महोत्तरी । गृहमन्त्री बालकृष्ण खाँणले महोत्तरीको बर्दिवासका रेलवेको जग्गा पीडितलाई दिइएको मुआब्जा समयसापेक्ष नभएको भए पुनरावलोकन गर्न पहल गर्ने बताएका छन् । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल, पूर्वमन्त्री एवं सांसद गिरिराजमणि पोखरेल, बर्दिवास नगरपालिकाका नगरप्रमुख विदुर कार्कीसहित सबै राजनीतिक दलका प्रतिनिधिसहित पीडित किसानले आज बुझाएको ज्ञापनपत्रमा मन्त्री खाँणले कानूनअनुसार पुनरावलोकन गर्न पहल गर्ने बताए । टोलीले स्थानीय जनप्रतिनिधि र पीडितलाई थाहै नदिई एकतर्फी रूपमा विसं २०७५ को मूल्याङ्कनका आधारमा मुआब्जा निर्धारण गरेको भन्दै पुनरावलोकन गर्न पहल गरिदिन माग गरेको थियो ।
त्यसको जवाफमा मन्त्री खाँणले आफू समयसापेक्ष तरिकाले जग्गाको मुआब्जा निर्धारण हुनुपर्छ भन्ने पीडितको भनाइमा सकारात्मक रहेको बताए । ‘पीडितले प्रचलित कानूनअनुसार अहिलेको मूल्याङ्कनका आधारमा मुआब्जा पाउनुपर्छ भन्ने भनाइमा म सकारात्मक छु’, खाँणले भने, ‘सरकारी निर्णय पारदर्शी हुनुपर्छ । जनताको पक्षमा हुनुपर्छ ।’
गृहसचिव टेकनारायण पाण्डेले गरेको निर्णयमा कानूनअनुरुप पुन:मूल्याङ्कन गर्न मिल्ने भए गर्नलाई निर्देशन दिने बताए । जिल्लास्तरमा निर्णय भएपछि पुनरावलोकनका लागि १५ दिनको समय हुने भन्दै उहाँले पुन: व्यक्तिगतरूपमा सबै पीडितलाई पुनरावलोकनका लागि निवेदन दिन आग्रह गरे ।
जिल्लामा स्थानीय जनप्रतिनिधिबिना भदौ २ गते मुआब्जाको निर्णय भएको भन्दै आएको सर्वपक्षीय टोलीले ध्यानाकर्षण गराएपछि गृहसचिव पाण्डेले भने, ‘मिल्नेसम्म पुनरावलोकन गर्न प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायमा आग्रह गर्छु । निर्णय भएको १५ दिनभित्र सबै पीडितलाई व्यक्तिगतरूपमा निवेदन दिन आग्रह गर्छु ।’
राष्ट्रियसभाका उपाध्यक्ष दाहालले किसानलाई मर्कामा नपर्ने गरी निर्णयमा पुन:विचार गर्न आग्रह गर्नुभयो । सर्वपक्षीय टोलीको तर्फबाट आफ्ना भनाइ राख्दै पूर्वमन्त्री पोखरेलले समयसापेक्ष तरिकाले किसानलाई मर्का नपर्नेगरी पुन:मूल्याङ्कन गरिदिन आग्रह गरे । ‘अहिले भएको मूल्याङ्कनमा किसानको पूर्ण असहमति छ । पूनर्मूल्याङ्कन गरिदिन पर्यो’, उनले भने ।
बर्दिवास नगरप्रमुख कार्कीले आफूहरूलाई जानकारी नदिएर एक पक्षीयरूपमा निर्णय गरिएको बताए । छलफलका लागि भनेर हस्ताक्षर गराएर निर्णयमा हस्ताक्षर गराएको भन्दै कागजात बाहिर ल्याइएको आरोप उनको थियो ।
त्यहाँ रेलवेमा १५० परिवारको ५९ बिघा जग्गा रेलवेले अधिग्रहण गरेको छ । रेलवेले अधिग्रहण गरेको जग्गामा स्थानीय प्रशासनले विसं २०७५ मा गरेको मूल्याङ्कनका आधारमा दिने निर्णय गरेको मुआब्जामा असन्तुष्टि जनाएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ०९:३४
काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...
माघ ७ गते, २०८२ - ०९:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्। निर्वाचनका लागि मंगलबार...
माघ ७ गते, २०८२ - ०९:१४
काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...
माघ ७ गते, २०८२ - ०९:०७
रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...
माघ ७ गते, २०८२ - ०७:४२
मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...




प्रतिकृया लेख्नुहोस्: