Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

राजविराजका विद्यालय आइतबारदेखि खुल्ने

खबरडबली संवाददाता

सप्तरी । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि  खुल्ने भएको छ ।

सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि  स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।

कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो । नगर शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवले जारी गर्नुभएको विज्ञप्तिमा प्रत्येक तहमा उपल्लो कक्षाहरु मावितहका कक्षा १२, ११, १०, ९ सम्म, निमावि तहका कक्षा ९, ८, ६ तथा प्रावि तहका ५, ४ र ३ कक्षा सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न भनिएको छ । 

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर  विद्यार्थी सङ्ख्याको आधारमा फरक फरक समयमा आइतबारदेखि सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ  । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौ...

कानुन व्यवसायीमाथि हातपात

खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् । नेपालगन...

गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्न डोजर सुरु

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले काठमाडौंका ...

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहर...

आइसिसी विश्वकप लिग–२ : नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

काठमाडौँ। दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जितका लागि संयुक्त अरव...

थापाथलिका १३ घरवारविहीनलाई सुन्दरीघाट स्थानान्तरण

काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...

थापाथलिका १३ घरवारविहीनलाई सुन्दरीघाट स्थानान्तरण

काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...

थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार मात्रै घरवारविहीन भएको भन्दै सरकारको सम्पर्कमा

काठमाडौं । बागमती नदी किनारस्थित थापाथली क्षेत्रमा रहेका सुकुमबासी बस्तीका संरचनाहरू सरकारले भत्काएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका...

थापाथलीको सुकुमबासी बस्ती खाली गराएसँगै गैरीगाउँ जाँदै डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराएसँगै अब गैरीगाउँ क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर चलाउने तयारी गरेको छ। ...

थापाथली सुकुम्बासी बस्तीबाट ६ परिवारलाई अस्थायी व्यवस्थापनका लागि रंगशाला लगियो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती शनिबार बिहानदेखि खाली हुन थालेको छ। बिहान ८ बजेदेखि डोजर सञ्चालन गरिएसँगै बस्ती हटा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending