काठमाडौं । सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिले चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार सञ्चालन गर्दै आइरहेका छन् ।
मन्त्रिपरिषद् विस्तार र भागबन्डामा सहमति गर्न भन्दै सोमबार साँझ बसेको बैठकमा समेत मन्त्रालयको भागबन्डामा कुरा नमिलेपछि गठबन्धन आबद्ध शीर्ष तहका नेताहरू नै असन्तुष्ट बनेका हुन् ।
नयाँ सरकार बनेको डेढ महिना भयो, कहिले कसका कारण विस्तार ढिला भयो, कहिले के कारण, यसले राम्रो म्यासेज दिएन, गठबन्धन आबद्ध दलका नेताहरू नै अब यो विषयलाई धेरै लम्ब्याउनु हुन्न भन्नेमा हुनुहुन्छ,’ सत्ता गठबन्धन आबद्ध दलका एक नेताले राजधानीसँग भने ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध छन् । यी दलबीच शुक्रबार यता दिनहुँजसो मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुँदै आइरहेको छ ।
सोमबार मात्रै पनि बिहान र साँझ गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुईपटक बैठक बसेको थियो । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका नेताहरू सहभागी थिए । राजधानी दैनिकबाट साभार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: