Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

पार्टी अध्यक्ष मिश्र विधान विपरित व्यवस्था उल्टाउने काममा लागेको संयोजक पाण्डेको आरोप

खबरडबली संवाददाता

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीको विधान विपरित अध्यक्ष रवीन्द्र मिश्रले आफुखुशी वक्तव्यवाजी गरेको भन्दै आपत्ति जनाएका छन् । 

 अध्यक्ष मिश्रले पार्टीको विधान, एकीकरणबीच भएको सम्झौता र गत वर्ष मंसिरमा बसेको केन्द्रीय समितिको निर्णय विपरित गइ पार्टीका मूल नेताहरुलाई विभिन्न लान्छना लगाउँदै एकलौटी केन्द्रीय समिति बैठक बोलाएकोमा आपत्ति जनाएका हुन् । 

पाण्डेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधानमा संघीयतालाई संस्थागत गर्ने र परिवर्तनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्ने उल्लेख भएको स्मरण गराउँदै अध्यक्ष मिश्रले विधान विपरित मार्ग परिवर्तन गरी व्यक्तिगत लहडमा वक्तव्यवाजी गरेको उल्लेख गरेका छन् ।

विवेकशीलका अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीमा समानान्तर गतिविधि नगर्न र गरे कारबाही गर्ने चेतावनी दिएको थियो। भदौ १७ गते बिहीबार अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाए पछि विवेकशील साझा पार्टी फेरी फुटको संघारमा पुगेको छ । 

संयोजक पाण्डेले जारी गरेको विज्ञप्ति यस्तो छ :


प्रेस विज्ञप्ति 
वैकल्पिक राजनीतिले मूल बाटो नबिराओस्
विवेकशील साझा पार्टी विभिन्न आरोह अवरोह पार गर्दै, हजारौँ पार्टी सदस्यहरूको मेहनत, परिश्रमबाट लाखौँ नागरिकको आशा अनि अपेक्षा सँगाल्दै यहाँसम्म आइपुगेको छ। यसका निम्ति म सबै प्रति धन्यवाद दिन चाहन्छु र हाल पार्टीमा उत्पन्न घटनाक्रमका निम्ति म आफ्नो हिस्साको नैतिक जिम्मेवारी लिँदै आम नागरिक, सदस्य, शुभचिन्तकहरूसँग माफी माग्न चाहन्छु।

विवेकशील साझा पार्टी मूलभूत रूपमा युवा, महिला, सीमान्तकृत र अल्पसङ्ख्यक तप्काको प्रतिनिधित्व गर्दै आशाको अनि सम्भावनाको राजनीति गर्ने प्रोग्रेसिभ पार्टी हो। यो पार्टी नयाँ पुस्ताको पार्टी हो। यस मानेमा विवेकशील साझाले उठाउने मुद्दा र गर्ने अभ्यास नेपाली राजनीतिका निम्ति नविनतम् र सिर्जनात्मक छन्, महत्त्वपूर्ण छन्।

केहि समय अघि हाम्रो पार्टीमा आधारभूत विचारमा भिन्नता देखापर्यो। पार्टीकै मुख्य नेताहरूबिच आएको यो विचारको भिन्नताले हामीलाई चिन्तित बनाएको छ। पार्टीभित्र अन्यौलता देखा परेको छ। चिन्ताको अर्को विषय, पार्टीको विधान कार्यदलले सर्वसम्मत ढङ्गले बनाएको विधान पाँच महिनासम्म केन्द्रीय समितिमा ल्याउन रोकिएको छ। पार्टी अध्यक्षले एकीकरणको सम्झौता विपरीत उहाँकै भाषामा ‘मार्ग परिवर्तन’ गर्नुभएको छ।
अध्यक्ष र संयोजकको सहमतिमा बैठकको एजेन्डा तय गर्ने र बैठकको आव्हान गर्ने संयुक्त अधिकार जुन पार्टी विधानको दफा २० (१०), एकीकरणको सम्झौता पत्र र २०७७ साल मंसिर २४ गतेको केन्द्रीय कमिटीको निर्णयमा स्पष्ट लेखिएको छ, त्यसको विपरीत गई, हुँदै नभएको अधिकार प्रयोग गरेर रवीन्द्रजीले एकल रुपमा केन्द्रीय समिति र सचिवालयको अवैधानिक बैठक बोलाउनुभएको छ। यस मानेमा, उहाँले विधान र सम्झौता पत्रलाई च्यातेर धुजा धुजा बनाउनुभएको छ।

आज जसले अध्यक्षले बोलाएको बैठकलाई वैधानिक भनेर तर्क गर्दै हुनुहुन्छ, वहाँहरूले जवाफ दिनुपर्दछ कि पार्टी विधानको कुन दफाले अध्यक्षलाई एकल निर्णयले बैठक बोलाउने अधिकार दिएको छ, कुन दफाले बैठकको अध्यक्षता गर्ने अधिकार दिएको छ ? ‘प्रचलित अभ्यास’को हवाला दिनेहरूले बताउनुपर्छ की त्यो प्रचलित अभ्यास कहाँ छ रु खोइ कहाँ छ त्यो प्रचलित कानुन ?

अत: पार्टी एकीकरणको मर्म मार्दै, विधान मिच्दै गरिएका यी गतिविधिहरूले वैकल्पिक राजनीतिको, सुसंस्कृत राजनीतिको अवसान तर्फ त जाँदै छैन ? पार्टीमा गम्भीर प्रश्न उब्जिएको छ। सदस्यहरू चिन्तित छन्।
पार्टीको विधानको धारा ३(१) मा लेखिएको छ, “...सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्‍याउने” तर, पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको दस्ताबेज, पार्टीको विधान विपरीत ‘मार्ग परिवर्तन’ भन्दै पार्टीको सिद्धान्त विरुद्ध वक्तव्य बाजी गर्दै हिँड्नुभयो। संसारमा कुन त्यस्तो पार्टी छ, जसको अध्यक्षले सामान्य अवस्थामा पार्टीको नीति विपरीत ‘नितान्त व्यक्तिगत’ विचार भन्दै पार्टीको विधान विपरीत बोल्दै हिँडेको होस् ? स्वतन्त्रता हुन्छ तर पार्टीको विधान उल्लङ्घन गर्ने अधिकार स्वतन्त्रता होइन। अराजकता हो।

नौ महिनाअघि मात्र पार्टी एकीकरणको दस्ताबेजमा स्पष्ट रूपमा अग्रगामी पार्टी बनाउने, संविधानवादलाई पूर्णत: पालना गर्ने र हिजोका आन्दोलनका उपलब्धिको रक्षा गर्ने भनेर स्वयं रवीन्द्रजीले नै हस्ताक्षर गर्नुभएको छ। यसरी लहडमा मार्ग परिवर्तन गरेर विवेकशील साझा पार्टी अग्रगामी, गतिशील, प्रगतिशील पार्टी बन्छ ? संविधानलाई जोगाउने पार्टी बन्न सक्छ ? हिजोका उपलब्धिको रक्षा गर्ने पार्टी बन्छ ? अवश्य बन्दैन। मार्ग परिवर्तनको बाटोले पार्टीको आफ्नो पहिचान त गुम्छ(गुम्छ साथै यो मार्गले हाम्रो पार्टीलाई सिर्फ व्यवस्था विरोधी समूहका रुपमा सीमित गराउने छ। यो बाटोले देशलाई नयाँ दिशा दिन सक्दैन। आशा र सम्भावना देखाउन सक्दैन। समाधानमुखी पार्टी बनाउन सक्दैन।

अर्को महत्त्वपूर्ण कुरा के छ भने, रवीन्द्रजीले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लाउँदै कारबाही गर्ने चेतावनी दिनुभएको छ। यो हास्यास्पद छ। पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि होइनन्। समानान्तर गतिविधि भनेको पार्टीको घोषणापत्र र विधान अनुरूप काम नगर्नु हो। हो पक्कै पनि, समानान्तर गतिविधि गर्नेलाई कारबाही गर्नुपर्छ। पार्टीको लाइनभन्दा बाहिर गएर वक्तब्य बाजी गर्नेलाई प्रश्न गर्नुपर्छ। तर, त्यसलाई लागी कसले समानान्तर गतिविधि गरेको छ भन्ने कुरा बुझ्न जरुरी छ। अब त त्यो बुझ्न कठिन पनि छैन।

आम नागरिकलाई साक्षी राखेर गरिएको एकीकरणको मर्म नमार्न म यही विज्ञप्ति मार्फत रवीन्द्र मिश्रजीलाई सचेत गराउन चाहन्छु। पार्टी एकीकरण घोषणापत्र नै त्यो दस्ताबेज हो, जसले समान अधिकार सहित मलाई संयोजक र उहाँलाई अध्यक्ष बनाएको छ। यदि यो सम्झौता पत्रनै हामीले लत्त्याउने हो भने, हामी कुन नैतिकताले अध्यक्ष र संयोजक भएर यो पदमा बस्न सक्छौँ रु सामान्य नैतिकतालाई नै गुमाएर सुसंस्कृत राजनीति कसरी गर्न सकिएला रु सुसंस्कृत राजनीति गर्ने दलका नेतृत्वले उत्तर दिने बेला आएको छ। हामी मध्ये कसैलाई पनि वैकल्पिक राजनीतिको ‘अपहरण’ गर्ने छुट छैन। विवेकशील आन्दोलनलाई थाङ्नामा सुताउने अधिकार कसैलाई छैन।
यही वक्तव्य मार्फत म पार्टी सदस्य, शुभेच्छुक र आम नागरिकलाई स्पष्ट बनाउन चाहन्छु की म हाम्रो सम्झौता पत्र प्रति पूर्ण रूपमा प्रतिबद्ध छु। यो एकीकरण प्रति पूर्ण रूपमा प्रतिबद्ध छु। यो वैकल्पिक राजनीतिको आन्दोलन प्रति पूर्ण प्रतिबद्ध छु। केहि समय वैकल्पिक राजनीति अलमलिए पनि छिट्टै हामी सबैको प्रयत्नले मूल बाटोमा फर्कने विश्वास दिलाउन चाहन्छु।

हालका घटनाक्रमहरूले पार्टी सदस्यहरू र शुभेच्छुकहरूलाई पनि चिन्तित बनाएको हामीले महसुस गरेका छौँ। हामी उहाँहरूको सम्पर्कमै छौँ। हामी यो अन्योलताबाट विचलित नहुन र पार्टीलाई थप मजबुत बनाएर पार्टी स्थापनाको मर्म, आवश्यकता र हालको परिस्थितिको जटिलतालाई सम्बोधन गर्दै अघि बढ्न अनुरोध गर्न चाहन्छौँ। साथै, हामी सम्पूर्ण पार्टी नेतृत्वहरुलाई समेत जिम्मेवार बन्न, पार्टीको उत्पन्न गतिरोध अन्त्य गरेर पार्टी एकीकरण जोगाउन अग्रसरता लिन अनुरोध गर्दछौँ।
धन्यवाद।

नेपाल आमाको जय होस्।
मिलन पाण्डे
केन्द्रीय संयोजक
विवेकशील साझा पार्टी
मिति– २०७८ साल भदौ २०

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE