Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

खबरडबली संवाददाता

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित २१औँ संस्करणको लेखनाथ महोत्सवको बिहीबार पोखरा–२७ को तालचोकमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक स्थिरताबिना देशमा कुनै पनि गतिविधि अगाडि बढ्न नसक्ने कुरा बताएको हो ।

यदि फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिएन भने देशमा ठूलो राजनीतिक सङ्कट निम्तने भनाइ उनको थियो । राजनीतिक स्थिरताले मात्र देशमा उद्योग व्यवसाय फस्टाउनुको साथै रोजगारी सृजना र राजस्वसमेत वृद्धि भई देशको अर्थतन्त्र बलियो हुने भनाइ उनले थियो ।

प्रदेश सरकारले उद्योग व्यवसायमा लगानीमैत्री वातावरण सृजना गर्ने र उद्योग व्यवसाय सञ्चालन र विकासमा प्रदेशका कुनै ऐन कानुन बाधक भए ती ऐन कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।

गण्डकी प्रदेशमा उद्योग व्यवसाय स्थापना गर्न पोखराको लेखनाथस्थित पुडिटार र नवलपुरमा जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले आफ्नो योजना अगाडि वढाएको बताउँदै उनले गण्डकी प्रदेशमा उद्योग, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको बताए।

युवालाई विदेश पलायनबाट रोक्न नयाँ कामको सृजना गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेश सरकार अगाडि बढ्ने उनले बताए ।

स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकार घरेलु मदिरालाई ब्राण्डिङ गरी सकिएको र गाँजालाई पनि घरेलु औषधिका रुपमा प्रयोगमा ल्याउने तयारीका साथ सरकार अगाडि बढेको उनकाे भनाइ छ । 

गण्डकी प्रदेशको मुस्ताङ र तिब्वत जोड्ने कोरला नाकाले तिब्बत र यस क्षेत्रको व्यापार व्यवसायमा ठूलो महत्व राख्ने हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र बलियो बनाउन थप मद्दत पुग्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE