Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

अधिवेशन अगावै नेतृत्व टुङ्गो, मनाङ कांग्रेस सभापतिमा शङ्कर गुरुङ

खबरडबली संवाददाता

मनाङ  । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी चलिरहेको छ। शुक्रबार वडाहरूमा अधिवेशन हुँदैछ। यसपछि नगररगाउँ समितिको नेतृत्व चयन गरिनेछ।

जिल्ला तहको निर्वाचन आउने अझै समय बाँकी नै छ तर, मनाङमा भने वडा तहको अधिवेशन अगावै नेतृत्व टुङ्गो लगाइसकेको छ।

मनाङ कांग्रेसले वडा तहको निर्वाचनअगावै नेतृत्व चयन गरेको छ। देशका सबै क्षेत्रमा महाधिवेशनको तयारीमा भइरहेको र कांग्रेसले समय तालिका निर्धारण गरे पनि कही अझै हुने नहुने अन्योलता छ।

मनाङमा भने सर्वसम्मत नयाँ नेतृत्वको टुङ्गो लागिसकेको कांग्रेस जिल्ला कार्यसमिति मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए।

कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शङ्कर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको छ।

दुई कार्यकाल नेतृत्व सम्हालेका वर्तमान जिल्ला सभापति टेकबहादुर गुरुङको संयोजकत्वमा आम कार्यकर्ताको छलफलबाट आगामी कार्यकालको नयाँ नेतृत्व टुङ्गो लगाइएको उनले बताए।

जिल्ला सभापतिसहित मनाङ कांग्रेसले सङ्घ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्य समिति र स्थानीय तहमा समेत निर्विवाद नयाँ नेतृत्व चयन गरिएको कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले बताए।

नेतृत्व छनोट गर्ने विषयमा जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर बन्ने भन्दै बलियो पार्टी निर्माणका लागि योग्य र क्षमतावान नेतृत्व चयनका विषयमा विवाद गर्न नहुने सभापति टेकबहादुरको भनाइ छ।

देशका विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवादकै कारण उल्झनमा रहेको कांग्रेसमा मनाङ कांग्रेसले गतिलो उदाहरण बनेको छ।

देशका अधिकांश जिल्लामा क्रियाशील सदस्यता, नेतृत्व दाबीलगायत विषयमा विवाद हुँदा अधिवेशनसमेत अन्योलता आएको छ। विशेष गरी कांग्रेसभित्र गुट उपगुटको राजनीति मौलाउँदै गएकाले समस्यासमेत थपिँदै गएको कांग्रेस शुभेच्छुक बताउँछन्।

कांग्रेसभित्र अधिवेशनका बेला देखिएको गुट उपगुटले स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा समेत असर गर्ने गरेको छ। त्यसैले पार्टी बलियो हुनुको सट्टा झनै कमजोर बन्ने गरेको कांग्रेस कार्यकर्ताले स्वीकार गर्दै आएका पनि छन्।

कांग्रेसभित्रको विवाद र द्वन्द्व निवारणमा मनाङ यसअघि पनि उदाहरण बन्दै आएको छ। मनाङमा स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा समेत कसले टिकट पाउने भन्ने विषयमा अहिलेसम्म विवाद भएको छैन।

देशका अन्य जिल्लामा उम्मेदवार तय नहुँदै मनाङ कांग्रेसले भने दोहोर्‍याएर प्रचारप्रसार गरिसकेको उदाहरण छन्। आगामी दिनमा पनि पार्टी सङ्गठनको हित र देशका लागि स्वार्थभन्दा माथि उठेर योगदान, योग्यता र क्षमताको आधारमा नेतृत्व चयन गर्न मनाङ कांग्रेसले देशभरका लोकतान्त्रिक विचारधाराका नेतृत्वकर्तालाई आग्रह गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending