प्यूठान। जिल्लामा व्यावसायिक रूपमा टमाटर खेती गर्ने किसानहरू अहिले नयाँ प्रविधि प्रयोगतर्फ अग्रसर भएका छन्। लामो समयदेखि टमाटर खेतीमा संलग्न किसानहरूले जङ्गली भान्टामा टमाटरको बेर्ना कलमी गरेर बिरुवा उत्पादन गरेका हुन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमानसिंह गिरीले जिल्लामा पहिलो पटक यो नयाँ प्रविधि प्रयोग गरिएको बताए। “टमाटर खेती गर्दा किसानले वर्षेनी धेरै रोग–किराको समस्या बेहोर्नुपरेको छ,” उनले भने, “उक्त समस्या समाधान गर्ने विकल्प खोज्दै गर्दा यो नयाँ प्रविधि अपनाउन थालिएको हो।” विशेष गरी बिरुवा ओइलाउने समस्या देखिने र उपचारबाट समेत समाधान नभएपछि नयाँ विकल्प खोजिएको उनको भनाइ छ।
कलमी बिरुवाबाट लागत कम लाग्ने र उत्पादनमा वृद्धि हुने प्रमुख गिरीले बताए। यसका लागि जिल्लाका २० जना व्यावसायिक किसानलाई स्थलगत रूपमा तालिम दिइएको छ। चितवनका किसानसँग समन्वय गरी जङ्गली भान्टाको बीउ ल्याएर बेर्ना तयार गरी कलमी बनाइएको उनको भनाइ छ।
नेपालमा यो प्रविधि नयाँ हो। इजरायल लगायतका देशमा सफलतापूर्वक परीक्षण भइसके पनि नेपालमा भने नयाँ प्रविधिका रूपमा प्रयोग गर्न थालिएको गिरीले बताए। “नेपालमै यो नयाँ प्रविधि हो, नेपाली किसानहरूले पहिलो पटक यसको प्रयोग गर्दै छन्,” उनले भने, “यसबाट किसानलाई धेरै लाभ हुनेछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १३:१८
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...
आषाढ़ १५ गते, २०८३ - १२:३७
आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव
आषाढ़ १५ गते, २०८३ - ११:५५
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...
आषाढ़ १५ गते, २०८३ - ११:२६
काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...
आषाढ़ १५ गते, २०८३ - ११:११
नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...
आषाढ़ १५ गते, २०८३ - १०:४७
कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...
आषाढ़ १५ गते, २०८३ - १०:२७
नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...



प्रतिकृया लेख्नुहोस्: