Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

छाड्यो मुक्त कमैया लक्षित कार्यक्रम आउन

खबरडबली संवाददाता

काठमाडौं । सशक्तीकरण र जीविकोपार्जनका लागि आवश्यक बजेटको खोजी गर्दै कञ्चनपुरका मुक्त कमैँया स्थानीय तहमा पुग्न थालेका छन् । जीवनस्तर उकास्नका ती निकायबाट कार्यक्रम सञ्चालन हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् ।

नौवटै तहमा ध्यानाकर्षणपत्र बुझाएर बजेटको व्यवस्था गर्न माग गरिएको मुक्त कमैया समाजका जिल्ला अध्यक्ष घासिराम रानाले बताउनुभयो । भूमि सुधार कार्यालय हुँदा मुक्त कमैयाको वृत्तिविकासका लागि घुम्ती कोष सञ्चालन गरिएको थियो । अहिले सो कार्यालय मालपोत कार्यालयमा गाभिएपछि कार्यक्रम आउन छाडेको बताइएको छ ।

“कोषको सोधीखोजी गर्दै मालपोतमा पुग्दा स्थानीय तहमा कार्यक्रम गएको छ भन्छन्”, उनले भने, “त्यहीँ खोज्न भन्छन्, स्थानीय तहमा जाँदा कार्यक्रम नै नभएको जफाव दिएर फर्काउँछन् । कुन ठाउँमा गएर खोज्ने हो पत्तो छैन ।”

मुक्त कमैया लक्षित गरेर बजेट नै आउन छाडेपछि अधिकारको लडाइँ लड्नुपर्ने बेला आएको उनले बताए ।  “पहिलो चरणमा नौवटै स्थानीय तह, प्रदेश सरकारलाई ध्यानकर्षणपत्र बुझाउँदैछौँ”, उनले भने, “मुक्त कमैयाका बालबालिकाको शिक्षामा पहुँच, पुन:स्थापन, मुक्त कमैया महिला ९बुक्रही०लाई परिचयपत्र गराउन माग गरेका छौँ ।”

कमैया अगुवा रामप्रसाद रानाका अनुसार यससँगै सामाजिक सुरक्षा शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाइमा उद्योग व्यवसाय प्रवद्र्धनको प्रकृति हेरी अनुदानको व्यवस्थासँगै जमिनमाथिको अधिकार र रोजगारीको प्रत्याभूति गर्न माग गरिएको छ ।  

“मुक्त कमैयाको घर निर्माणका लागि रु १० हजारबाट तत्कालीन जिल्ला वन कार्यालयबाट कटनी मुछानीका लागि कटौती गरेको रकमवापतको काठ उपलब्ध भएको छैन”, उनले भने, जोखिमयुक्त स्थानमा जग्गा प्रदान गरिएका जग्गाधनी पुर्जा प्राप्त गरेका तर जग्गा जोतभोग गर्नबाट बञ्चितलाई जग्गा सट्टाभर्ना गरिनुपर्छ ।” जनता आवास कार्यक्रमअन्तर्गत भूमिहीन सुकुम्बासीसँगै मुक्त कमैयालाई अनिवार्य पक्की घरको व्यवस्था हुनुपर्ने उनको माग छ ।

संवैधानिक व्यवस्थाअनुसार उच्च तहसम्म गुणस्तरीय तथा अनिवार्य नि:शुल्क शिक्षाको व्यवस्था गर्नु राज्यको दायित्व भए पनि मुक्त कमैयाका बालबालिकाले अझैसम्म नि:शुल्क शिक्षा पाउन सकेका छैनन् । “नीतिगत व्यवस्थाअनुसार विद्यालय तहमा नि:शुल्क शिक्षा कार्यान्वयन हुनुपर्ने हो भएको छैन त्यसका लागि पहल हुनु जरुरी छ”, कमैया महिला जागरण समाजका अध्यक्ष बिनादेवी चौधरीले भने, “नि:शुल्क शिक्षा कार्यान्वयन नगर्ने संस्थाबाट क्षतिपूर्ति भराउने व्यवस्था लागू भएमात्रै यसले सार्थकता पाउँछ ।”

स्थानीय तहबाट हरेक वर्ष कूल मुक्त कमैयाको पाँच प्रतिशत युवालाई नि:शुल्क प्राविधिक शिक्षाको व्यवस्था गरिएमात्रै रोजगारमा पहुँच पुग्न सक्ने भएकाले स्थानीय तहले यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । आयआर्जन कार्यक्रम प्याकेजका रूपमा सञ्चालन हुनुपर्ने र मुक्त कमैया बस्तीभित्र सञ्चालित विद्यालयलाई भौतिक पूर्वाधार निर्माण, शिक्षक दरबन्दी र सञ्चालन खर्च राज्यले उपलब्ध गराउनुपर्ने मुक्त कमैया इन्द्र चौधरीले बताए ।

स्थानीय तहबाट आरक्षण समूहसरह मुक्त कमैया परिवारलाई जनसङ्ख्याका आधारमा समानुपातिक आरक्षणको व्यवस्था गरिनुपर्ने र वृत्तिविकासको रकम विनियोजन गर्नुपर्ने, उद्योग व्यवसाय प्रवद्र्धनको प्रकृति हेरी मुक्त कमैयालाई राज्यले बिनाब्याजमा कम्तीमा रु पाँच लाख सहुलियत ऋण वा अनुदानको व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ ।

सरकारले मुक्त कमैयालाई बासका लागि उपलब्ध गराएको जग्गा चलभोगमा मात्रै अधिकार सीमित गरेको छ । त्यस्तो जग्गाको पूर्ण प्रयोजनको अधिकार दिएको छैन । संविधानमा व्यवस्था भएअनुसारको सम्पत्तिको हकका आधारमा त्यस्तो जग्गामा मुक्त कमैयाको अधिकार स्थापित गर्नुपर्ने माग छ । मुक्त कमैया मुक्तिको घोषणा गरेको २१औँ वर्ष लागिसक्दासमेत धेरै परिवार अझै पुन:स्थापनमा पर्न सकेका छैनन् ।

जिल्लामा विसं २०५७ को लगतमा समावेश भएका तीन हजार ४५ र विसं २०५९ को लगतमा समावेश भएका एक हजार ४६१ गरी चार हजार ५०६ ले परिचयपत्र प्राप्त गरेका छन् । परिचयपत्र प्राप्त गरेका परिवारलाई पुन:स्थापन गराइए पनि नदी कटानले धेरै परिवार विस्थापनमा परेका छन् ।

केही परिवार जग्गाधनी पुर्जा पाएर पनि जग्गा चिन्न सकेका छैनन् । लगतमा छुट हुँदा केही परिवार परिचयपत्र पाउनबाट समेत बञ्चित छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रकाश प्रसाईँले कांग्रेस छोडे, बालेन शाहलाई समर्थन गर्ने

विराटनगर । नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले आफ्नो पद र सदस्यता राजीनामा दिएका छन्। उनले झापा–५ बाट उम्मेदवार बनेका रास्वपा का ब...

रवि लामिछानेविरुद्ध महान्यायाधिवक्ताको निर्णयमाथि सर्वोच्चमा रिट, पेसी तोकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ अभियोग हटाउने वा संशोध...

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार, पुराना दलप्रति असन्तुष्टि

म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् । आजै मन्त्री पदबाट राजीनामा ...

मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ८४ हजार ७ पुग्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको...

कांग्रेसले मोरङका ६ वटै क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो, को कहाँ ?

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्ड...

रामहरि खतिवडाको टिकट खोसियो, ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्। उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवा...

सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका उनले आसन्न प्रतिनिधि...

महाविर पुनले दिए मन्त्रीबाट राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा...

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending