Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

यस्तो छ युद्धग्रस्थ काबुलको उद्धार उडान र विमान चालकको अनुभव

खबरडबली संवाददाता

एजेन्सी । काबुल र वरपरको वातावरण भयानक देखिन्छ । जमिनको अवस्था अस्तब्यस्त छ तर विमानचालकका लागि सही समय र यसको सही ब्यवस्थापन आवश्यक हुन्छ । यात्रुहरू थकित र तनावग्रस्त हुन्छन् । तालिबान नियन्त्रित काबुलबाट विदेशी नागरिक र अफगानहरूलाई उद्धार गर्ने विमानको रेखदेख गर्ने पाइलटका लागि अफगानिस्तानको राजधानी भित्र र बाहिर को उडान अन्य सामान्य यात्रा भएको छैन । 

विमानचालकहरूले उच्च भूभागमा पहाडहरूले घेरिएको विमानस्थलको जटिलता उचाइबाट नै पहिलेदेखि सामना गरिरहनु परेको छ । 

सैन्य विमान र उद्धार उडानको प्रमुख यात्रा केन्द्र भएका कारण आकाशमा हवाई ट्राफिक हुनेहुँदा दुर्घटनालाई जोगाउनु चालकहरूका लागि सहज छैन । पश्चिमी राष्ट्रहरूले सर्वसाधारणको सुरक्षाका लागि दोस्रो विश्वयुद्धपछि सबैभन्दा जटिल उद्धार कार्यलाई बन्द गर्न थालिसकेको बताउने विमानचालकहरूले एएफपीसँग अवतरणका अनुभवहरू बाँडे । उनीहरूले गन्जागोल अवस्थाबीच नै उनीहरू काबुल विमानस्थलबाट उडेको अनुभव उनीहरूले बताए ।

फ्रान्सेली ए–४००–एम सैन्य परिवहन विमानका कप्तान कमान्डर स्टेफनका अनुसार विमानस्थलमा पाँच हजार ८०० अमेरिकी सैन्य अधिकारीहरू तैनाद भएका छन् । अमेरिकी सेनाले ‘सबै हवाई आकाशको ट्राफिक नियन्त्रण, विमानस्थल नियन्त्रण, टावर नियन्त्रण, उडान तथा अवतरण तालिकालाई सञ्चालन गरिरहेका हुन्छन् । 

एएफपीसँग अल–धाफ्रास्थित फ्रेन्च आधार शिविर १०४ (फ्रान्सले प्रयोग गरेको ट्रान्जिट बिन्दु) मा आफ्नो थर नवताउने शर्तमा उनले भने, ‘यो विमानजस्तै हामीलाई हाम्रो प्रणालीले पनि धेरै सहयोग गरेको हुन्छ । हाम्रो अवतरणलाई दृष्यको सहयोगमा अन्त्य गर्छौं ।’   

‘प्रणालीले हामीलाई धेरै मदत गर्ने हुनाले हामीलाई बाहिर ध्यान केन्द्रित गर्न र खतराको निगरानी गर्न सहयोग पुग्छ,’ उनले भने ।

‘सम्भाव्य क्षेप्यास्त्र आक्रमणबाट ए–४००–एमले प्रक्षेपणलाई छक्याउन तीव्र ताप उत्पन्न गर्ने अवरक्त सङ्केतहरू खसाल्न सक्छ । धावनमार्ग नजिकै पुग्दा विमान ‘हाम्रो दृष्टिमा आएका दौडानका खतराबाट बच्न’ जमिनतिर तीव्र गतिमा अघि बढ्छ ।’ 

आउँने र जाने विमानको एयर ट्राफिकलाई ‘पानाको सुत्रबद्ध संगीतजस्तै व्यवस्थित गरिएको स्टेफनले बताए । उनले भने, ‘सबै राष्ट्रबाट आउने जाने विमानका कारण यति धेरै एअर ट्राफिक थियो कि व्यवस्थित नभएको भए उद्धार सम्भव हुने नै थिएन ।’

विमानचालकहरूले ‘अवतरण र उडेको आधा घण्टा’ मात्र आफ्नो ‘स्लट’ को ‘पूर्णतया’ आदर गर्नुपर्ने बताउँदै उनले भने, ‘जमिनमा धेरै जहाजहरू थिए तर ती ‘सुव्यवस्थित’ तवरले उडाइयो ।’

अगस्ट १५ मा काबुल तालिबान समूहको नियन्त्रणमा गएको थियो । अन्तर्राष्ट्रिय समुदायले अनुमान नगरेको तालिबानको यो गतिले हजारौंलाई शहरको विमानस्थलतिर भीड लाग्न बाध्य बनायो । 

यो तत्काल देश बाहिर जाने एक मात्र विकल्प थियो । ‘त्यो बिहान यात्रु वाहक विमान अवतरण गर्दा सबै कुरा सामान्य देखिएको थियो,’ पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआईए) का पाइलट मक्सुद बराजनीले भने । उनले भने, ‘फर्कने उडान सुरु गर्नुपूर्व निर्देशनको प्रतीक्षा गर्दै थियौं । मैले बाहिर त्रास छ भन्ने कुरा थाह पाउन थालें । स्थिति सामान्य थिएन ।’

उनले थपे, ‘विमानस्थलभित्र धेरै मानिसहरू हतार–हतार गरिरहेका थिए । कतै गोली चलेकोे पनि सुनियो ।’

अर्को विमानलाई पछ्याउन जहाजलाई अगाडि बढाउन थालेका समय नियन्त्रणद्वारा यात्रुको फ्लो बढी भएको बताइएको र विमान अघि नबढाइएको बार्जानीले एएफपीसँग भने । त्यसपछि उनले स्थिति सामान्य नभएकोले अनुमति नपाएपनि उड्नु पर्ने त होइन भनी सहचालकसँग सल्लाह लिएका थिए । 

‘एक घण्टाको लागि परिस्थिति लाई नियालिसकेपछि मैले विमानलाई उडाएँ । आकाश सफा थियो जसले गर्दा मैले सैन्य ट्राफिक जामबाट बच्न सहज भयो । चिनूक, गनशिप हेलिकप्टर र अरू केही मालबहाक विमानहरू आकाशमा देखिन्थे ।’

‘केही मिनेट ढिला गरेको भए हामी उड्न सक्दैनथ्यौँ । त्यो नै उक्त दिनको अन्तिम व्यापारिक उडान थियो ।’

उनका पिआईए सहकर्मी उजाइर खान सोही दिन केही समयअघि काबुल विमानस्थलबाट उडेका थिए । उनले यात्रुहरूलाई आतङ्कित अवस्थामा देखेर पनि विमानमा शान्त बन्नु परेको स्मरण गरे । 

‘अधिकांश यात्रुहरू या त राष्ट्रपति असरफ गनीको मन्त्रिमण्डलमा थिए वा कुनै न कुनै तरिकामा सरकारको एउटा भागमा थिए । तिनीहरू आफ्नो परिवारसहित देश छोडेर भागिरहेका थिए र हामीलाई सकेसम्म चाँडै भाग्न दबाब दिइरहेका थिए ।’

‘त्यहाँ कुनै सञ्चार थिएन र प्राविधिक निर्देशन पनि सबै जिम्मा म आफैमा निर्भर थियो । परिस्थितिलाई आफैले नियन्त्रणमा राख्न मलाई भनिएको थियो ।’
उनले भने, ‘यात्रुहरू ‘कुनै पनि हालतमा उड्न र अफगानिस्तानबाट बाहिर निस्कन चाहन्थे र विमान अन्तमा इस्लामाबाद आइपुग्दा बल्ल राहतको अनुभव भयो ।’ 

पछिल्ला दिनहरूमा गन्जागोल बढ्यो । रोयल एयर फोर्सले जारी गरेको ब्रिटिश सी–१७ को फोटोमा मानिसहरू सात वा आठ पङ्क्तिमा भुइँमा बसिरहेका पाइयो । 

फ्रान्सेली आधार १०४ का कमान्डर कर्नेल यानिक डेबोइसका ले भने, ‘यस्तो वेला विमानचालक तर्कसंगत रहनुपर्छ, धेरै टाढा जान नपर्ने अवस्थामा विमानको प्रदर्शन विश्लेषण गर्नुपर्छ र लिन सक्ने अधिकतम नम्बर मात्र स्वीकार गर्नुपर्छ ।’
 
 एक फ्रान्सेली ए–४००–एममा सामान्यतया ११० सीट हुन्छ तर यहाँ हामीले २३५ जनासम्म राखियो । यात्रुहरू भुईमा तर सुरक्षित अवस्थामा बसिरहेका थिए ।   

अमेरिकी सी–१७ विमान ४०० भन्दा धेरै यात्रुहरूलाई भुईमा राखी बोक्नको लागि डिजाइन गरिएको हुन्छ तर सुरुतिरका उडानमध्ये एउटा उडानले ८२९ बोकेको थियो । डेबोइसले भने, ‘यो तौलसम्बन्धी सबैभन्दा महत्वपूर्ण प्रश्न हो र यात्रुहरूको सङ्ख्या धेरै भएपनि यसमा थुप्रै केटाकेटीहरू पनि पर्छन् ।’ 

‘जमिनबाट उडेपछि भने काम सजिलो हुन्छ । मानिसहरू थकित हुन्छन् । साधारणतया, तिनीहरू सुत्छन् र हामी आफ्नो काम गर्छौं ।’ कमान्डर स्टिफनले बताए ।

मैथ्यु रबिशाल्ट, भलेरी लेरक्स र अल दाफ्रा (रासस)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE