीच पनि स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई चलायमान बनाउन सकिने बताए ।
बोर्डले कोभिडकैबीचमा पनि नेपालको पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर विभिन्न देशका राजदूतसँग निरन्तर भेटघाट तथा छलफल गरिरहको छ । बोर्डले यसअघि कतार, थाइल्याण्ड र श्रीलङ्का राजदूतसँग छलफल गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: