काठमाडौँ । संखुवासभाको मादी नगरपालिका-१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका सातमध्ये ६ जना मृत फेला परेका छन् ।
८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन्, तर उनलाई यो हत्या कसले र के प्रयोजनका लागि ग-यो भन्ने थाहै छैन । प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान थाले पनि घटना किन र कसले गरायो भन्ने खुल्न सकेको छैन । संखुवासभाको यो घटना पारिवारिक हत्याको पहिलो घटना भने होइन ।
दुई परिवारका नौजनाको हत्या
६ जेठ ०७६ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा दुई परिवारका नौजनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । सो घटनामा एकजना बालिका घाइते भएकी थिइन् । एकै परिवारको पाँच र अर्को परिवारका चार गरी नौजनाको हत्या भएको थियो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् । यो घटनामा संलग्न भनिएका मानबहादुर मोखिम २५ किलोमिटर टाडा झुन्डिएको अवस्थामा फेला परेका थिए । घटनाबारे हाल पनि अनुसन्धान जारी छ ।
सामान्य विवादमा परिवारकै सदस्यवाट जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये ४० प्रतिशत आफन्तबाटै भएका छन् । संखुवासभाको घटनामा परिवारका सदस्यको संलग्नता छ छैन भन्ने खुलेको छैन । तर विगतमा परिवारकै सदस्यबाट भएका जघन्य हत्याले नेपाली समाज कता जाँदैछ भन्ने बहस खडा गरेको छ ।
नागरिकताका लागि परिवारकै हत्या
०७५ जेठमा सप्तरीको राजविराजमा सामान्य विवादमा परिवारकै हत्या भयो । राजविराज बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो । सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेको पुष्टि भयो । दाइले नागरिकता बनाउन सहयोग नगरेको रिसमा छिमेकीको सहयोगमा उनले हत्या गरेका थिए ।
भोजपुरका तीन बालबालिकाको हत्या रहस्यमै
०७४ असारमा भोजपुर अरुण-१ प्याउलीमा तीन बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धानमा सिआइबीबाट समेत टोली खटिए पनि सफलता हात लाग्न सकेको छैन ।
ज्वाइँसहित परिवारका ६ जनाको हत्या
२३ फागुन ०६२ मा नेपालगन्जका दीपक हेमकरसहित उनका परिवारका पाँच सदस्य र एक कामदारको रहस्यमय हत्या भएको थियो । घटनाको १३ वर्षपछि बल्ल हत्याकाण्डको पर्दाफास भयो । दीपकको ससुरालीबाटै सम्पत्ति हत्याउन सो हत्याकाण्ड गराइएको खुल्यो ।
आफन्त नै संलग्न बडिखेल हत्याकाण्ड
१६ असोज ०६० मा दशैँको महाअष्टमीका दिन ललितपुरको बडिखेलमा भानु नगरकोटीसहित उनकी ३० वर्षीया श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र आठ वर्षकी टुकुली भन्ने भगवतीको हत्या भएको थियो । घटनाको १२ वर्षपछि आफन्तबाटै हत्या भएको पुष्टि भएको थियो । भानुका जेठान चन्द्रबहादुर पहारीले नगरकोटी परिवारको हत्या गरेको प्रहरीले पुष्टि गर्यो । न्युज कारखाना
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: