Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार नयाँ सङ्क्रमित

खबरडबली संवाददाता

भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा केराला राज्यमा ३२ हजार ८०१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्ला केही दिनदेखि भारतको केरला राज्यमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको छ ।

औसतमा देशभरी दैनिक ३०/४० हजारसम्म सङ्क्रमित हुने गरेको भारतमा अहिले केरलामा मात्रै त्यति सङ्क्रमित देखिन थालेका हुन् । केरलामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरी नै चासो र चिन्ता थपिएको स्वास्थ्य अधिकारीले बताएका छन् ।

देशभरी दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेका बेला केरलामा फेरि अत्यधिक बढेपछि सबैको ध्यान केरलातर्फ मोडिएको छ । केरलाको मात्रै कूल सङ्क्रमितको सङ्ख्याभन्दा मुलुकको बाँकी सबै ठाउँमा सङ्क्रमितको सङ्ख्या थोरै रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा देशभरी सङ्क्रमितको सङ्ख्या ४६ हजार ७५९ रहेको छ । सोही अवधिमा कोरोनाका कारण मात्रै देशभरी मृत्यु भएकाको सङ्ख्या ५०९ रहेको अधिकारीले जानकारी दिएका छन् । तीमध्ये १७९ जना केरलाका मात्रै रहेका छन् ।

भारतमा अहिले कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २६ लाख ४९ हजार ९४७ पुगेको छ भने तीमध्ये तीन लाख ५९ हजार ७७५ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा भारतमा ३१ हजार ३७४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड १८ लाख ५२ हजार ८०२ पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कूल चार लाख ३७ हजार ३७० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending